कात्तिक २०, २०८०
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
मंसिर २९, २०७६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा १४औं महाधिवेशनको कार्यतालिकालाई लिएर देखिएको विवाद उत्कर्षमा पुगेको छ ।
महाधिवेशनको कार्यतालिकामा सभापतिले छलफल गर्न नचाहेको आरोप लगाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले २६ गतेदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक बहिष्कार गरेको थियो ।
विवाद साम्य पार्न शनिवार सभापति शेरबहादुर देउवा उपसभापति विमलेन्द्र निधिलाई लिएर पौडेलनिवास बोहोराटारमा पुगेका थिए ।
'देउवाले महाधिवेशन कार्यतालिकाका विषयमा छलफल गर्न आफू तयार रहेको बताउनुभयो,' छलफलमा सहभागी एक नेताले भने, 'तर विभागको संख्या थप्ने, नेविसंघको तदर्थ समिति बनाउने र तरुण दलको कार्यसमिति विस्तार गर्ने विषयमा सहमति हुन सकेन ।'
सभापति देउवा नै सहमतिको प्रयास गर्दै पौडेल निवास जानुलाई कांग्रेसका कतिपय नेताहरूले सभापतिको 'आइसब्रेक' गर्ने प्रयासका रूपमा लिएका छन् । तर शनिवार बिहान दुवै नेताबीच भएको छलफलमा कुनै सहमति बन्न नसकेपछि पौडेलले आफ्नो रणनीति तय गर्न आफूनिकट नेताहरूसँग छलफल गरे ।
देउवासँग कुनै सहमति नजुटेपछि शनिवार नै महामन्त्री शशांक कोइराला निवासमा पौडेलपक्षीय नेताहरू जम्मा भए । बैठकमा उपस्थित नेताहरूले सभापतिले एकलौटी गर्न खोजेको आरोप लगाए ।
'आइतवार बस्ने केन्द्रीय समिति बैठक बहिष्कार गर्ने चेतावनी दिनुभएको छ नेताहरूले,' बैठकमा सहभागी एक केन्द्रीय समिति सदस्यले लोकान्तरसँग भने, 'संस्थापनइतर पक्ष कांग्रेसको सुदृधिकरण गर्न एक ढिक्का भएर लागेको छ ।'
पौडेल पक्षको भेलापछि साँझ ४ बजे प्रकाशमानसिंह निवास चाक्सीबारीमा अर्को बैठक बस्यो । बैठकमा दुवैतर्फका नेताहरू उपस्थित थिए ।
सभापति देउवा पक्षबाट निधि र पौडेल पक्षबाट सिंहले सहमति जुटाउने प्रयास गरेका थिए ।
चाक्सीबारी भेलामा विभागको संख्या बढाएमा ४० प्रतिशत आफूलाई दिनुपर्ने पौडेल समूहले माग राख्यो ।
केन्द्रीय समितिमा १४ औं महाधिवेशन कार्यतालिकामा छलफल गर्न देउवापक्ष सकारात्मक भएपनि विभागका विषयमा कुनै सहमति बन्न सकेन ।
केन्द्रीय समिति बैठक अन्योलमा !
शनिवार बसेका ३ वटै बैठक विनासहमति टुंगिएपछि आइतवार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्योलमा परेको छ ।
आइतवार वरिष्ठ नेता पौडेल सपरिवार पाथिभरा दर्शनका लागि निस्किसकेका छन् ।
वरिष्ठ नेता पौडेलसँग सम्पर्क गर्न खोज्दा उनले आफू बाहिर रहेको र अहिले केही बोल्न आवश्यक नरहेको प्रतिक्रिया दिए । 'वार्ता टोली बनेको छ, उतै कुरा गर्नुस्,' पौडेलको भनाई उदृत गर्दै उनका एक सहयोगीले लोकान्तरसँग भने, 'अहिले हामी विराटनगर छौं । केन्द्रीय समितिको बैठक बस्छ कि बस्दैन उतै कसैलाई थाहा होला ।'
कांग्रेसभित्र विवाद बढेपछि सभापति देउवा र वरिष्ठ नेता पौडेल दुवै पक्ष सम्मिलित वार्ता समिति पनि गठन गरिएको थियो । शनिवार गठन गरिएको वार्ता समितिमा संस्थापन पक्षले उपसभापति निधिलाई तोकेको छ भने नेता पौडेल पक्षले पार्टीका नेता प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय दिलेन्दप्रसाद्र बडु र हृदयराम थानीलाई जिम्मेवारी दिएको छ ।
आइतवार अपराह्नसम्म पनि वार्ता समितिले कुनै सहमति जुटाउन सकेको छैन । 'वार्ता समितिले अहिलेसम्म कुनै सहमति जुटाउन सकेको देखिएको छैन,' पौडेलपक्षीय एक केन्द्रीय समिति सदस्यले भने, 'यस्तै चाला हो भने आज केन्द्रीय समिति बैठक बस्ने देखिन्न । विनासहमतिको बैठक हामीले बहिष्कार गर्नुको विकल्प छैन ।'
कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौला पनि बैठक बस्ने विषयमा अन्योल रहेको बताए । आफ्नो गृह जिल्ला झापा पुगेको सिटौलाले आइतवार बैठक बस्ने/नबस्ने कुनै टुंगो नरहेको बताए ।
'म अहिले झापा छु,' सिटौलाले भने, 'बैठक बस्यो भने आउने हो, नत्र किन आउनु ?' सिटौलाले शनिवारका बैठक र छलफलमा के–के कुरा भए भन्ने आफूलाई थाहा नभएको टिप्पणी गरे ।
२६ गते बसेको केन्द्रीय समितिको बैठक बहिष्कार गरेको पौडेल पक्षले कुनै ठोस सहमति नभएसम्म बैठकमा आफू सहभागी नहुने अडान लिएको हो ।
त्यतिबेला बसेको बैठकमा सभापति देउवाको तर्फबाट ४१ वटा विभागहरूको गठन गर्ने, तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप गरेको निर्णयलाई अनुमोदन गर्ने, भ्रातृ संघ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरूपता समितिको प्रतिवेदन पेश गर्ने लगायतका कार्यसूचीमा छलफल भएको थियो ।
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...