बेलायतमा बोरिस जोनसनले ल्याए बहुमत, छिटै ब्रेक्जिट कार्यान्वयन हुने

६ सय ५० सीटका लागि बेलायतमा भएको आमनिर्वाचनमा प्रधानमन्त्री बोरिस जोनसनको कन्जरभेटिभ पार्टीले बहुमतका लागि आवश्यक पर्ने ३ सय २६ पार गरेको छ ।

कन्जरभेटिभ पार्टीले ३ सय ६४ सीट जितेको हो । मतगणना जारी रहेकाले थप केही सीट जित्न सक्ने बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।


Advertisement

बिहीवार भएको मतदानको मतगणना शुक्रवार पनि जारी छ ।

कन्जरभेटिभ पार्टीपछि दोस्रो स्थानमा लेबर पार्टी छ । शुक्रवार मतगणना जारी रहँदा लेबर पार्टीले २ सय ३ सीटमा कब्जा जमाएको छ ।


Advertisement

जितपछि जोनसनले यो मत ब्रेक्जिटका पक्षमा आएको भन्दै छिटै बेलायतलाई इयुबाट अलग्याउन कदम चाल्ने बताएका छन् ।

बेलायतमा पछिल्लो ५ वर्षमा भएको यो तेस्रो आमनिर्वाचन हो । यसअघि २०१५ र २०१७ मा निर्वाचनहरू भएका थिए ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्