×

NMB BANK
NIC ASIA

जनतासँग महिला प्रमुख जिल्ला अधिकारी

मंसिर २८, २०७६

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

देशकै विकट एवं दुर्गम हिमाली जिल्ला हुम्लाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नियुक्त हुँदा उपसचिव विनिता भट्टराईलाई खुसीभन्दा बढी तनावले सतायो । करिब छ महिनासम्म हिउँ पर्नुका साथै खाद्यान्न अभाव र यातायातको एउटै विकल्प हवाई जहाज मात्र भएपछि उहाँका लागि प्रजिअ नियुक्ति निल्नु न ओकेल्नुजस्तै बन्यो ।

Sagarmatha Cement
Muktinath Bank

तराईमा पर्ने सर्लाहीको गर्मी ठाउँमा जन्मेहुर्केकी महिला बाक्लो हिउँ पर्ने चिसो ठाउँमा बस्नु आफैँमा चुनौतीपूर्ण हो । अन्ततः उनी गत साउनमा प्रमुख जिल्ला अधिकारीका रूपमा हुम्ला हाजिर भइन्। पहिलोपटक महिला प्रजिअ आएको देख्दा कर्मचारीहरू मात्र होइन, हुम्लावासीसमेत खुसी भए । “हुम्लावासीसँंगको आत्मीयताका कारण पाँच महिना बितेको पत्तो नै भएन,” उनी थप्छिन्, “प्रजिअ भएपछि जनसेवा नै मुख्य लक्ष्य हुँदोरहेछ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै, जुम्ला जिल्लाको प्रजिअ दुर्गा बन्जाडेको अनुभव पनि भट्टराईकै जस्तै छ । गत वर्ष फागुनमा जुम्लाको प्रजिअमा नियुक्त हुनुभएकी बन्जाडेलाई हेर्न कर्मचारी तथा सर्वसाधारणको जुम्ला विमानस्थलमा भीड लागेको थियो । “प्राकृतिक रूपमा सुन्दर जुम्लाको प्रजिअ हुन पाउँदा गर्व लागेको छ,” उनले भनिन्, “म जुम्ला आफैँ छानेर आएकी हुँ ।”


Advertisment
Nabil box
Kumari

उहाँ जुम्लावासीको दुःखसुखकी सारथीजस्तै बन्नुभएको छ । प्रजिअ बन्जाडेसँंग महिलाले आफ्ना समस्या खुलेर राख्ने गर्छन् । यातायात सेवाको अभावमा दुर्गमजस्तै लाग्ने कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, मुगु र डोल्पा अझै पनि स्वास्थ्य, शिक्षा, रोजगार, भोकमरी र छाउपडीजस्ता समस्याले पिरोलिएका छन् । यी जिल्ला सरुवा हुनुलाई कतिपयले ‘विभागीय कारबाही’ सम्झने गर्छन् ।

Vianet communication
Laxmi Bank

तर, हुम्ला र जुम्लाको सरुवा प्रजिअ भट्टराई र बन्जाडेका लागि गर्व र नयाँ अनुभव सँगाल्ने अवसर बन्यो । चिसो मौसम सुरु भएसँंगै हिउँ पर्न थालेपछि दुवै जना प्रजिअ केही दिनको बिदा मिलाएर काठमाडौंँ आउनुभएको छ । काठमाडौँमा केही दिनको बसाइ र आफन्तसँंगको भेटघाटपछि पुनः जिल्ला फर्किने योजना रहेको उनीहरूले सुनाए ।

त्यस्तै पूर्वी नेपालको पहाडी जिल्ला तेह्रथुमकी प्रजिअ चन्द्रकला ओली जिल्लावासीको सेवा गर्न पाउँदा खुसी लागेको बताउँछिन्। गत भदौबाट प्रजिअको नेतृत्व सम्हालेकी ओलीका लागि पहाडी क्षेत्रमा सेवा गर्नु नयाँ अनुभव पनि हो ।

महिला प्रजिअ भएका कारण महिलाका गुनासो बढी आउनु स्वाभाविक हो तर प्रजिअलाई विशेष किसिमको जिम्मेवारी र दायित्व हुने भएकाले शान्ति सुरक्षा, अमनचयन कायम गर्न होस् या सेवाग्राहीलाई चुस्त सेवा प्रदान गर्ने सवालमा विभेद नहुने उनी बताउँछिन्।

भक्तपुर जिल्लाको नवनियुक्त प्रजिअ एवं सहसचिव हुमकला पाण्डे भने यही हप्ता कार्यालयमा हाजिर भएकी छन्। उनका अनुसार सातवटा जिल्लाको प्रजिअको जिम्मेवारी महिलालाई सुम्पिनु क्षमता र पेसागत इमानदारीमाथिको विश्वास हो ।

गृह मन्त्रालयका अनुसार ७७ जिल्लामध्ये भक्तपुरमा पाण्डे, हुम्लामा भट्टराई,जुम्लामा बन्जाडे, पर्वतमा कल्पना घिमिरे नेपाल, रामेछापमा लीलाकुमारी केसी पाण्डे, सिन्धुपाल्चोकमा गोमादेवी चेम्जोङ र तेह्रथुममा ओली छन् ।

त्यस्तै काभ्रेमा लक्ष्मीदेवी हुमागाईं खतिवडा, सिन्धुलीमा विजयाकुमारी प्रसाई, रसुवामा सपनाकुमारी भट्टराई, डोल्पामा लक्ष्मीदेवी शर्मा र सोलुखुम्बुमा लक्ष्मीकुमारी शाही सहायक प्रजिअको जिम्मेवारीमा छन्। स्याङ्जा निवासी डोल्पाका सहायक प्रजिअ शर्माले हवाई तथा सडकले समेत नछोएको डोल्पामा करिब १६ महिना बिताइसकेकि छन् भने अर्की सहायक प्रजिअ शाहीले सोलुखुम्बुमा सात महिना बिताएकी छन् । धेरैजसो सहायक प्रजिअ महिला सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारीमा छन्। गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x