×

NMB BANK
NIC ASIA

हिजो दिनभर : कालापानीमा सुरक्षाकर्मी पठाउने गृहमन्त्री बादलको घोषणा, देशैभर चिसो बढ्यो

मंसिर २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

यौन प्रकरणमा फसिएका सिद्धबाबालाई पुनः तीन दिनको म्याद थप
जिल्ला अदालत सुनसरीले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन निगरानीमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।

Muktinath Bank

आफनै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीको निगरानीमा मोरङको विराटनगरमा उपचार गराइ रहेका बाबालाई प्रहरीले आज जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो । आफूहरुले अनुसन्धानका लागि १० दिनको म्याद माग गरेकोमा जिल्ला अदालत सुनसरीले तीन दिनको मात्र म्याद दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थपिएको म्याद समाप्त भएपछि सिद्धबाबाको मिसिल अदालतमा बुझाइने प्रहरी नायब उपरीक्षक शर्माले बताए । दुई पटक गरेर ११ दिनको म्याद अस्पतालमै गुजारेका सिद्धबाबालाई पछिल्लो पटक तीन दिन म्याद थप गरी पुनः विराट नर्सिङ होममै लगिएको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

सुनसरी प्रहरीले मिसिल बुझाएपछि कृष्णदास उपरको मुद्दामा थुनछेक बहस शुरु हुने जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बलात्कारको आरोपमा पक्राउ इटहरी उपमहानरपालिका–१९ की एक युवतीलाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Vianet communication
Laxmi Bank

कालापानीमा सुरक्षाकर्मी पठाउने गृहमन्त्री बादलको घोषणा

गृहमन्त्री रामबहादुर थापा 'बादल'ले कालापानीमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी पठाउने बताएका छन् ।

शुक्रवार बसेको संसदको अन्तर्राष्ट्रिय समितिको बैठकमा बोल्दै बादलले नेपालको भूमि हुँदै कालापानी जान सक्ने स्थिति नभएकाले त्यहाँ बाटो बनाउने र सुरक्षाकर्मी पठाउने बताएका हुन् ।

'सीमा सुरक्षाको जिम्मा गृहमन्त्रालय मातहतको सशस्त्र सुरक्षा बलको हो,' उनले भने, 'कालापानीसम्म नेपालकै भूभाग भएर जाने बाटो बनाउनुपर्ने छ । त्यसका लागि हामीले सुरक्षाकर्मी पठाउँछौं ।'

बादलले सीमा सुरक्षा बढाउनका लागि थप ७० वटा बीओपी थप्ने सरकारले निर्णय गरेको बताए ।

इम्बोस्ड नम्बर प्लेटविरुद्धको रिट सर्वाेच्चद्वारा खारेज

सवारीसाधनमा उच्च प्रविधिको नम्बर प्लेट (इम्बोस्ड) जडानविरुद्ध सर्वाेच्च अदालतमा परेको रिट खारेज भएको छ ।

शुक्रवार संवैधानिक इजलासले इम्बोस्ट नम्बर प्लेटविरुद्धको रिट खारेज गरेको सर्वाेच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

सर्वाेच्चमा रिट गरेपछि २०७४ फागुन १० गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान कार्य अवरुद्ध भएको थियो । अधिवक्ता भरतकुमार बस्नेत र राजन वुर्लाकोटीले दायर गरेको रिट शुक्रवार संवैधानिक इजलासले खारेज गरेको छ ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत सम्मिलित थिए ।

लिम्पियाधुरा समेटेर नयाँ नक्सा अविलम्ब जारी गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा रहेका भारतीय सुरक्षा फौज फिर्ता गरी नेपालको भौगोलिक अखण्डताको रक्षा गर्न र भारत सरकारसँग आवश्यक तहमा वार्ता गर्नसमेत नेपाल सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

सांसदहरुले भारतीय अतिक्रमणमा परेका नेपाली भूभागमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक र कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सुझाव दिएका थिए ।

समितिले गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, परराष्ट्र मन्त्रालयसहित अन्य सम्बन्धित मन्त्रालय र निकायको संयुक्त समन्वयकारी संयन्त्र निर्माण गरी एकीकृतरूपमा प्रभावकारी काम गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।

सांसदहरुले नेपालको भूमिको रक्षा तथा नेपाली नागरिकको सुरक्षा गर्न दार्चुलाको कालापानीसमेतका क्षेत्रमा बसोबास गरिरहेका नेपालीलाई सहजरूपमा आवतजावत गर्न बाटो र अन्य सेवासुविधाको उपयुक्त व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो क्षेत्रलगायत अन्य सीमा क्षेत्रमा सुरक्षा पोष्ट विस्तारका लागि सशस्त्र प्रहरी बलको दरबन्दी बढाउन लागेको जानकारी दिए । भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले सीमा विवाद समाधानका लागि सरकारको पहल सकारात्मकरूपमा अघि बढेको अवगत गराउँदै सो क्षेत्रका सम्पूर्ण नेपाली भूमि समेटेर शीघ्र नयाँ नक्सा जारी गर्ने बताए ।

समिति सभापति पवित्रा निरौला (खरेल)को अध्यक्षतामा बसेको बैठकमा पूर्वप्रधानमन्त्री एवं समिति सदस्य माधवकुमार नेपाल, समिति सदस्यहरु प्रकाशमान सिंह, मोहन बानियाँ, भीम रावल, सरिता गिरी, अग्नि सापकोटा र उमा रेग्मीले भारत सरकारसँग राजनीतिक र कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सरकारलाई सुझाव दिएका थिए ।

प्रहरीलाई जिम्मेवारीबाट विमुख हुने अधिकार छैन : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताएका छन् ।

काठमाडौंमा शुक्रवार भएको प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री थापाले प्रहरीलाई कर्तव्यपथबाट विचलिन नहुन आग्रह गरे ।

‘प्रहरीको सानो लापरबाही सिंगो संगठन, सरकार र राष्ट्रका लागि प्रत्युत्पादक हुनसक्छ, राज्यले दिएको जिम्मेवारीबाट विमुख हुने अधिकार तपाईंहरूलाई छैन,’ उनले भने । उनले संगठनमाथिको विश्वासलाई थप सुदृढ बनाउन प्रहरीले व्यक्तिगत अफ्ठेरालाई थाँती राखेर कर्तव्यपालन गर्नुको अर्काे विकल्प नरहेको बताए ।

गृहमन्त्री थापाले नेपाल प्रहरीको पहिलो प्राथमिकता लोकतान्त्रिक पद्धतिमा आएका सामाजिक असन्तुष्टि, प्रशासनिक अड्चन र राजनीतिक तथा व्यक्तिगत अधिकारका द्वन्द्वका बीचमा आफुलाई संयमित बनाई निष्पक्ष कार्यशैलीका साथ व्यावसायिक धर्म निर्वाह गर्नुपर्ने बताए ।

उनले प्रहरीबाट सम्पादन भएको कामको प्रशंसा गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल प्रहरीको अहम भूमिका रहने बताए । उनले प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरी कार्यक्षेत्रमा खटिन लागेका प्रहरी निरीक्षकलाई निर्भीकरूपमा कर्तव्यपालना गरेर शान्ति सुरक्षामा अब्बल बन्न निर्देशन दिए ।


पिकनिकमा हिंडेको बस दुर्घटनामा परेपछि...

काठमाडौंको मदन भण्डारी मेमोरियल कलेजबाट पिकनिकका लागि गएको विद्यार्थीको टोली दुर्घटनामा परेका छन् ।

काठमाडौंबाट जाँदै गरेको  बा५ख ४२८६ नम्बरको बस भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा दुर्घटनामा परेको हो ।

बस दुर्घटनामा परि २८ जना विद्यार्थी घाइते भएको भक्तपुरका प्रहरी प्रमुख एसपी सविन प्रधानले लोकान्तरलाई जानकारी दिए । 

प्रहरीका अनुसार २८ जना घाइते मध्ये २ जनाको टाउकोमा गम्भिर चोट रहेकाले थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पताल ल्याइएको छ । २ जना भक्तपुर अस्पतालमा मा उपचार भइरहेको छ । अन्य घाइतेहरूको  इवामुवारा अस्पताल सल्लाघारीमा उपचार भइरहेको छ । 


देशैभर बढ्यो चिसो : मुस्ताङमा माइनस १५, हिमपातका कारण स्कूले बालबालिका थरर

पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ ।

बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसका साथै आज काठमाडौँ उपत्यकासहित देशको पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । देशको पश्चिमी भू–भागका केही स्थानमा हावाहुरी आउने सम्भावना पनि रहेको उनले जानकारी दिए ।

पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले एक्कासी बिग्रिएको मौसम शनिबार बेलुकाबाट क्रमश सुधार हुँदै जाने बताइएको छ । राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा साथै पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

हिमपातका कारण वार्षिक परीक्षा स्थगित

बिहीवार रातिदेखि तापक्रममा अचानक गिरावट आएपछि हिमाली जिल्ला डोल्पामा परेको हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । डोल्पाको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो ।

नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा स्थगन भएको हो । बिहानैदेखि लगातार भइरहेको हिमपातका कारण बढेको अत्यधिक चिसोका कारण विद्यार्थी परीक्षामा सामेल हुनसक्ने अवस्था नभएकाले आज हुने नगरपालिकाभित्रका आधारभूत र माध्यमिक तहकोे नेपाली विषयको परीक्षा स्थगन भएको ठूलीभेरी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र पर्ने केही विद्यालयमा हिमपातका कारण परीक्षा नै स्थगन गर्नुपर्ने भएकाले अन्य विद्यालयको परीक्षासमेत स्थगन गरिएको ठूलीभेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिलप्रसाद रोकायले बताए ।

हिमपातमा आगो बालेरै वार्षिक परीक्षा सञ्चालन

कर्णाली प्रदेशका हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेतमा बिहानैदेखि अविरल वर्षा भइरहेको छ । हिमाली भेकमा हिमपात हुन थालेपछि सामुदायिक विद्यालयबाट वार्षिक परीक्षा दिने बालबालिकालाई निकै सास्ती भएको छ । यही मङ्सिर १९ गतेदेखि जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा सञ्चालन भएको वार्षिक परीक्षा हिमपातले प्रभावित बनेको छ ।

परीक्षा सञ्चालन भइसकेको र रोक्न नमिल्ने भएकाले आगो बालेरै भए पनि परीक्षा सञ्चालन भइरहेको तिला गाउँपालिका– ४ नाभीडाँडा आधारभूत विद्यालयका शिक्षक तेजबहादुर शाहीले बताए । 'बाहिर हिउँसँगै पानी परिरहेको छ । चिसोले बालबालिकाको हात कठ्याङ्ग्रिन थालेपछि आगो बालेरै परीक्षा सञ्चालन गरेका छौँ,' शिक्षक शाहीले भने, 'वर्षेनी जाडो र हिमपात भइरहँदा बालबालिकालाई परीक्षा दिन कष्ट हुने गर्दछ ।'

चन्दननाथ नमूना मावि खलङ्गाका प्रधानाध्यापक टङ्कबहादुर महतले भारी हिमपातले थरथर काँपेर परीक्षार्थी लेख्न बाध्य भएको बताए ।

हिमपातले परीक्षार्थी थरथर काप्दै,परीक्षा दिँदै

हिमपातका कारण डोल्पामा शुक्रवारदेखि शुरु भएको वार्षिक परीक्षा प्रभावित भएको छ । डोल्पाका उपल्लो र मध्य भागमा बिहीबारदेखि भएको हिमपातले वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थी समस्यामा परेका छन् ।

हिमपात र बादलका कारण घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थीहरु परीक्षामा सहभागी भएको लक्ष्मी माध्यमिक विद्यालय ठुलिभेरी नगरपालिकाका शिक्षक हरिश जोसीले बताए । विद्यार्थी परीक्षामा लेख्न नसकेर हैरान भएको उनले बताए ।

साना साना बालबालिका चिसोका कारण लेख्दा, लेख्दै रुने, कराउने गर्न थालेको उनको भनाइ छ । विद्यालयको प्राङ्गनमा आगो बालेर परीक्षा दिने काम भइरहेको शिक्षकले बताएका छन् । त्यस्तै हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी प्रभाव पार्ने गरेको छ ।

चिसोले गर्दा घरबाहिर निस्केर काम गर्न कठिन भएको त्रिपुरासुन्दरी नगरपालिका–२ रसिका स्थानीयवासी जुनराज रोकायले बताए । हिमपात नरोकिए परीक्षा नै प्रभावित हुने खतरा भएको सरस्वती मावि जगदुल्लाका शिक्षक मानबहादुर रोकायले जानकारी दिए । डोल्पामा दुई शैक्षिक शत्र शुरु हुने गरेका छन् ।

जाजरकोटमा जनतालाईचिसोबाट जोगाउन सहयोग गरिने

चिसोबाट बच्नका लागि जाजरकोटका सातै स्थानीय तहका महिला, सीमान्तकृत वर्ग, गरिब, दलित, जनजाति, वृद्ध र बालबालिकालाई न्यानो कपडा तथा दाउरा वितरण गरिन लागिएको छ ।

प्रजिअ जनकराज पन्तका अनुसार चिसोबाट जोगाउन कपडा तथा दाउरा वितरण गरिन लागेको हो । त्यस्तै विभिन्न विपत्बाट बच्नका लागि सातै स्थानीय तहलाई उच्च सतर्कतामा रहनसमेत आग्रह गरिएको छ । विपत् प्रतिकार्य योजना बनाएर कार्यान्वयन गर्नसमेत आग्रह गरिएको छ ।

विपत् प्रतिकार्य योजनाका लागि स्थानीय सरकारले बजेट विनियोजन नगरेका कारण समस्या भएको भन्दै तत्काल सो समस्या समाधान गर्न आग्रह गरिएको छ ।

बाजुराको तापक्रम ६ डिग्री सेल्सियस भन्दा पनि तल

बाजुरामा बिहीबार अपरान्ह्देखि हिमपात र वर्षा शुरु भएको थियो । जिल्लाका मार्तडीको पोरखे, बिच्छ्या, दहकोट, जुकोट, रुगिीन, आटिचौरका माथिल्ला दर्जनभन्दा बढी स्थानमा हिमपात शुरु भएको छ ।

हिमपातसँगै तल्लो क्षत्रेतिर चिसोका कारण जनजीवन प्रभावित बनेको छ । अहिले माथिल्लो लेकाली क्षेत्रमा भारी हिमपात भएको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेकाले अत्यधिक चिसोका कारण मानिसलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।

चिसोका कारण जिल्लाका विभिन्न नगर तथा गाउँपालिका आसपासका स्थानीय हाटबजार आंशिक रुपमा बन्द छन् भने कतिपय गाउँमा विद्यालय पनि बन्द गरिएको छ । हिमाली क्षेत्रमा भारी हिमपातले घर बाहिर निस्कनसमेत समस्या भइरहेको गौमूलका वासिन्दा प्रेम सार्कीले जानकारी दिए ।

चिसो छल्न बेँसी झरेकालाई पनि बिहीबारदेखि बढेको चिसोले समस्या परेको छ । चिसोबाट बालबालिका, महिला, वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले न्यानो भएर बस्न चिकित्सकले सुझाव दिएका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसान हिमपातसँगै वर्षा भएपछि खुशी भएका छन् । अहिले बाजुराको तापक्रम ६ डिग्री तल झरेको छ । जिल्लामा कात्तिकबाटै चिसो बढ्न शुरु भएको हो ।

मुस्ताङमामाइनस १५ डिग्री सेल्सियस,जम्यो तालरखोलाको पानी

चिसो बढेसँगै मुस्ताङका खोला तथा तालमा पानी जमेको छ । बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ ।

चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनल १५ डिग्री सेल्सियस पुगेको छ ।

खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ । पानी जमेर धारामा आउन छाडेको छ ।

यसैगरी सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ । तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताए । बिहीबार रातिदेखि हिउँ पर्न थालेको छ ।

रुकुमपूर्वका हिमशृंखला सेताम्मे

बिहीवारदेखि शुरू भएको हिमपातले रुकुमपूर्वका हिमशृंखला सेताम्मे बनेका छन् । प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुमपूर्वको उच्च हिमाली क्षेत्रमा बिहीबार हिमपात हुँदा पत्थर देखिने पुथा आसपासका साना हिमाल र सिस्ने हिमाल सेताम्मे बनेका हुन् ।

चार/पाँच वर्ष अघिसम्म सेताम्मे देखिने यहाँका हिमाल पछिल्लो समय भने जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर पत्थर मात्र देखिने गरेको थियो । तर बिहीबार परेको हिउँले सिस्नेलगायत हिमाल सेताम्मे देखिएका छन् । हिमपात भएसँगै चिसो बढेको छ । चिसोले नागरिकको जनजीवन प्रभावित बनेको छ ।

हिमपातसँगै आकाशमा लागेको बादलको कारणले गर्दा रुकुमपूर्वलगायत आसपासका क्षेत्रमा टेलिफोन सेवामा पनि अवरुद्ध भएको छ । घामको भरमा सञ्चालन हुने रुकुमपूर्वका टावर आकाशमा बादल लाग्ने वित्तिकै फोनले काम गर्न छोड्छ ।

लामो समयपछि रुकुमपूर्वको उच्च हिमाली क्षेत्र सिस्ने र पुथा हिमाललगायत ती आसपासका क्षेत्रमा हिमपात भएको हो । रुकुमपूर्वलगायत अन्य जिल्लामा पनि बिहीबार हिमपात भएको छ । हिमपातकै कारण लामो समयसम्म पत्थर मात्र देखिने हिमाल सेतै देखिएका छन् ।

तर जिल्लामा चिसो बढ्दा नागरिकको जनजीवनमा असर परेको छ । रुकुमपूर्वलगायत अन्य जिल्लामा पनि बिहीबार हिमपात भएको छ । हिम सुन्दरताले मोहनी बिहानी पखको झुल्के घामसँगै रुकुमपूर्वका अग्ला डाँडाबाट सुन्दर हिमशृंखलाले मोहनी लगाएका छन् ।

साग विजेता खेलाडीहरूलाई यसरी गराइयो नगर परिक्रमा

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का विजेता खेलाडी तथा प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्ले नगर परिक्रमा गराएको छ । 

नगर परिक्रमा गर्नु अगाडि राखेपका पदाधिकारीहरूले खेलाडी तथा प्रशिक्षकलाई फूलमाला तथा अबिरले स्वागत गरेका थिए । नेपाली सेनाको ब्याण्ड बाजाको टोलीसहित खेलाडीहरूले नगर परिक्रमा शुरू गरेका थिए ।

दिउँसो १ बजे दशरथ रंगशालाबाट शुरू भएको र्‍याली न्यूरोड, इन्द्रचोक, असन, जमल, भद्रकाली, माइतीघर मण्डला, पुलचोक, लगनखेल, सातदोबाटो, कोटेश्वर हुँदै भक्तपुरको सूर्यविनायक, र फर्किएर माइतिघर हुँदै दशरथ रंगशालामा टुंगिनेछ । 

बिहान ११ बजेदेखि शुरू हुने भनेको  कार्यक्रम वर्षाका कारण २ घण्टा ढिलो गरी शुरू भएको हो । 

सरकारले परिवर्तनको अनुभूति दिनुपर्छ : वरिष्ठ नेता नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले सरकार सञ्चालनसम्बन्धी विगतका अनुभवलाई ध्यानमा राख्दै परिवर्तनको अनुभूति गराउने गरी काम गर्न सक्दा पार्टी जनताका बीचमा लोकप्रिय भइरहने बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको नाममा स्थापित पुष्पलाल स्मृति प्रतिष्ठानको २५ औं साधारण सभाको उद्घाटन कार्यक्रममा शुक्रवार कीर्तिपुरमा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री नेपालले पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी अनेक उकाली–ओराली छिचोल्दै पुनः एकीकृत भएकाले यसको महत्त्व तथा जिम्मेवारी थप बढेको बताए ।

‘पुष्पलालले ५ जनाबाट शुरू गर्नुभएको कम्युनिस्ट पार्टी आज लोकप्रिय र विश्वासिलो शक्तिका रूपमा विकास भएको छ । जनताको बढ्दो अपेक्षा र भरोसालाई पूरा गर्न सबै तहका सरकारले पार्टीको घोषणापत्रअनुसार काम गर्नुपर्छ । जनताका आकांक्षा र परिवर्तनको सपनालाई सार्थक पार्नु नै हाम्रो यतिबेलाको प्रमुख कार्यभार हो । यो कार्यभार राम्ररी पूरा गर्न सक्दा मात्रै संस्थापक महासचिव पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि ठहर्छ,’ उनले भने ।

साधारण सभामा प्रतिष्ठानका महासचिव गंगालाल तुलाधरले हालसम्म भएका कामको विवरण पेश गर्नुका साथै आगामी वर्षका लागि कार्यक्रम प्रस्ताव गरेका थिए ।

नारायणगढ–मुग्लिन सडकका ८ स्थानमा पहिरो रोक्ने काम गरिने
सडक विस्तारको काम सम्पन्न भएपनि पहिरोको जोखिम कायमै रहेको नारायणढ–मुग्लिन सडक खण्डका ८ स्थानमा पहिरो रोक्ने काम गरिने भएको छ ।

सडकमा दिउँसो ११ देखि ३ बजेसम्म सवारी रोकेर शुक्रवारदेखि काम थालिने भनिएकामा पानी परेपछि काम शुरू हुन सकेको छैन । 

नारायणढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार सो सडक खण्डको ८ स्थानमा पहिरो रोक्नका लागि तार, रड लगायतका सामग्री प्रयोग गरेर गरिने रक नेटिङ, बायोइन्जिनीयरिङ, बोल्टिङ लगायतका काम गरिँदैछ ।

सडक खण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुंगा, जलबिरे, चारकिलो, टोपे खोला र कालीखोला नजीक पहिरो रोकथामका काम गरिने खनालले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x