×

NMB BANK
NIC ASIA

अनलाइन चिठ्ठाका नाममा ठगी बढ्दो, सामाजिक सञ्जाल गतिलो हतियार

मंसिर २९, २०७६

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

प्रिय (डियर) लक्ष्मी, एक करोड यूएस डलर चिठ्ठा परेकामा बधाई छ’ भाइबरबाट यस्तो सूचना आएपछि नयाँ बानेश्वर निवासी लक्ष्मी राईका लागि खुसीको सीमा रहेन । भाइबर अपलोड गरेको हप्ता दिन नबित्दै यस्तो खबर पाउँदा सामान्य गृहिणी राईले आफ्नो भाग्य चम्किएको अनुभूति गरिन् । अज्ञात व्यक्तिको निर्देशन अनुसार, उनले चिठ्ठा रकम प्राप्त गर्न बैङ्क खाता खोल्नेदेखि राजस्व शुल्कका नाममा एक लाख भारु आईएमई गरी भारत पठाइन् । 

Sagarmatha Cement
Muktinath Bank

यतिको शुल्क तिर्दा पनि चिठ्ठा वापतको रकम पाउनु त कता हो कता उल्टै खातामा रहेको रकमसमेत अर्कैले निकालेको चाल पाएपछि भने उनका लागि भाइबरमा आएको सूचना खुसीमा नभई पीडामा परिवर्तन भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै मखनमा सैलुन पसल सञ्चालन गर्दै आएका प्रवीन ठाकुरलाई पनि तीन महिनाअघि इमोबाट यस्तै सूचना आयो । अज्ञात व्यक्तिले अङ्ग्रेजी भाषामा पठाएको सूचना पढ्न उनले अर्कैको सहयोग लिनुपर्ने बाध्यता पर्‍यो । इमोको सूचना अनुसार ठाकुरलाई सुरुमा एक सय डलर जम्मा गर्न लगाइएको थियो । उनले भने, 'पसलको भाडा तिर्न बाँकी राखी एक सय डलर बेलायतमा रहेको अज्ञात व्यक्तिलाई आईएमई गरी पठाइदिएँ ।'’


Advertisment
Nabil box
Kumari

त्यसपछि पनि चिठ्ठाको रकम भारतमा रोकियो भनेपछि सोही निर्देशन अनुसार थप ५० हजार भारु मुम्बईमा रहेको अर्को व्यक्तिलाई आईएमई गरी पठाइदिए । चिठ्ठा कुर्दा कुर्दै ऋण लाग्यो तर नगद आएन । पीडित ठाकुर भन्छन्, 'नमज्जाले ठगिएछु ।' सामाजिक सञ्जाल भाइबर, वाट्सएप, इमो, फेसबुक र इमेल प्रयोग गरी अनलाइन चिठ्ठाका नाममा शान्ति राई र प्रवीन ठाकुरजस्तै १४ जना पीडितहरू आफू ठगिएको उजुरी बोकेर महानगरीय प्रहरी अपराध महाशाखा टेकु पुगेका छन् ।

Vianet communication
Laxmi Bank

अपराध महाशाखाका अनुसार, चिठ्ठा ठगीमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता देखिएको छ । यो समूहले यसअघि कृषि विकास बैङ्क र पानस रेमिटेन्स ह्याक गरी चार करोडभन्दा बढी रकम झिकेको थियो । विशेष गरी सामाजिक सञ्जालबाट साथी बन्नेहरू बढी ठगिएका छन् ।

महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले सामाजिक सञ्जाल तथा अनलाइन ठगीको अनुसन्धान गर्दै जाँदा कृषि विकास बैङ्क र पानस रेमिटेन्स ह्याकिङमा संलग्न थप अर्को समूह पक्राउ गरिएको जानकारी दिए । यो समूहको पक्राउसँंगै बैङ्क ह्याकिङका मुख्य योजनाकार पिटर भन्ने नाइजेरियाली नागरिक पिटर हरमान असङ्गा र ब्रिटिस नागरिक स्मिथ मोरिसको पहिचान भएको छ । उनीहरूले नेपाल तथा भारतमा ‘एजेन्ट’ नियुक्त गरी अनलाइन ठगी र बैङ्क ह्याकिङ गर्दै आएका छन् ।

पक्राउ पर्नेहरूमा पिटरका सहयोगी ठमेलमा होटल तथा रेष्टुराँ व्यवसाय सञ्चालन गर्दै आएका दोलखा फुलपाका रमेश खड्का, नवलपरासी रामग्रामका विश्वेश्वरप्रसाद तिवारी र सन्दिप कलवार छन् । यसअघि बैङ्कको लाहान शाखा प्रमुख सुनील झासहित १२ जना पक्राउ परेका थिए । अभियुक्त खड्का र पिटरबीचको सम्बन्ध १० वर्ष पुरानो भएको अनुसन्धानले देखाएको छ । फूटबल खेलाडीका रूपमा नेपाल प्रवेश गरेका पिटरले अभियुक्त खड्का र यसअघि पक्राउ परेका लवाङ तामाङ र सञ्जय घलेको सहयोगमा पाँच करोड झिकेका थिए ।

१० वर्षको अवधिमा धेरै सर्वसाधारणलाई ठगी गर्नुका साथै बैङ्क अफ काठमाण्डु, प्रभु, हिमालय, सनराइज, सिटिजन्स, नबिल, लुम्बिनी, माछापुच्छ्रे, नेपाल बङ्गलादेश, ग्लोबल, एनआईसी, एनएमबी, सिद्धार्थ, लक्ष्मी र एसबीआई गरी १६ बैङ्क ह्याकिङ गरेको हुनसक्ने थापाको भनाइ छ । तर बैङ्क सञ्चालकहरू भने ग्राहकको नभई बैङ्ककै रकम ह्याकिङ भएको भन्दै घटनाको ढाकछोप गर्न उद्यत छन् ।

महाशाखाले अनलाइन ठगीमा संलग्न अभियुक्तले बैङ्कको भन्दा व्यक्तिको खाताबाट रकम ह्याक गरी चोरी गरेको जनाएको छ । पिटर र स्मिथका सहयोगी खड्का, तिवारी, कलवार, लवाङ र घलेलगायत ३४ जना नेपाली एजेण्टले परिचित व्यक्तिसँंग सञ्जाल विस्तार गरी नयाँ खाता खोल्न लगाउने तथा खोलिएका खाता नम्बर सङ्कलन गर्दै आएका छन् । पक्राउ परेका खड्का, तिवारी र कलवारको संलग्नतामा १४ करोड ६७ लाख ९१ हजार रुपियाँ शङ्कास्पद ढङ्गले कारोबार भएको छ । गोरखापत्र दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x