फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मंसिर २७, २०७६
२०७२ सालको महाभूकम्पले घर भत्काएपछि सर्वसाधारण टिनको छानामूनि थिए । जतिबेला सरकारी निकाय भत्किएका घरको लगत राख्न र योजना बनाउनमै सीमित थियो हाँस्य कलाकार धुर्मुस–सुन्तलीले सिन्धुपाल्चोकमा भूकम्प पीडितको लागि एकीकृत बस्ती नै तयार पारे ।
सिन्धुपाल्चोकमा भूकम्प पीडितका लागि एकीकृत बस्ती बनाउनुअघि धुर्मुस–सुन्तली जोडीले तराईका मुसहर समुदायको लागि पक्की घर सहितको एकीकृत बस्ती बनाइदिए । रौतहटमा यस्तै बस्ती बसाल्यो ।
नेपालको सबभन्दा पुरानो अस्पताल वीर अस्पताल अस्तव्यस्त र भद्रगोल थियो । धुर्मुस–सुन्तली जोडीले सरसफाइसहित नयाँ रंगरोगन गरेर अस्पतालको मुहार फेर्ने काम गर्यो ।
यी केही उदाहरण हुन् । हाँस्य व्यंग्य विधामा आफूलाई स्थापित गरेका सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को यो जोडी सामाजिक कार्यका लागि देशको नमूना बनिरहेको छ । कला क्षेत्रमा आफूलाई अब्बल सावित गरेपनि धुर्मुस–सुन्तली जोडीले दामभन्दा नाम कमाइमा ध्यान मोडेको छ ।
सरकार र राज्यको संलग्नता विना असम्भव ठानिने काममा उनीहरूले एकपछि अर्को जोखिमपूर्ण कामका हात हालिरहेका छन् । सफल पनि भइरहेका छन् । उनीहरूले आटेको त्यस्तै एउटा काम हो – गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ।
पश्चिम चितवनको रामपुर कृषि क्याम्पसको कम्पाउन्ड रहेको क्षेत्रमा धुर्मुस सुन्तलीको जोडीले २० बिगाह ८ कठ्ठा जमिनमा अहिले क्रिकेट रंगशाला निर्माणको काम धमाधम भइरहेको छ ।
निर्माण शुरू भएको छोटो अवधिमा रंगशालाले एउटा स्वरुप लिँदैछ । केही महिनाअघिसम्म काँसको घारी रहेको क्षेत्रमा गएको मंसिर १४ गते क्रिकेट खेल भयो । रंगशाला निर्माणका लागि च्यारिटी स्वरुप रामपुर क्याम्पसका बीएससी एजी तेस्रो र चौथो वर्षमा विद्यार्थीले पहिलो पटक गौतमवुद्ध क्रिकेट रंगशालामा खेल खेलेका हुन् ।
२०७५ माघ १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय सभागृह काठमाडौंमा धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच क्रिकेट रंगशाला निर्माण सम्बन्धी समझदारी भएको थियो । साढे २ वर्षभित्र ३० हजार दर्शक अट्ने रंगशाला निर्माण गरिसक्ने घोषणा गरिएको थियो ।
‘बिहानदेखि राति १० बजेसम्म रंगशाला निर्माणको लागि खटिएको छु, स्रोत जुट्यो भने २०/२२ महिनामा महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य छ,’ कट्टेलले लोकान्तरसँग भने ।
हालसम्म २० बिगाह ८ कठ्ठा जमिनलाई घेरेर सम्याउने काम भइरहेको छ । १४१ जना कर्मचारी र मजदूरले दिनरात काम गरिरहेका छन् । ‘नमूना ग्राउन्ड तयार पारेका छौं, रंगशालाका लागि सहयोग जुटाउनको लागि मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गराएर सहयोग जुटाइरहेका छौं,’ कट्टेलले भने ।
अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि माटो फिलिङको काम भइरहेको छ । जमिनबाट बगेको पानी रिजर्व र रिसाइकल गर्नका लागि काम भइरहेको कट्टेल बताउँछन् । ‘अहिलेसम्मको कामबाट उत्साही भएको छु, प्रारम्भिक चरणका काम भइसकेको छ । ग्राउन्डको पिचका लागि ललितपुरको नख्खुबाट माटो ल्याएका छौं, त्यो प्रशोधन गरिरहेका छौं,’ उनले भने, ‘दुवो पनि तयार भइसकेको छ । आउट फिल्डको माटो पनि जालीले छानेर तयार भएको छ ।’
२ वर्षभित्र काम सम्पन्न गर्नको लागि अहिले खटिएका १४१ जना कामदारको ५ गुणा बढी कामदार आवश्यक पर्ने उनी बताउँछन् । ‘दैनिक १ हजार जनाले काम गरेमा १८ देखि २२ महिनामा निर्माण सम्पन्न गर्न सकिन्छ भन्ने आत्मविश्वास छ,’ धुर्मुसले भने ।
रंगशाला निर्माणमा अग्रसरता लिएकी चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रंगशाला निर्माणको काममा अहिले स्थानीयको अवरोध नरहेको बताइन् । ‘यो रंगशाला निर्माण भएपछि यसले पर्यटकीय पहिचान बनाएको चितवनको मुहार फेरिने छ,’ मेयर दाहालले लोकान्तरसँग भनिन् ।
आर्थिक अभाव, उधारोमा काम !
कूल लागतको तुलनामा हालसम्म अपेक्षाकृत रकम भने उठ्न सकेको छैन । विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) ले रंगशाला निर्माणका लागि २ अर्ब ६० करोड खर्च लाग्ने देखाएको छ । हालसम्म ४ देखि ५ करोड रुपैयाँ मात्र सहयोग उठेको छ ।
धुर्मस–सुन्तली फाउन्डेसनसँग भरतपुर महानगरपालिकाले सम्झौता गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले रंगशाला निर्माणका लागि आर्थिक अभाव हुन नदिने आश्वासन दिलाएका थिए तर हालसम्म सरकारले रंगशाला निर्माणका लागि कुनै आर्थिक सहयोग गरेको छैन ।
‘तत्कालीन समस्या भनेको आर्थिक पाटो बनेको छ, जुन अनुपातमा उठेको छैन तर सपना देखेपछि त्यो काम पूरा हुन्छ भन्नेमा म विश्वस्त छु,’ धुर्मुस भन्छन् । विगतमा आफूले आटेको काम प्रमाणित गरेर आएकाले यो अभियानलाई सफल बनाउन नेपालीले सहयोग उठाउने उनको विश्वास छ ।
‘नेपाललाई एकताको सूत्रमा बाँध्ने यो राष्ट्रिय अभियान हो, रंगशालामा ७७ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी कक्ष बनाएका छौं । ७७ वटै जिल्लामा समिति बनेको छ, एकैपटक सहयोगको अभियान चलाउँछौं,’ उनले भने ।
काम अगाडि बढ्दै जाँदा विदेशमा बस्ने नेपालीबाट सहयोग जुट्ने विश्वास धुर्मुसको छ । ‘अभावमा पनि यतिधेरै काम गरेर हिँडिरहेको छु, अहिले न म कलाकार हुँ, न कसैको बाबु न कसैको छोरा, केवल नेपाल आमाको सन्तान हुँ । यो अभियानमा विदेशमा बस्ने नेपालीको साथ पाउने भरपूर विश्वास छ,’ कट्टेल भन्छन् ।
क्रिकेट रंगशाला निर्माणका लागि भइरहेको खर्चको हिसाबकिताब वरिष्ठ चार्टर एकाउन्टेन्ट मदन शर्माले हेरिरहेका छन् । ‘७–८ करोड रुपैयाँको प्रतिबद्धता आएको हो, प्रतिबद्धता अनुसारको रकम उठ्न सकेको छैन, क्रमशः उठ्ने विश्वास छ,’ कट्टेलले भने, ‘साँच्चै भन्नुहुन्छ भने केही दिनयता मैले हिसाब सोधेको छैन, काममा प्रेसर पर्छ भनेर । कतिपय काम त हामीले उधारोमा गरिरहेका छौं ।’
नेपालमा विश्वकप क्रिकेट हेर्ने सपना !
नेपाली क्रिकेटले १ दिवसीय मान्यता पाएको अवस्थामा रंगशाला निर्माणको काम समयमा सम्पन्न भएमा भविष्यमा नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भएको हेर्ने धुर्मुसको धोको छ ।
‘क्रिकेटले १ दिवसीय मान्यता पाइसकेको अवस्थामा नेपालको रंगशालालाई न्यूटल भेन्यू बनाउन सकियो भने भविष्यमा अन्तर्राष्ट्रिय प्रतियोगिता गराउने सम्भावना छ,’ धुर्मुस भन्छन्, ‘राष्ट निर्माण कुनै व्यक्तिले मात्र होइन, सबै नेपालीको कर्तव्य पूरा गर्नुपर्छ भनेर एक जिम्मेवार नागरिकको हैसियतले यो अभियानको नेतृत्व गरिरहेको छु । सपनामा पनि रंगशालाबाहेक केही देख्दिनँ ।’
रंगशाला निर्माणमा खटिएका कामदार पनि धुर्मुस जत्तिकै प्रतिबद्ध छन् रंगशाला निर्मामा । बाँके कोहलपुरका तिलक चौधरी देशकै लागि रंगशाला निर्माणको लागि काम गर्न पाउँदा खुशी लागेको बताउँछन् । ‘काम त घर बनाउने पनि पाइएको थियो, हामी चाहिँ धुर्मुस दाइसँग काम गर्न आयौं । हामीसँगै काम गर्नुहुन्छ रमाइलो लागिरहेको छ ।’
‘छोरी मसँग रमाउँदिनन्, त्यही नमिठो लाग्छ’
अभियानको नेतृत्व गरेपनि धुर्मुस अन्य कर्मचारी र मजदूरसरह फिल्डमै खटिएका हुन्छन् । रंगशाला निर्माणको भूतले गर्दा उनले अहिले घरपरिवार बिर्सेका छन । ‘सिन्धुपाल्चोकमा एकीकृत बस्ती बनाउने बेला हामीले ८ महिनाकी छोरीलाई छाडेर हिँडेका थियौं, फागुनमा छोरी ६ वर्ष पुग्दैछिन्, यसबीचमा म ३ महिना पनि छोरीसँग बसेको छैन,’ कट्टेल भन्छन्, ‘अहिले पनि अवस्था उस्तै छ । धुर्मुस बाबा हो भनेर चिन्छिन् तर मसँग रमाउँदिनन्, नमिठो लाग्छ । ८ महिनादेखि छाडेकी छोरी ६ वर्ष पुग्दैछिन्, बाबा भनेको आवाज सुन्दा गर्विलो हुन्थ्यो, यही चिज मैले मिस गरिरहेको छु ।’
धुर्मुस रंगशालाको काममा फिल्मडै व्यस्त रहँदा सुन्तली भने आर्थिक सहयोग जुटाउने काममा लागेकी छन् । ‘१ जना नारीले सहयोगका लागि अपिल गर्नेबाहेक श्रमदान गर्न नसक्ने भएकाले उनी आर्थिक अभियानमा खटिएकी छन्, म फिल्डमै छु । रंगशाला निर्माण नसकिएसम्म विश्राम लिन्नँ,’ धुर्मुसले भने ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...