मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सडक विस्तारको काम सम्पन्न भएपनि पहिरोको जोखिम कायमै रहेको नारायणढ–मुग्लिन सडक खण्डका ८ स्थानमा पहिरो रोक्ने काम गरिने भएको छ ।
सडकमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी रोकेर शुक्रवारदेखि काम थालिने भनिएकामा पानी परेपछि काम शुरू हुन सकेको छैन ।
नारायणढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार सो सडक खण्डको ८ स्थानमा पहिरो रोक्नका लागि तार, रड लगायतका सामग्री प्रयोग गरेर गरिने रक नेटिङ, बायोइन्जिनीयरिङ, बोल्टिङ लगायतका काम गरिँदैछ ।
सडक खण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुंगा, जलबिरे, चारकिलो, टोपे खोला र कालीखोला नजीक पहिरो रोकथामका काम गरिने खनालले जानकारी दिए ।
ती काम ६ महिनाभित्र सम्पन्न गर्ने गरी बज्रगुरु, हिमशिखर र न्यू टेक्निकल कम्पनीले संयुक्त रुपमा १२ करोड रुपैयाँको बोलपत्र सकार गरेका छन् । कामका क्रममा ढुंगा र माटो खस्ने भएकाले सडक रोकेर काम गर्न लागिएको हो ।
नालका अनुसार पहिलो चरणमा खुकुलो माटो र ढुंगा झारिने छ । गत वर्ष सडक विस्तारको काम सम्पन्न भए पनि पहिरो नियन्त्रणको काम सकिएको थिएन । नयाँ प्रविधिको उच्चतम प्रयोग गरी पहिरो रोक्ने काम गर्न लागिएको हो ।
बाटो सम्पन्न भएसँगै चारवटा पुल बनाउन थालिएकामा ३ वटा सम्पन्न भइसकेका छन् भने एउटा अन्तिम चरणमा पुगेको छ । बाँकी १५ पुलको निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ । सडकको चौडाइ ९ देखि ११ मिटरसम्म फराकिलो बनाइएको भएपनि पुल ५ दशमलव ५ देखि ६ मिटरसम्म मात्र चौडाइ रहेको छ । यो सडक राजधानी भित्रने प्रमुख सडक हो ।
नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो रोकथामको काम गर्नका लागि शुक्रवारदेखि २ सातासम्म दिनमा सवारी रोक्न लागिएको भएपनि पानी परेका कारण शुक्रवार काम शुरू नभएको हो । यसै सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...