×

NMB BANK
NIC ASIA

अवैध बाटोबाट अमेरिका, एजेन्टलाई बुझाएको करोडौं रकम स्वाहा !

मंसिर २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

घरको आर्थिक संकट टार्न र केही कमाउन श्रमिकको हैसियतमा कतार उड्दा बैरिया–७, रौतहटका मोहम्मद आफताब आलमले भर्खरै १२ पास गरेका थिए । स्थानीय एजेन्टलाई डेढ लाख रुपैयाँ बुझाएपछि उनको राहदानीमा पाँचवर्षे भिसा टाँसिएको थियो । ०७० माघ २६ मा कतार उडेका उनी पाँच वर्षपछि ०७५ माघ २८ मा स्वदेश फर्किए तर कतारबाट होइन, अमेरिकाबाट । 

Muktinath Bank

खाडी पुगेका मोहम्मद कसरी अमेरिका पुगे ? अमेरिका छिरेका उनी किन फर्किए ? कतार–अमेरिका यात्रामा के भयो ? यी प्रश्नका उत्तरले अमेरिका छिर्ने हुटहुटीमा हन्डर, हिरासत र धोकाको हुन्डरीमा परेर घरखेत गुमाउन पुग्ने धेरै नेपालीको कथा बोल्छन् । पहिले उनकै कथा ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कतारमा मोहम्मदले एक फोन कम्पनीको सेल्स डिपार्टमेन्टमा काम पाएका थिए । पैसा ठीकै थियो, काम पनि उनका निम्ति उति गाह्रो थिएन । त्यहाँ रहँदा बस्दा उनले आफूजस्तै एक बंगलादेशी कामदारलाई चिनेका थिए । एकदिन फेसबुक चलाइरहेका बेला थाहा पाए, केही दिनअघिसम्म आफ्नै छेउमा बस्ने बंगाली साथी अमेरिका छिरेछ ।


Advertisment
Nabil box
Kumari

खुबै चासो राखेर उनले बंगाली साथीलाई फेसबुक म्यासेन्जरबाटै सोधे, ‘तिमी कसरी पुग्यौ अमेरिका ?’ एक बंगाली एजेन्टमार्फत मेक्सिको हुँदै अमेरिका छिरेको सुनाएर उसले मोहम्मदको इच्छा बुझे जसरी भन्यो, ‘तिमी पनि आउने भए त्यही एजेन्टलाई भेट ।’ कमाइको केही पैसा जोगाएका मोहम्मदलाई अमेरिका छिर्न पाए झनै धेरै कमाउन सकिन्थ्यो र जीवन सजिलो बन्थ्यो भन्ने लाग्यो । उनले मोहिब अली नामको बंगाली एजेन्टसँग सम्पर्क गरिहाले ।

Vianet communication
Laxmi Bank

एजेन्टले सुनायो, ‘४५ हजार रियाल (करिब १४ लाख नेपाली रुपैयाँ) लाग्छ ।’ अमेरिका नै पुगिन्छ भने त्यति पैसा किन नतिर्ने भनेर उनी किस्ता–किस्तामा पैसा बुझाउन तयार भए । एजेन्टले ब्राजिलको पर्यटक भिसा मिलाइदियो । ब्राजिलको साओ पाउलो पुगेपछि उनको अवैध यात्रा सुरु भयो । एजेन्टले भनेअनुसार उनी पेरु हुँदै इक्वेडर पुगे अनि कोलम्बिया छिरे । अमेरिका छिर्न हिँडेकाहरूलाई मानव तस्करले पानामा पुर्‍याउन डेरियन ग्याप भनिने जंगली बाटो पैदल हिँडाउँछन् । विषालु सर्प र सन् १९६४ देखि कोलम्बिया सरकारसँग लडिरहेका हतियारधारी गुरिल्ला समूहका कारण यो बाटोलाई धेरैले मृत्युमार्ग पनि भन्छन् । मोहम्मदले सुनाए, ‘डेरियन ग्यापमा हिँड्दा मेरो समूहमा पाकिस्तान, बंगलादेश, भारत र अफ्रिकालगायत विभिन्न देशका गरी झन्डै सय जना जति थिए ।’

क्युबा, सोमालिया, सिरिया, पाकिस्तान, बंगलादेश, नेपाललगायत अफ्रिका र एसियाका देशबाट लुकिछिपी अमेरिका छिर्न हिँडेकालाई मानव तस्करका एजेन्टहरूले यही बाटो हिँडाउने गरेका छन् । संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आईओएम) ले सन् २०१६ मा निकालेको ‘माइग्रेसन एन्ड माइग्रेन्ट्स : अ ग्लोबल ओभरभ्यु’ शीर्षक प्रतिवेदनले यो डरलाग्दो जंगली यात्रालाई ‘घोस्ट ट्रेल’ नाम दिएको छ । प्रतिवेदनमा लेखिएको छ, ‘यो जंगल छिचोल्न चाहनेहरू प्रत्येक वर्ष सयौं जना सशस्त्र समूहबाट मारिन्छन् वा बेपत्ता बनाइन्छन् ।’

पानामा छिरेपछि मोहम्मद केही दिन शरणार्थी शिविरमा बसे । त्यहाँबाट बस चढेर कोस्टारिका पुगे । आप्रवासीले सजिलै देश छोडुन् भनेर सरकारले दिने ‘कन्ट्री आउट पेपर’ बनाएर उनी कोस्टारिकाबाट एजेन्टकै सहयोगमा एक साता जंगलको बाटो हिँडेर निकारागुवा–होन्डुरस हुँदै ग्वाटेमाला पुगे । देशपिच्छेका स्थानीय एजेन्ट, अनेकन् नियम र कष्टकर यात्रा पार गर्दै ग्वाटेमाला पुगेपछि उनी आफूजस्तै ४० जनासँग २५ दिन एउटा घरमा बन्धक जस्तै बने ।

स्थिति ‘अनुकूल’ भएपछि एजेन्टकै सहयोगमा उनी मेक्सिको छिरे । उनले सुनाए, ‘ट्युबले बनेको खतरनाक डुंगामा क्षमताभन्दा धेरै मान्छेसँग अटेसमटेस गरेर ढलपल ढलपल गर्दै मेक्सिको छिरेका थियौं ।’ अमेरिका छिर्न हिँडेका सयौं मान्छेको हूलमा उनी केही दिन मेक्सिको–अमेरिका सिमानामा रहेको तिज्वाना सहरमा बसे । एक दिन एजेन्टले सिकाएअनुसार सरासर मूल बाटो हुँदै अमेरिकी भूमि टेके ।

कागजातबिना सीमा पार गर्न लागेको भन्दै उनलाई अमेरिकी सीमा सुरक्षा अधिकारीले तत्काल पक्राउ गरे । खासमा उनले खोजेकै यही थियो किनकि यसरी पक्राउ परेपछि अध्यागमनको नियन्त्रणमा पुगिन्थ्यो अनि बल्ल शुरू हुन्थ्यो, आप्रवासी बन्ने कानुनी प्रक्रिया । अनेकन् कागजी प्रक्रिया पूरा गर्दै उनी १६ महिनासम्म अमेरिकी अध्यागमनको थुनामा बसे ।

शरणार्थीको मान्यता पाइने आसमा उनी लामो कानुनी चक्करमा प्रवेश गरे । एउटा वकिलले उनीसँग तीन हजार डलर अर्थात् तीन लाखभन्दा धेरै नेपाली रुपैयाँ असुल्यो । उसबाट भनेजस्तो काम नभएपछि उनले अर्को वकिल गुहारे । त्यसले त एउटा सानो कामकै ७ सय ५० डलर असुल्यो । अध्यागमनको थुनामा बसेर कानुनी लडाइँ लड्दालड्दै उनले करिब १० लाख रुपैयाँ गुमाए । तर निष्कर्ष उनले सोचेअनुसार भएन । अन्तत: उनी देश निकाला (डिपोर्ट) मा परे । कतारबाट हिँडेको १९ महिनापछि काठमाडौं उत्रिँदा उनीसँग विभिन्न चरणमा एजेन्टलाई बुझाएको ३० लाख रुपैयाँ र कानुनी प्रक्रियामा खर्च भएको अर्को १० लाख रुपैयाँको ऋणको भारी, हतास मन र अँध्यारो भविष्य मात्रै थियो ।

डिपोर्टपछि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त उत्रिए, तर कहाँ जाने, कसलाई भेट्ने, कोसँग गुहार माग्ने ? उनीसँग कुनै विकल्प थिएन । उनको हालत देखेर विमानस्थलकै प्रहरीले उनलाई सय रुपैयाँ दिए । त्यही पैसाले उनी तीनकुनेतिर सोझिए । वर्षौं पुरानो सम्झनाको भरमा राति झन्डै १० बजेतिर उनी एक जना साथीको भाइको कोठा ढकढक्याउन पुगे । कतार पुगेको दाइ अचानक कोठामा आइपुगेको देखेर ती भाइ छक्कै परे । मोहम्मदले भने ओत त लाग्न पाइयो भनेर सन्तोष माने ।

भाइकै मोबाइलबाट उनले रौतहतमा बुबालाई फोन गरेर आफू नेपाल फर्केको बताए । मोहम्मदले सुनाए, ‘त्यतिबेलासम्म पनि मेरो घरमा म डिपोर्ट भएर फर्किंदै छु भन्ने थाहा थिएन ।’ उनलाई हारेको अनुहार लिएर घर फर्किन पनि मन लागेन । सुनाए, ‘त्यतिबेला म डिप्रेसनमै गएजस्तो भएको थिएँ । मन थीर थिएन । दिमागमा ऋण मात्रै घुमिराख्थ्यो ।’ कतै पनि मन नअडिएपछि मोहम्मद कामको खोजीमा मुम्बई गए । एउटा होटलमा सात महिना काम गरे अनि बल्ल रौतहट फर्किए ।

अमेरिकाबाट डिपोर्ट भएको झन्डै एक वर्ष पुग्न लागिसक्यो । तर पनि अवैध यात्राको घाउ उनको मनमा चस्किराख्छ किनकि त्यतिबेला एजेन्टलाई बुझाउन लिएको ऋण अझै तिरिसकिएको छैन । घरजग्गा बन्धकी राखेर लिएको ऋणको ब्याजको मिटर प्रत्येक क्षण घुमिराखेको छ । ऋण तिर्नकै लागि पनि मोहम्मदलाई काम गरेर पैसा कमाउनैपर्नेछ । उनले सुनाए, ‘फेरि कतार गएर काम गर्नुपर्‍यो भनेर प्रोसेस चालेको छु । भिसा झर्नेबित्तिकै म्यानपावरले फोन गर्छु भनेको छ ।’

नेपालबाट ल्याटिन अमेरिकी र अफ्रिकी देश हुँदै मेक्सिकोबाट अवैध रूपमा अमेरिका छिराइदिने गिरोहको अन्तर्राष्ट्रिय सञ्जालसँग नेपाली एजेन्टहरूको सम्पर्क बढ्दै जाँदा दुर्गम गाउँमा नेपालीको सर्वस्व गुम्ने मात्र हैन, मुलुकको बदनाम हुने जोखिम पनि बढ्दै गएको कान्तिपुर दैनिकमा खबर छ । 

संगठित मानव तस्कर गिरोहका साथ लागेर अवैध रूपमा अमेरिका छिरेर बितेका दुई आर्थिक वर्ष (०७५/७६ र ०७६/७७) मा ९२ नेपाली डिपोर्ट भएका छन् । सबै जना महिनौंसम्म अध्यागमनको नियन्त्रणमा बसेर शरणार्थीको आवेदन अस्वीकार भएपछि डिपोर्ट भएका हुन् । तीमध्ये ८४ जनाले प्रहरीलाई दिएको प्रारम्भिक बयानलाई आधार मान्दा उनीहरूले २१ करोड ४७ लाख रुपैयाँ गुमाएको देखिन्छ । सात जनाले चाहिँ आफूले गुमाएको रकमबारे प्रहरीलाई बताएका छैनन् । प्रहरीका अनुसार एजेन्ट नै आफन्त परेको घटनामा पीडित कानुनी प्रक्रियाबाहिरबाटै रकम उठाउने प्रयत्नमा लाग्ने गर्छन् र प्रहरीलाई फसेको रकमबारे बताउँदैनन् ।

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोका अनुसार अमेरिकाबाट डिपोर्ट हुनेहरूले फसाएको रकमका अलावा अमेरिका छिर्नै नपाई बीचबाटै फर्किनेहरूले गुमाएको रकमको हिसाब निकाल्ने हो भने अर्बौं रुपैयाँ नेपाली र अन्तर्राष्ट्रिय एजेन्टका हातमा गएको देखिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x