चाँगुनारायण मन्दिरबाट ढलौटका पूजा सामग्री चोरी

भूकम्पले चाँगुनारायण मन्दिरमा क्षति पुर्‍याएपछि सुरक्षाका लागि सशस्त्र प्रहरीको अस्थायी क्याम्प मन्दिर परिसरमै राखिएको छ । सत्तल पुनर्निर्माणको लागि खटिएका कर्मचारी मन्दिर नजिकै बस्छन् । करीब तीन सय मिटरको दुरीमा महानगरीय प्रहरी प्रभाग चाँगुनारायणको कार्यालय छ ।

गत मंसिर २ गते राति यही मन्दिरबाट अष्टबाहु नारायण (विष्णु) को चोरिएको थियो । बिहीवार रातिमात्रै पूजामा प्रयोग हुने ढलौटका पूजा सामग्री हराए । एक महिना नपुग्दै दुईपटक चोरी हुँदा स्थानीयले मन्दिरको सुरक्षाप्रति शंका व्यक्त गरेका छन् । 


Advertisement

मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायका अनुसार मूल पुजारीको सत्तलबाटै शंख र नाग आकृतिका ढलौटका भाँडाकुँडा चोरी भएको हो । 

'सत्तलको ढोका फोडेर शंख, अर्घ्य राख्ने कलात्मक तीन सेट भाँडा (प्रति सेटमा ८ वटा हुन्छन्), दियो, पानीभाँडालगायत सामग्री चोरी भएको छ,' विकास समितिका अध्यक्षसमेत रहेका राजोपाध्यायले भने । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्