प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी ! २२ जना पक्राउ

शेरबहादुर थापा
शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

सुर्खेतमा शनिवार प्रहरी जवान पदका लागि लोक सेवा आयोगले लिएको परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज पन्तले वीरेन्द्रनगरका इगरब्रिज सेकेण्डरी स्कूल, सुर्खेत शिक्षा क्याम्पस र कृष्ण संस्कृत माध्यमिक विद्यालयबाट नक्कली परीक्षार्थी पक्राउ परेका बताए ।


Advertisement

‘हामीले तीनै परीक्षा केन्द्रबाट २२ जनालाई नक्कली परीक्षार्थी पक्राउ गरेर अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘तीमध्ये कोही पैसा लिएर वा कोही आफन्तको परीक्षा दिन आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अन्य थप अनुसन्धानका लागि हामीले हिरासतमा राखेका छौं ।’

प्रहरी जवान पदका लागि आयोगले लिएको परीक्षामा सुर्खेत लगायत अन्य जिल्लाका परीक्षार्थी गरी करीब ३ हजार ३ सयले शनिवार परिक्षा दिएका छन् ।


Advertisement

कमेन्ट गर्नुहोस्