×

NMB BANK
NIC ASIA

जब किशोरीले मुख्यमन्त्रीसँग भनिन् : ‘बिहे रोकिदिनुस्’

मंसिर २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी १६ वर्षीया पुष्पा हरिजन ११ कक्षाकी छात्रा हुन् । छोरीको बिहे गरिदिने सुरमा अभिभावक छन् । पुष्पा विवाह गर्न मानिरहेकी छैनन् । अभिभावकको कुरा नमान्दा उनी दुर्व्यवहार सहन बाध्य छिन् । पुष्पालगायत प्रदेश ५ का धेरै किशोरी बिहीबार मुख्यमन्त्री शंकर पोखरेललाई भेट्न यहाँ आए ।

Sagarmatha Cement
Muktinath Bank

‘घरभित्रै असुरक्षित छु । मेरो सुरक्षा कसले गर्छ,’ मुख्यमन्त्रीसित पुष्पाले भनिन, ‘बिहे गर्न नमान्दा बुबा र दाजुले कुट्नुहुन्छ । आफन्तले गाली गर्छन् ।’ उनले मुख्यमन्त्री पोखरेललाई शरीरका नीलडाम देखाइन् । ‘यी घाउ निको होलान्,’ उनले भनिन्, ‘मैले भोगेको पीडामा कमी छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाँकेको खजुराकी १४ वर्षीया चेतना केसी १० कक्षामा पढ्छिन् । भविष्यमा चिकित्सक बन्ने धोको सुनाइन् । बुबाआमा उनलाई पढाउन मान्दैनन् । बिहेको तयारीमा छन् । ‘म पढ्न चाहन्छु,’ उनले सुनाइन्, ‘मेरो बिहे रोकिदिनुस् ।’ चेतनाकी साथी मीना पासीको गत वर्ष १५ वर्षको उमेरमा विवाह भयो, लगत्तै गर्भवती भइन् । बच्चा जन्माउन नसकेर केही महिनाअघि उनको मृत्यु भएको चेतनाले बताइन् । ‘त्यही घटना सम्झेर डराउँछु,’ उनले भनिन्, ‘त्यसैले विवाह गर्न चाहन्नँ ।’ खजुराकै गीता मिश्रको १४ वर्षमै बिहे भयो । १५ वर्षमा पतिको घर गइन् । त्यहाँ पाएको यातना सहन नसकेर झुन्डिएर आत्महत्या गरेको चेतनाले सुनाइन् । ‘मुख्यमन्त्रीज्यू, मेरो गाउँमा धेरै बालिकाको अवस्था यस्तै छ,’ चेतनाले भनिन् ।


Advertisment
Nabil box
Kumari

कानुनले बिहेबारी २० वर्षपारि व्यवस्था गरेको छ । बालविवाह गराउने अभिभावकलाई सजाय हुन्छ । तर यहाँका गाउँमा बिनारोकटोक बालविवाह भइरहेको छ । यसले पढ्ने अधिकार खोसिएको छ । स्वतन्त्र र आत्मनिर्भर हुने सपना गुमेको छ । विवाह गर्न नमान्नेलाई परिवारबाट असुरक्षा छ । यस्तै पीडा पोख्न बाँके, बर्दिया, दाङ, रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका ४० बालिका मुख्यमन्त्री निवासमा आएका थिए ।

Vianet communication
Laxmi Bank

त्यहाँ उनीहरूले मुख्यमन्त्रीसँग छलफल गरे । पीडा र वेदना सुनाए । रूपन्देहीको कोटहीमाईकी मीना हरिजनले बालविवाहले अलपत्र परेको गुनासो गरिन् । ‘मेरो १२ वर्षमा बिहे भयो । अहिले १६ वर्षकी भएँ । केटाले अर्कै घरजम गर्‍यो,’ उनले भनिन्, ‘केटो लैजान्न भन्छ । बुबाआमा त्यही घर जा भन्छन् । म के गरूँ ?’ बिहीबार उनीजस्तै बालविवाहले अलपत्र सात किशोरी आएका थिए ।

बाँके र बर्दियाका अभिभावकले केही समयअघि १६ वर्षमै छोरीको बिहे गर्न पाउनुपर्ने मागसहित जुलुस निकालेका थिए । बालविवाहको विरोध गर्नेलाई कुट्ने निर्णय गरेका छन् । यसबाट बालिका त्रसित छन् । आफ्नै अभिभावक र संरक्षक विपक्षमा भएकाले गाउँमा असुरक्षित महसुस गरेका छन् । यसबाट चिन्तित बालिकाले यसअघि त्यहाँका स्थानीय तह, प्रहरी र जिल्ला प्रशासनमा सुरक्षा माग गर्दै ज्ञापनपत्र बुझाए । सुनुवाइ नभएपछि समूह बनाएर मुख्यमन्त्री भेट्न आएका हुन् । ‘बिहे रोक्न खोज्दा बुबाआमाले कुट्छन् । गाउँलेले नेता बने बलात्कार गरेर फाल्छौं भन्छन् । प्रहरीले पनि यस्ता काममा नलाग हामी सुरक्षा दिन सक्दैनौं भन्छ,’ बाँकेकी उषा शाहीले गुनासो गरिन्, ‘त्यसैले सुरक्षा माग्न यहाँ आएका हौं ।’

पाँच वर्षदेखि अभियानमा लागेका बालिकाले विभिन्न जिल्लामा बालविवाहविरुद्ध हस्ताक्षर संकलन गरेका थिए । करिब ५० हजार हस्ताक्षर पनि मुख्यमन्त्रीलाई बुझाए । बालविवाह रोकथाम र कानुन कार्यान्वयन गर्न प्रदेशस्तरमा सशक्त अभियान सञ्चालन गर्नुपर्ने मागसहित ८ बुँदे ज्ञापनपत्रसमेत बुझाए । त्यसमा प्रदेशले रणनीति बनाएर क्रमश: बालविवाह मुक्त जिल्ला घोषणा गर्नुपर्ने, बाल क्लब तथा किशोरी अधिकार मञ्चलगायतको समन्वयमा बालविवाह रोकथामको रणनीति, नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्नुपर्ने माग गरे ।

बालविवाहका कारण पढ्न नपाएका बालिकालाई शिक्षा तथा सीपको व्यवस्था गर्न र बालिकाका गुनासा सुन्न हरेक विद्यालयमा लैंगिक सम्पर्क व्यक्ति तोकिदिनसमेत आग्रह गरे । दुई घण्टा बालबालिकाका प्रश्न र गुनासा सुनेपछि मुख्यमन्त्री पोखरेलले बालविवाह, बाल दुर्व्यवहारलगायतका हिंसा रोक्न र अधिकार संरक्षण गर्न प्रतिबद्ध रहने बताए । ‘कानुनले रोकेको छ । तैपनि धर्म, संस्कृति र परम्पराका नाममा बालविवाह भएको छ,’ उनले भने, ‘तपाईंका समस्या जटिल छन् । विश्लेषण गरेर समाधानको बाटो खोज्नेछु ।’ बालविवाह र हिंसा रोक्न बालिकासँगै अभिभावकमा पनि चेतना ल्याउनुपर्ने उनले सुनाए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x