×

NMB BANK
NIC ASIA

प्रदेश सरकारलाई सघाउने गरी प्रदेश योजना आयोग गठन गरिएपनि नतिजा देखाउन नसक्दा आयोगप्रति कर्णाली प्रदेशमा असन्तुष्टि देखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

कर्णाली प्रदेश योजना आयोग गठन भएको मंसिर ९ गते १ वर्ष पुगिसकेको छ तर आयोगले न कुनै ठूला आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनाएको सार्वजनिक भएको छ, न त कुनै कामकारवाही ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेश सरकारको कामकारवाहीलाई समेत प्रभावकारी बनाउनुपर्ने आयोग आफैं आलोचनाको शिकार हुन थालेको छ । आयोगले प्रोफाइल तयार गर्नुपर्ने, मध्यकालीन खर्च योजना निर्माण, आवधिक योजना निर्माण र प्रदेश सरकारका महत्त्वपूर्ण आयोजनाको छनौट गरी विस्तृत परियोजना प्रतिवेदन बनाउनुपर्ने जिम्मेवारी भएपनि केही काम देखिएको छैन ।


Advertisment
Nabil box
Kumari

प्रदेशसभा सदस्य धर्मराज रेग्मीले योजना आयोगले गरिरहेको कामबारे थाहा हुन नसकेको बताए । ‘बजेटको बेलामा मैले सदनमा नै आयोगको काम गर्ने क्षेत्राधिकारबारे बोलेको थिएँ तर अहिले उहाँहरू कहाँ हुनुहुन्छ ? के गर्दै हुनुहुन्छ ? मलाई थाहा छैन,’ उनले गुनासो गरे ।

Vianet communication
Laxmi Bank

केन्द्रमा राष्ट्रिय योजना आयोगले विकासका लागि महत्त्वपूर्ण काम गर्ने भएपनि प्रदेश योजना आयोगले काम देखाउन नसकेको प्रदेश सांसदको असन्तुष्टि छ । ‘योजना आयोगको प्रभावकारी जिम्मेवारी देखिएको छैन । कर्मचारी नियुक्त गरेर तलब खुवाउने काम मात्रै गरिएको छ,’ नाम नखुलाउने शर्तमा एक प्रदेश सांसदले असन्तुष्टि पोखे ।

योजना आयोगका उपाध्यक्ष डा. पुण्य रेग्मीले भने आफूहरू प्रचारभन्दा पनि काममा लागिरहेको बताए । ‘पहिलो पञ्चवर्षीय योजनाको ड्राफ्ट भएको छ । बढीमा अबको १० दिनमा फाइनल गर्छौं । ३ वर्षे मध्यकालीन योजना तयार भएको छ, १ हप्तामा हामी सार्वजनिक गर्छौं । कर्णालीको पाश्र्वचित्र प्रेसमा गइसकेको छ । १ हप्ताभित्र सार्वजनिक गर्ने गरी अघि बढेका छौं,’ उनले भने, ‘हरेक मन्त्रालयको कार्यविधि बनाउने सहयोग गर्ने, लगानी सम्मेलनका लागि सरकारलाई तताउने काम गरिरहेका छौं ।’

हरेक मन्त्रालयबाट विस्तृत अध्ययन सम्पन्न भएका योजना माग गरिएको उनले बताए । ‘उहाँहरूले योजनाको लिस्ट दिएपछि सम्मेलनको आयोजना हुन्छ,’ उनले भने । हाइड्रोमा ४ वटा, सुर्खेत हिल्सा सडकको तयारी, सदरमुकामदेखि पालिका जोड्ने सडक लगायतको डीपीआर बनाउन सरकारलाई अनुरोध गरिएको समेत उनले बताए ।

सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले योजना आयोगले हालसम्म विस्तृत अध्ययनसहित योजना छनौट गर्न नसकेका कारण लगानी सम्मेलन गर्न नसकिएको बताए । ‘हामीसँग पर्याप्त जनशक्ति नभएका कारण योजनाको सूची तयार भएपनि लागत स्टिमेटको अनुमान गर्ने कार्य हुन सकेको छैन,’ उनले भने, ‘योजनाको पूर्णविवरण नआएसम्म लगानी सम्मेलन गर्न सकिने अवस्था रहेन । आयोगले काम गरिरहेको होला । केही महिनाभित्रै हामी कर्णालीमा लगानी सम्मेलन गर्ने गरी अघि बढेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x