×

NMB BANK
NIC ASIA

नूनको सोझो मात्रै होइन, जिम्मेवार भएर काम गरौं : अध्यक्ष तिमिल्सेना

मंसिर २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

देशका यावत् समस्या समाधान गर्ने नीति निर्माताका साथमा रहेर भूमिका प्रदर्शन गर्दै आएको संघीय संसद् सेवाका कर्मचारीले शनिवार १३ औं संसद् सेवा दिवस नयाँ बानेश्वरस्थित संसद् भवनमा भव्यताका साथ मनाए ।

Sagarmatha Cement
Muktinath Bank

उच्च पदाधिकारीका साथमा रहेर काम गर्न पाएपनि आफ्ना समस्या र चुनौतीको तत्कालै सुनुवाइ नहुने प्रवृत्ति र आकर्षण नहुँदा सेवा नै छाडेर जाने मनोवैज्ञानिक स्थितिमा रहनुपरेको गुनासो उनीहरूले गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्य र जिम्मेवारी निजामती सेवाभन्दा फरक प्रकृति भएको तथा अन्तर्राष्ट्रिय अभ्यास र प्रयोगमा समेत संसद्लाई विशिष्ट र विशेषज्ञसहितको स्वायत्त सेवाका रुपमा विकास गर्ने हेतुले विक्रम संवत् २०५८ मंसिर २८ गते संसद् सेवा ऐन जारी भएको थियो ।


Advertisment
Nabil box
Kumari

संसद् सेवालाई विशिष्टकृत सेवाको रुपमा विकास गर्न अन्य देशले अभ्यास गरेझै यसका काम कारवाहीलाई अनुसन्धानमा आधारित बनाउन नितान्त आवश्यक रहेको विज्ञको भनाइ छ । व्यवस्थापनको नवीन मान्यता अनुरुप कर्मचारीलाई उत्प्रेरित गरेर मात्रै उद्देश्य उन्मुख गराउन सकिन्छ भन्ने मान्यता एवं हालसम्मका अनुभव र अन्तरराष्ट्रिय अभ्यासले संसद् सेवाभित्रै प्रभावकारी प्रशिक्षण संयन्त्रको विकास गर्नुपर्ने आवश्यकतामाथि उनीहरूले जोड दिएका छन् ।

Vianet communication
Laxmi Bank

समारोहमा २०७५/०७६ मा उत्कृष्ठ कार्यसम्पादन गर्ने ४ जना राष्ट्र सेवकलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । १ लाख नगद राशीको संसद् सेवा सर्वोत्कृष्ट पुरस्कार उपसचिव दशरथ धमलाले प्राप्त गरे भने ७५ हजार नगदसहितको संसद् सेवा उत्कृष्ट पुरस्कार नायब सुब्बा रेणुका सुवेदीले प्राप्त गरिन् । जनही  ५०/५० हजार राशीको संसद् सेवा पुरस्कार  कार्यालय सहयोगी जंगबहादुर मगर र प्राविधिक गम्भीरमान सिंहले प्राप्त गरेका छन् । 

समारोहलाई सम्बोधन गर्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सांसद र कर्मचारी संयुक्त प्रयासमा मात्र संसद् र संसदीय समितिलाई प्रभावकारी तुल्याउन सकिने भएकाले एकआपसमा हातेमालो गरी एक भएर अघि बढ्नुपर्ने आवश्कतामाथि जोड दिए ।

‘सरकारलाई जनताप्रति उत्तरदायी बनाउने भूमिकामा रहेको संसद्का काम कारवाही र गतिविधिलाई परिणाममुखी तुल्याउन कर्मचारीले सक्रिय भएर खटनुपर्दछ,’ उनले भने, ‘सांसद र कर्मचारी एकअर्काका पुरक हुन । एकअर्कोको सहयोग विना पूर्णता हँुदैन । नूनको सोझ मात्रै नगरौं, जिम्मेवार भएर काम गरौं ।’

उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले कहिलेकाहीँ केही काम विशेषमा ढिला सुस्ती देखिएपनि समग्रमा संसद् सेवाका कर्मचारीको कामको गति राम्रो रहेको बताए । ‘संसद् सेवाका कर्मचारीकै मेहेनतका कारण संसद्को पाँचौं अधिवेशनको पूर्वतयारी काम भइसकेको छ, हामी कानून बनाउने थलोमा छौं, सबै चनाखो भएर कर्तव्य पूरा गर्नुपर्छ, कर्मचारीले गर्ने कामले सांसदको भूमिका प्रभावकारी हुनेछ,’ उनले भने ।

संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद् सेवा संसद्को प्रभावकारिता अभिवृद्धि गर्ने महत्त्वपूर्ण औजार भएकाले यसले खेल्ने भूमिकाका आधारमा संसद् र संसदीय समितिको काम कारवाहीको मापन गर्न सकिने बताए ।

सचिव डा. भरतराज गौतमले सचिवालमा प्राप्त स्रोत र जनशक्तिका आधारमा सेवा प्रवाहलाई चुस्त तुल्याउने काम भइरहेको जानकारी दिए । कर्मचारी संघका अध्यक्ष मेघराज अर्यालले संसद् सेवालाई उत्कृष्ट तुल्याउन कर्मचारीको मनोबल उकास्नेतर्फ सरकारको ध्यान जान आवश्यक रहेको बताए ।

सो अवसरमा अध्यक्ष तिमिल्सेनाले संघीय संसद् सेवा स्मारिक २०७६ को विमोचन गरे । समारोहमा संसद् दिवसका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कार एवं प्रमाणत्रपत्र प्रदान गरियो ।

संघीय संसद् सेवामा हाल ३५० को हाराहारी जनशक्ति रहेको बताइएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त रुप रहको संघीय संसद् मातहत १६ वटा विषयगत समिति रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x