एन्ड्रिजले ग्राहकसँग अन्तर्क्रिया गर्दै मनायो सेवाग्राही दिवस

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले शुक्रवार काठमाडौंमा आफ्नो चौथौं सेवाग्राही दिवसको आयोजना गरेको छ । 

कार्यक्रमको उद्घाटन संयुक्त रुपमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, अस्ट्रियन दूतावास भारत र नेपालका मिसन उपप्रमख माथियास रेडोजोटिक्स, यातायात र प्रविधिका लागि अटासी माइकल लेडरर, एन्ड्रिजको दक्षिण एसिया, दक्षिण पूर्व एसिया तथा ओसिनियाका क्षेत्रीय कार्यकारी जोशेफ उल्मरले गरे ।


Advertisement

एन्ड्रिजले नेपालसँग ३ दशक लामो ऐतिहासिक सम्बन्ध कायम गरेको छ । नेपालको विकास र प्रगतिको एक हिस्सा हुन गएको छ ।

एन्ड्रिजले नेपालका ३० भन्दा बढी सम्पन्न तथा निर्माणाधीन आयोजना गरी लगभग १२०० मेगावाट क्षमताका आयोजनामा आफ्नो संलग्नता कायम गरेको छ । यस वर्ष मात्रै लगभग ६७ मेगावाटका ४ आयोजनालाई सफलताका साथ राष्ट्रिय विद्युतीय प्रसारण लाइनमा जोड्न सफल भएको छ ।


Advertisement

हाल राष्ट्रिय गौरवका आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) र मध्य भोटेकोशी जलविद्युत् आयोजना (१०२ मेगावाट) साथै निजी क्षेत्रबाट सञ्चालित अन्य धेरै आयोजनामा संलग्न रहेको छ ।

‘हामी गौरवका साथ सम्झन चाहन्छौं कि हामी कुलेखानी जलविद्युत् आयोजना, मध्य मस्र्याङ्दी जलविद्युत् आयोजना तथा चिलिमे जलविद्युत् आयोजनाको सफलताका साथ निर्माण एक दशकअघि सम्पन्न गरिसकेका छौं,’ जोसेफ उल्मरले स्वागत मन्तव्यमा भने, ‘नेपालको विकासमा हामी एक हिस्सा भएकोमा हामी गौरवान्वित भएका छौं र हाम्रो संलग्नतालाई निरन्तरता दिंदै देशलाई विकासको मार्गमा डोर्‍याउने प्रतिवद्धता जाहेर गर्दछौं ।’

नेपालमा एन्ड्रिजको बढ्दो प्रतिवद्धतासँगै यसले सन् २०१७ मा काठमाडौंमा आफ्नो कार्यलय स्थापना गरेको छ र नेपालमा बिक्री, सेवा र परियोजना व्यवस्थापनको लागि योग्य समूहको नेतृत्व गरेको छ । 

कमेन्ट गर्नुहोस्