फिल्ममा राम्रो अफर आए तयार छु : सुनिल गिरी

गायक तथा मोडल सुनिल गिरीले आफ्नो मोडलिङ यात्रा सुनाएका छन् ।

उनले शुरूमा पल शाहसँग सहकार्य गरेका गिरीले पछिल्लो आफ्ना गीतमा आफैंले अभिनय गर्न थालेका छन् ।


Advertisement

उनले आफ्नो मोडलिङ यात्रा यसरी सुनाउँछन् :

पछिल्लो समय आफ्ना गीतमा आफैंले मोडलिङ गर्ने कोशिश गरिरहेको छु । शुरूमा विस्तारै आफ्ना गीतमा आफू पनि फिट हुन सक्छु जस्तो लाग्यो । मेरा गीतमा आफ्नै शब्द र संगीत हुने गर्छन् । गीत लेख्नु र कम्पोज गर्नुका पछाडिका कारण पनि हुन्छन् । कुनै घटना होलान्, कुनै संयोग । गीत लेख्दा र कम्पोज गर्दा त्यसको म्युजिक भिडियोका पात्रहरूबारे कल्पना गरेको हुन्छु । त्यसैले मोडलिङमा आफैं फिट हुन सक्छु भन्ने लागेको हुन सक्छ ।


Advertisement

मैले मोडलिङ गरेका गीतहरू दर्शकले रुचाइदिएकाले आफू फिट रहेको अनुभूति भएको छ । एक पटक साती जगदिश समालले लेखेको 'मिल्दैन र फूलको बोटले' बोलको गीत गाएको थिएँ । त्यसबाहेक सबै गीतमा मेरै शब्द छन् ।

क्षमतावान् गायकमा मोडलिङ गर्ने प्रतिभा पनि लुकेको हुन्छ भन्ने लाग्छ । शब्द र संगीत हरेक गीतका दुई खम्बा हुन् । त्यसमाथि अहिले म्युजिक भिडियो र त्यसमा गरिएको फिचरिङ पनि महत्त्वपूर्ण भएको छ । मैले पहिलो पटक 'झरी परेछ' बोलको गीतमा मोडलिङ गरेको थिएँ । कुनै दिन फिल्ममा पनि अभिनयको राम्रो अफर आयो भने तयार हुन्छु । किनकि, अभिनयमा रुचि छ । तर गायनलाई मुख्य र अभिनयलाई पार्ट टाइम बनाउन सक्छु । नयाँ पत्रिकामा खबर छ ।  

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्