नेकपा सचिवालयमा ओलीले भने– 'मेरो स्वास्थ्यमा तीव्र रूपले सुधार आइरहेको छ'

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थामा तीव्र ढंगले सुधार आइरहेको जानकारी पार्टीलाई गराएका छन् ।

बालुवाटारमा आइतवार बिहान बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष समेत रहेका ओलीले आफ्नो स्वस्थ्य स्थितिमा तीव्र ढंगले सुधार आइरहेको जानकारी गराएका हुन् ।


Advertisement

प्रधानमन्त्री ओली सचिवालय बैठकमा केही समय सहभागी भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

'बैठकमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पनि केही समय उपस्थित हुनुहुन्थ्यो,' बैठकपछि सञ्चारकर्मीमाझ प्रवक्ता श्रेष्ठले भने, 'कमरेड अध्यक्षले आफ्नो स्वास्थ्य स्थितिबारे जानकारी गराउनुभयो ।'


Advertisement

प्रवक्ता श्रेष्ठले थपे– 'उहाँले आफ्नो स्वास्थ्य स्थिति अत्यन्तै राम्रोसँग तीव्ररूपमा सुधार भइरहेको जानकारी गराउनुभयो । बैठकले तीव्ररूपमा उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्‍यो ।'

बैठकले आजै बस्ने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ । 

स्थायी कमिटी बैठक एक वर्षपछि आज दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ ।

 

कमेन्ट गर्नुहोस्