×

NMB BANK
NIC ASIA

संसार भ्रमण गर्ने पहिलो व्यक्ति को हो ?

मंसिर २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संसारका कतिपय विषयबारे तपाई हाम्रा आफ्नै धारणा छन् । तिनीहरु सही हुन् या होइनन् भन्ने हामीले प्रश्न नै गर्दैनौं । हामीले जे थाहा पाएका छौं, त्यही नै सही हो जस्ता लाग्छ ।

Sagarmatha Cement
Muktinath Bank

संसारसँग जोडिएका तथ्यका बारेमा लेख्ने वैज्ञानिक म्याट ब्राउनले आफ्नो पुस्तक ‘एभरीथिङ्ग यु नियू अबाउट प्लानेट अर्थ इज रंग’ (पृथ्वीका बारेमा जो तपाई जान्नुहुन्छ त्यो गलत हो) मा यस्ता केही विषय उल्लेख गरेका छन्, जसले तपाईले आफ्नो जानकारीमाथि नै प्रश्न उठाउन बाध्य हुनुहुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हजार६० वर्ग किलोमिटर नो मेन्स ल्यान्ड
जमीन, समुद्रको किनार, शक्ति र व्यवसायलाई लिएर आपसमा संघर्ष गर्ने देशबीच पृथ्वीमा केही स्थान ‘नो मेन्स ल्याण्ड’ भएको जानकारी तपाईलाई होला ।


Advertisment
Nabil box
Kumari

अन्तर्राष्ट्रिय कानुनअनुसार यो दुई देशको सीमामा रहेको खाली स्थान हो, जुन क्षेत्रलाई कुनै पनि देशले कानुनअनुसार नियन्त्रण गर्दैनन् । यद्यपि यसमा दाबी गर्न सकिन्छ ।

Vianet communication
Laxmi Bank

तर अफ्रिकामा एक यस्तो स्थान छ, जसमाथि कुनै पनि देश नियन्त्रण कायम गर्न चाँहदैन । बीर ताविल नामको यो इलाका २,०६० वर्गकिलोमिटर क्षेत्रफलको रहेको र यो इजिप्ट र सुडानको सीमा पर्छ ।

यो इलाका २० औं शताब्दीमा अस्तित्वमा आएको हो, जतिबेला इजिप्ट र सुडानको सीमा तयार गरिदा यो क्षेत्र दुवैले आफ्नो सीमाभित्र राखेनन् । बीर ताविल सुखाग्रस्त इलाका हो ।

तर, यो इलाकामा केही मानिसले आकर्षण देखाउन थालेका छन् । २०१४ मा अमेरिकाको भर्जिनियाका एक किसानले यो क्षेत्रमा एक झण्डा लगाएर आफूलाई उत्तरी सुडान राज्यको गभर्नर घोषणा गरेका थिए । उनको चाहना आफ्नी छोरी राजकुमारी बनुन् भन्ने थियो ।

संसार भ्रमण गर्ने पहिलो व्यक्ति
के पोर्चुगलका खोजकर्ता फर्डिनान्ड म्यागनल संसारको चक्कर लगाउने पहिलो व्यक्ति थिए ? के उनले संसारको सबैभन्दा ठूलो समुद्रलाई आफ्नो नाम दिएका थिए ? यस्तो होइन ।

१४८० मा जन्मिएका फर्डिनान्ड प्रशान्त महासागर पार गर्ने पहिलो व्यक्ति चाँहि थिए । १५१९ मा म्यागनल आफ्नो टोलीसहित समुद्रको बाटोमा स्पाइस द्विप खोज्नका लागि निस्किएका थिए । केही देश भएर हिँडेपछि तीन वर्षपछि यो समूह सोही स्थानमा नै फर्किएको थियो ।

स्पेनहुँदै गएको यो यात्रा पूरा गरेको खुसी मनाउनका लागि भने कमैमात्र जीवित थिए । २७० जनाको चालक दलसँग भएको यो यात्रा अन्त्य हुँदा १८ जना मात्रै जीवित बँचेका थिए । यात्राकै क्रममा म्यागलनको पनि मृत्यु भएको थियो ।

यो यात्राका क्रममा १५२१ मा म्यागलन फिलिपिन्सको पूर्वी तटमा पुगेका थिए । त्यहाँका आदिवासीले उनलाई सिबू टापुमा लिएर गए । म्यागनल र उनको चालक दलका सदस्य सिबुका स्थानीयसँग राम्रो साथी बने ।

यति गहिरो दोस्ती भयो कि म्यागलन आफ्ना साथीलाई छिमेकी टापुमा रहने उनका दुश्मनको आक्रमणबाट बचाउन तयार भए । उनीहरुले हमलाको तयारी गरे र समूहको नेतृत्व म्यागलन आफैंले गरे । तर उनी घाइते भए र उनलाई बिषमा डुबेको एक तीर लाग्यो र उनको मृत्यु भयो ।

म्यागलनसँग गएका मानिस स्पाइस टापु खोजेपछि सोही बाटो फर्किन चाहन्थे, तर उनीहरु आफ्नो बाटो परिवर्तन गरेर छोटो बाटोमा स्पेन फर्किए । म्यागलनले यसै बाटोलाई प्रशान्त महासागर भनेका थिए, तर यो देख्ने उनी पहिलो युरोपियन थिएनन् ।

बर्षौपछि स्पेनका खोजकर्ता भास्को नुनेज डी बालबोआ पनामाबाट प्रशान्त महासागरको किनारामा पुगे ।

समुद्रको किनारमा जमिन हुन्छ ?
हामी पानीले भरिएको समुद्रको अर्को किनारा सायद पत्ता लगाउन सक्दैनौं भन्ने ठान्छौं । तर यसको कम्तिमा पनि एउटा किनारा अवश्य हुन्छ । केही समुद्र त चारै तर्फबाट जमिनले घेरिएका हुन्छन् । जस्तो भूमध्य सागर र काला सागरलाई लिन सकिन्छ ।

कुनै सागर महासागरमा गएर टुंगिएका पनि हुन्छन् । तर यस्तो एउटा सागर पनि छ, जसको कुनै किनारामा जमिन छैन । यो सारगास्सो सागर हो । यो एटलान्टिक सागरको पश्चिममा रहेको र उत्तर एटलान्टिकमा एकातर्फ फैलिएर सीमा बनेको छ ।

रिक्टर स्केलमा नापिन्छ भूकम्प ?
स्कुलमा हामीले भूकम्पको तिव्रता रिक्टरस्केलले नापिन्छ भनेर सिकेका छौं । सन् १९३० मा भूगर्भ विशेषज्ञ चाल्र्स रिक्टर र बेनो गुटनबर्गले केबल क्यालिफोर्निामा भूकम्पका कारण पैदा हुने ऊर्जाको मापन गर्नका लागि यसको निर्माण गरेका थिए ।
यो एक प्रकारको सिस्मोग्राफ थियो । यसैकारण सन् १९७० मा एक नयाँ प्रणाली सिस्मोलोजिकल स्केल जन्मियो । सिस्मोलोजिकल स्केलको प्रयोग ठूलो मात्रामा हुने गरेको पनि छ । तर यो अप्ठेरो नाम भएकाले यसलाई पनि मानिसले रिक्टर स्केलका रुपमा नै लेख्ने गरेका छन् । तपाईले ८ रिक्टर स्केलको भूकम्प भन्ने पढ्नु भएको छ भने त्यसको अर्थ सिस्मोलोजिकल स्केल नै हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x