मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई अँगाल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विधानबाट ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई हटाइने भएको छ ।
पार्टी एकतापछि नेकपाको २०७५ जेठ ३ गते सम्पन्न प्रथम केन्द्रीय कमिटीको बैठकबाट पारित ‘अन्तरिम विधान, २०७५’मा ‘पार्टीको रणनीतिक लक्ष्य अर्थात् अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद हो, न्यूनतम कार्यक्रम जनताको जनवाद हो र यो समाजवादोन्मुख छ’ भनिएको छ ।
‘जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवाद र माओवादका सम्बन्धमा आगामी महाधिवेशनसम्म विधिसम्मत छलफल गरी निष्कर्षमा पुगिनेछ’ भन्ने उल्लेख भएकामा अब ‘जनताको बहुदलीय जनवाद, एक्काइसौँ शताब्दीको जनवाद र माओवादका सम्बन्धी’ हालको बहसलाई संस्थागतरूपमा अन्त्य गर्न खोजिएको देखिन्छ । एकताअघि तत्कालीन नेकपा (एमाले) ले जनताको बहुदलीय जनवाद र तत्कालीन नेकपा (माओवादी केन्द्र) ले एक्काइसौं शताब्दीको जनवादको नीति अँगालेका थिए ।
आसन्न स्थायी कमिटीको बैठकमा पेश हुने विधान संशोधनको प्रस्तावमा नेकपाले यसअघिको स्थायी कमिटी र सचिवालय बैठकका निर्णयका आधारमा उपाध्यक्ष पद सिर्जनासहित वैचारिक विषयमा विधानको प्रस्तावनामा परिमार्जन गर्न लागेको हो । यही मंसिर २३ गतेको सचिवालय बैठकले पारित गरेको यो प्रस्ताव स्थायी कमिटी हुँदै आवश्यकतानुसार केन्द्रीय कमिटी बैठकमा समेत लगिने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
विधान संशोधन हुँदा पार्टीको रणनीतिक लक्ष्य ‘वैज्ञानिक समाजवाद’ र तात्कालीक कार्यनीति ‘समाजवादोन्मुख जनवाद’ समावेश हुने उनको भनाइ छ । नेपालको संविधानमा समेत समाजवादोन्मुख समाजको परिकल्पना गरिएको छ ।
माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मानेको नेकपाको स्थायी कमिटीको बैठक मंसिर २९ गते बस्दैछ भने त्यसको तयारीका लागि आजका लागि तय गरिएको सचिवालयको बैठक नेताको कार्यव्यस्तताका कारण स्थगन भएको छ ।
नेकपाको विद्यमान विधानको प्रस्तावनामा जबजको विशेषतासँग मिल्दो ‘यो पार्टी समाजमा रहेका सबैखाले शोषण, उत्पीडन र विभेदको अन्त्य गर्दै मानवजातिको सबैभन्दा विकसित सामाजिक–आर्थिक व्यवस्था साम्यवादसम्म पुग्न सकिन्छ भन्ने विश्वास गर्दछ । यस पार्टीले स्थापना कालदेखि नै राष्ट्रियता, लोकतन्त्र, जनजीविका र सामाजिक–आर्थिक रूपान्तरणका लागि भएका शान्तिपूर्ण र सशस्त्र सङ्घर्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ’ जस्ता शब्दावली उल्लेख छन् ।
तत्कालीन एमालेका महासचिव जननेता मदनकुमार भण्डारीले नेपाली भूराजनीतिक अवस्थालाई ध्यान दिँदै माक्र्सवाद–लेलिनवादको सिर्जनात्मक प्रयोगका रूपमा विसं २०४९ मा सम्पन्न पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेको ‘जबज’ लाई कम्युनिस्ट पार्टीको लोकतान्त्रिकरणका लागि पृथक र लोकप्रिय मानिन्छ । यद्यपि, मुलुक संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा गइसकेपछि तत्कालीन एमालेभित्र जबजको परिमार्जनबारे बहस भएको थियो । तत्कालीन माओवादी केन्द्र र कतिपय कम्युनिष्ट घटकले ‘जबज’ संसदीय राजनीतिक प्रणालीकै पक्षमा रहेकाले यसबाट जनवादी क्रान्ति पूरा नहुने टिप्पणी गर्दै आएका थिए ।
जबजका मुख्य विशेषता ‘संविधानको सर्वोच्चता, विधिको शासन, मानव अधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्यमान्यता’ लाई भने नेकपाको विधानले समेटेको छ ।
पार्टीको स्कूल विभागमा समेत काम गरेका नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले नाम जेसुकै राखिएपनि जबजको विशेषता र जनवादको कार्यक्रम हुँदै समाजवादको लक्ष्यमा पार्टी अघि बढ्न कुनै समस्या नरहेको बताए । उनले भने, ‘जबजको विशेषतालाई हामी अहिले मेट्न सक्दैनौं । तत्कालीन कार्यक्रमको नाम जे राख्दा पनि त्यस विशेषतामा फरक पर्दैन ।’
जबजबारे प्रशिक्षण गर्दै फाउन्डेसन
नेकपाकै विचारसँग जोडिएको मदन भण्डारी फाउन्डेसनले पार्टी विधान परिमार्जन भएपनि ‘जबज’बारे अभियानकै रूपमा देशव्यापी प्रशिक्षणमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । फाउन्डेसनका सचिव पेम्बा लामाले जबजको सैद्धान्तिक वैचारिक तथा राजनीतिक पक्षलाई समृद्ध बनाउँदै यसका विविध आयामबारे अध्ययन, अनुसन्धानसमेत गर्न र गराउन तयारी भइरहेको जानकारी दिए ।
चितवनको दासढुंगामा २०५० जेठ ३ गते भएको जीप दुर्घटनामा परी नेता भण्डारीको निधन भएपछि उनको बहुआयामिक जीवनका सम्पूर्ण विवरणलाई सुरक्षित राख्न र जबजको प्रवद्र्धन र विकास गर्न एवं सामाजिक कामका लागि विक्रम संवत् २०५६ असोज ५ गते फाउन्डेसनको स्थापना भएको थियो । – प्रकाश सिलवाल/रासस
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...