मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सुर्खेतको वीरेन्द्रनगरस्थित देउती बज्यै मन्दिर प्रमुख धार्मिक स्थल हो । गंगामाला देउती बज्यै मन्दिरसंगको ईतिहास राजी जातीसंग जोडिएको छ ।
राजी समुदायले नै देउती बज्यैको स्थापना गरेकाले मन्दिरमा राजी समुदाय बाहेक अन्य समुदायबाट पुजारी राख्न मिल्दैन् । गंगामाला देउती बज्यैका मुख्य पुजारी टंकबहादुर राजी हुन् । २००७ सालमा जन्मिएका टंक २२ वर्षकै उमेरदेखी मन्दिरको मुख्य पुजारी बनेका थिए । सुर्खेत उपत्यकामा अन्य जातिको बसोबास थिएन् । चौखेढुंगा राजी समुदायको बस्ती मात्रै थियो । ‘हाम्रो पुख्र्यौली थातथलो यहीँ भूमि हो,’ मुख्य पुजारी टंक भन्छन्, ‘इतिहासकालदेखीको सम्बन्ध मन्दिरसंग रहेकाले हामी बाहेक अरुले पूजा गर्न मिल्दैन् ।’ टंकभन्दा पहिला मुख्य पुजारी विजुली राजी, फकिरा राजी, भूरा राजी र खुसीराम राजी थिए ।
देउती बज्यैको नामाकरण
परम्पराकालमा चौखेढुंगामा राजी समुदायको बसोबास थियो । यिनीहरुको मुख्य पेशा भनेकै माछा मार्ने, नदीमा डुंगा चलाएर मान्छे तार्ने, नदी किनारामा बालुवा चालेर सुन खोज्ने पेशा हो । त्यहीँ समुदायमा एक राजीका कुनै सन्तान थिएनन् । भेरीमा माछा मार्न जाल थापेका बेला बाकसमा रहेको कुपिण्डोमा बालिका पर्यो । ‘सन्तानविहीन ति राजीले ति बालिकालाई आफ्नै छोरी बनाएर पाले’ टंक भन्छन्, ‘बालिकालाई पालेका राजीको परिवारमा खुसी छायो, सन्ताननहुँदा बालिकाले घरमा छुट्टै रौनक ल्याइदियो ।’ नयाँ गाउँमा पानीको ठूलो ताल थियो । धुलियाविटबाट झुप्रा खोलाको पानी त्यहीँ तालमा आउथ्यो । काँक्रेविहारको विचको भागमा मन्दिर बाहेक दायाँबायाँ कुनै बस्तीको विकास भएको थिएन् । काँक्रेविहारलाई त्यतिबेला राजी समुदायले गुप्ती बास भन्थे । पाँच पाण्डवले काँक्रेविहारमा बस्ने भएकाले हुर्कदै गएकी ति कन्या दर्शन गर्न चौखेढढुंगाबाट काँक्रेविहार डुंगा चढेर जानेक्रममा डुंगा पल्टिदाँ वेपत्ता भइन् ।
‘कन्यालाई पालेका राजी दम्पति रोइकराई गर्न थाले । समुदायका अन्य राजीले तिम्रो मात्रै छोरी हैनन् हामी सबैको हुन भनेर सम्झाए’ टंक पौराणिक कथन सम्झन्छन्, ‘किवदन्तीमा कन्या नयाँगाउँहुँदै काँक्रेविहार पुगेर फर्किएकी हुन् वा जाँदै छन् भन्ने उल्लेख छैन् ।’ राजी जातीले नै तालको पानी खनेर निकास गरेपछि कन्या डुवेको ठाउँमा बाघ लाग्ने, खरको घरमा दिउँसै आगलानी हुने गथ्र्यौ । तर अनेक घटना भइरहन थालेपनि नयाँगाउँमा ढुंगाको मुर्ति बनाएर पूजा गर्न थाल्दा कुनै घटना नभएपछि राजी जातीले देउती बज्यै मन्दिर स्थापना गरे । गंगाबाट जालमा परेर हुर्काएकी ति कन्या डुंगा पल्टिएर वेपत्ता भएपछि गंगामाला देउती बज्यै मन्दिर नामाकरण गरिएको मुख्य पुजारी टंकको भनाई छ । आठ लाख ६४ हजारवर्षमा चलेको द्वापर युगदेखी नयाँगाउँस्थिति देउती बज्यै मन्दिरमा पुजा गर्न सुरु गरेका थिए ।
पीपिरा कसरी सारियो देउती बज्यै ?
राजी जातीले नयाँ गाउँमा तालहुँदा कालपानी भन्थे । ताल सुकेर मन्दिरमा पूजा गर्न थालेपछि बस्तीको खासै विकास भएको थिएन् । नयाँ गाउँमै पूजा गर्ने चलन धेरै थियो । अचेलको जस्तो मन्दिरसम्म पुग्ने विकास नहुँदा मुख्य मन्दिरबाट एउटा मुर्ती पीपिरा ल्याएर टंकका बुवा भूरा राजीले स्थापना गरे । ‘सडकको सहज पहुँच नहुनु र विहानै शीत परेको बेला मन्दिरमा पूजा गर्न जान समस्या भएपछि पीपिरा सानो मन्दिर बनाइएको थियो’ टंकले थपे, ‘विस्तारै रत्न राजमार्ग र बस्तीको विकासले पिपिरामै भक्तजनको ठूलो घुइँचो लाग्न थाल्यो । यसले विस्तारै नयाँगाउँको मुख्यमन्दिर ओझेलमा पर्यो ।’ दैलेखका नेवार समुदायका भक्तविर जिमवालले दाङबाट थारु समुदायलाई सुर्खेत भित्र्याए । विस्तारै उपत्यकामा बस्तीको विकास गर्न तिनै भक्तविरले रेखाङ्कन गरे । ०२९ सालमा दर्ता गरेपछि मानविय बस्ती विस्तारै बढ्दो क्रममा गयो । बेला–बेला तत्कालिन राजा वीरेन्द्र सुर्खेत आउँदा उनले देउती बज्यै मन्दिरमा दर्शन गर्न थाले । त्यहीँबेला देउती बज्यै मन्दिरको विकास गर्न श्री ५ सरकारले सहयोग गरेको टंक बताउँछन् । ‘छाप्रोमा मन्दिर थियो राजा वीरेन्द्रको मृत्युपछि राजा ज्ञानेन्द्रले मन्दिरको भवन बनाइदिनु भएको हो’ टंक भन्छन्, ‘त्यसपछि विस्तारै क्रमिम रुपमा बाँकी मन्दिरहरु स्थापना गरिएको हो ।’
पूरै परिवार मन्दिरमै पुजारी
टंकबहादुर राजीका तीन सदस्यीय परिवार पनि मन्दिरकै पुजारी छन् । उनका छोरा जनक राजी र श्रमति कमलावती राजी पनि मन्दिरकै पुजारी हुन् । मन्दिरमा दर्शन गर्न पुग्ने श्रद्धालुहरुलाई टिका लगाइदिने र मन्दिरमा पूजा समेत गर्ने काम यीनै परिवारका सदस्यहरुले गर्दै आएका छन् । उनीहरु बाहेक अन्य राजी समुदायका पुजारी पनि मन्दिरमा कार्यरत छन् । ‘नयाँगाउँकै मुख्य मन्दिरमा दर्शनार्थीहरुलाई पूजा गराउने अभियानमा लागेको छु’ मुख्य पुजारी टंक भन्छन्, ‘राजी जातीले जीवन्त बनाएको मन्दिरप्रतिको आस्था अझै जोगाइराख्न नयाँगाउँको मुख्य मन्दिरलाई व्यस्थित गर्ने योजनामा छु ।’ सारा परिवार यसै मन्दिरमा लागेपनि कहिल्यै नराम्रो भएको बताउने टंकले वर्षेनी बढ्ने श्रदालुहरुको स्नेहले मन्दिरलाई अझै व्यवस्थित गर्न पहली प्रयासको मार्गमा हिड्ने प्रेरणा मिलेको उल्लेख गरे ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...