नेकपाको कर्णाली प्रदेश बैठक पुस ५ गते बस्दै, प्रचण्ड सुर्खेत आउने

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको बैठक पुस ५ गते बस्ने भएको छ ।

नेकपा कर्णाली प्रदेश कमिटीले बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, नेता वामदेव गौतम सुर्खेत आउने जनाएको छ ।


Advertisement

अध्यक्ष गोरख बोगटीका अनुसार विभिन्न जिल्लाबाट आउने सहभागी, केन्द्रबाट आउने अतिथिको व्यवस्थापनबारे कमिटीले आवश्यक छलफल गरिरहेको बताए ।

‘सम्भव भएको खण्डमा रक्षामन्त्री ईश्वर पोखरेल पनि आउनुहुनेछ,’ उनले भने, ‘५ गते बस्ने पार्टी कमिटीको बैठकमा उहाँहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।’


Advertisement

कर्णाली प्रदेशका नेकपाका जिल्ला कमिटीबाट प्रतिनिधित्व हुने गरी पुस ६ गते कार्यकर्ता भेला बोलाइएको अध्यक्ष बोगटीले बताए । भेलामा आउने कार्यकर्ताले होटलमा बस्ने खर्च आफैंले मिलाउने छन् भने केन्द्रबाट आएका अतिथिका लागि भने पार्टीले केही व्यवस्थापन गर्नेछ ।

उनका अनुसार स्वयंसेवक छनौट गर्नेदेखि अन्य तयारी तीव्रताका साथ भइरहेको छ । 

कमेन्ट गर्नुहोस्