×

NMB BANK
NIC ASIA

संस्मरण

मनभरि नेपाल राखेर स्विजरल्यान्डमा तीन दिन

मंसिर २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मैले बाल्यकालदेखि नै स्विजरल्यान्डबारे सुन्दै आएको थिएँ । स्विजरल्यान्ड संसारकै सुन्दर देश र पर्यटकीय आकर्षणको केन्द्र रहेकोमा दुईमत रहेन ।

Sagarmatha Cement
Muktinath Bank

नेपाललाई स्विजरल्यान्ड बनाउने घोषणा पनि पटक-पटक नभएका होइनन् । नेपालजस्तै भूपरिवेष्ठित, हाइड्रोपावर र पहाडी भूगोलको देश, नेपालका धनाढ्यहरूले पैसा लुकाउने देश, जिरीसँग मितेरी साइनो जोडिएको जुरिक आदि कथ्यहरू स्विजरल्यान्डको तीन दिने भ्रमणमा मेरो मानसपटलमा प्रत्येक सेकेण्ड घुमिरहेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मलाई परेको यो बाल्यकालीन प्रभावले होला जीवनमा एक पटक जसरी भए पनि स्विजरल्यान्ड जानुपर्छ भन्ने भित्री इच्छा थियो । संयोगवश विश्वविद्यालयको विदासँगै अप्रिल महिना २०१९ को अन्तिम हप्ता भक्तपुरका मित्रसँगै इटालीबाट स्विजरल्यान्डको जुरिकसम्मको भ्रमण गर्नेसाइत जुर्‍यो । तीन दिनको यो भ्रमणमा पहिलो पटक मैले देखेको स्विजरल्यान्ड र मेरो यात्रा अनुभूतिमा सिर्जित भावनालाई यस लेखको विषयवस्तु बनाइएको छ ।


Advertisment
Nabil box
Kumari

इटालीको मिलानो हुँदै फिलिक्स बसको यात्राले हामीलाई स्विजरल्यान्डको सिमाना पुर्‍यायो । यात्राको क्रममा स्विजरल्यान्ड र इटालीको सीमा नजिक पर्ने सुन्दर लुगानो गाउँ पुग्ने बित्तिकै मुसलधारे पानी बर्सियो । पानीले पनि हामीलाई सहहृदयी भई स्वागत गरिरहेको जस्तो भान भयो मलाई ।

Vianet communication
Laxmi Bank

हामी भने जिज्ञासु हुँदै बस भित्रबाट मनोरम दृश्यहरू अवलोकन गर्दै थियौँ । बस अघि बढ्दै गर्दा बाटोको छेउछाउमा कञ्चन तालहरू मुस्कुराएका देखिन्थे । शिरमा हिउँले भरिएका पहाड उभिएका थिए अनि पहाडका छातिमा खहरे खोला पनि आफ्नै सुरमा कलकल बगिरहेका थिए । यिनै ठाडा खोलाहरूबाट बिजुली निकालेका पावर हाउस ठाउँठाउँमा देखिन्थे ।

घाँसे मैदानमा भेडाहरू समेत गजबसँग रमाएका थिए । सँगैका सहयात्रीले स्विजरल्यान्ड भन्या स्विजरल्यान्ड नै हो रहेछ भन्दै गमक्क परिरहेका थिए । गड्गडाहट् आकाशे पानी बिदा हुँदैगर्दा पारि डाँडामा सेता फेटाले बेरिएका चुचुराहरू पनि देखिए । लाग्दथ्यो प्रकृतिले ताल, खहरे, वनजंगल र हिमालका रुपमा अनेक लीला देखाइरहेको छ । हामी सुन्दर प्रकृतिको माहोलले हौसिएका र आनन्दको नशामा डुबेका थियौ । समय बितेको पत्तो नपाई करीब ६ घण्टामा मिलानोबाट जुरिक पुगिएछ ।

अर्को दिन जुरिक सहरको फन्को मार्न भनी निस्कियौँ । मध्य सहरको जुरिच तालमा झुम्यौं । तालको छेउमा बसेर हेर्दा पारिका बस्ती, ठूला महल र पानीजहाज खुबै रमाइला देखिन्थे । ताल वरिपरि बालबच्चादेखि बृद्धबृद्धासम्म रमेका थिए । तालको छेउमा पानी झर्ने फाउन्टेन र चिरिच्याट्ट काटछाँट पारेका रुखहरूले सहरी सौन्दर्यलाई सुनमा सुगन्ध थपेका थिए ।

पर्यटकहरू आ-आफ्ना धुनमा देखिन्थे । बाटाबाटामा गीतसंगीत बजाएर मनोरञ्जन दिने र जीविका धान्नेहरू पनि देखिन्थे । ताल हेरेपछि जुरिक विश्वविद्यालयको वनस्पति उद्यानतर्फ पुग्यौँ । त्यहाँ पनि विभिन्न प्रजातिका बोटविरुवाहरूको संरक्षण र प्रदर्शन गर्ने उद्देश्यले होला निक्कै सजाएर राखिएको थियो । ठूलाठूला गोलाकार आकारका हरितगृहहरूमा तापक्रम मिलाई विभिन्न भूगोल र क्षेत्रका विरुवाहरू राखिएका थिए । उद्यानको खुल्ला चौरमा मानिसहरू प्रकृतिसँगको मज्जा लिइरहेका थिए । हामी भने छोटो समयमा धेरै बुझ्नका लागि ट्राम र बस चढेर कहिले सहरका एउटा कुना त कहिले अर्को कुनामा दौडीरह्यौं ।

एउटी ब्राजिलियन मुलकी स्वीस केटीले बिहानको ब्रेकफास्टमा युट्लीबर्गको खुब बयान गरेकी थिई । युट्लीबर्गबाट पूरा सहर नै देखिने पत्तो पाएपछि हामी पनि त्यतै लाग्यौँ । युट्लीबर्ग पहाडको अग्लो धुरी रहेछ । सवारी यात्रापछि करीब पौने घण्टाको उकालो हिडाइमा यो ठाउँ पुगिंदो रहेछ ।

उकालोमा पसिना काढ्दा मज्जा नै बेग्लै । हरियो जंगलका रुखविरुवा नेपालभन्दा बेग्लै भए पनि रमणीय वातावरण उस्तै लाग्दथ्यो । हाम्रो गाउँघरमा घाँसदाउरा गर्न र सिद्धभैरवको पूजा गर्न पहाडको चुचुरोमा चढे जस्तै यतातिर भने जीउ तन्दुरुस्ती बनाउने हाइकिङ र भ्यु टावरबाट मनोरञ्जन लिने पर्यटकीय ठाउँको रुपमा युट्लीबर्ग पहाड परिचित रहेछ ।

यो मनोरम प्रकृतिमा हाइकिङ गर्नका लागि गोरेटो बाटो चिटिक्क बनाइएको थियो । साइकलका पारखीलाई साइकलिङको बेग्लै बाटो । ठाउँठाउँमा पर्यटकलाई रातिका लागि भनेर सडक बत्तीको पनि प्रबन्ध मिलाइएको थियो । विकल्प भएर पनि कृत्रिमताबाट वाक्क भएर होला त्यो गोरेटो बाटोको रोजाइ धेरैको देखिन्थ्यो ।

ठाउँठाउँमा काठका विश्राम स्थल, काठकै बार, काठकै सिँढी, काठले सजाइएको पानी पिउने धारा, हुँदा हुँदा काठको कुलो र चेकड्याममा पनि काठकै मुडा प्रयोग गरी बनाइएको थियो । त्यहाँ प्रायः सबै प्राकृतिक वस्तुको उपयोग गरिएको रहेछ ।

यो प्राकृतिक सौन्दर्य र स्वीसहरूको प्रकृतिप्रतिको मोहलाई देखेपछि मेरा मित्रले मलाई आफ्नै देशका बारेमा सम्झाए । हामी विकासका नाममा हाम्रा पितापूर्खाले लगाएका वरपिपलका रुखहरू ढाल्छौ, पोखरी पुर्छौ, शीतल छहारी दिने सडकका बीच र धुम्तीका रुखहरू काटेर सिमेन्टका मूर्ति र सालिकहरू बनाउँछौं, जंगल विनाश गरेर पहाडका टुप्पाटुप्पामा सडक विस्तार गर्छौ, पितापूर्खाले निर्माण गरेका गोरेटो र घोडेटोहरू मासेर मोटरेबल बाटोका निम्ति सरकारसँग बजेट माग्छौं । ऐतिहासिक मठ मन्दिरहरू भत्काएर 'कंक्रिटाइज' गर्छौ । खोला र नदीहरू अतिक्रमण गरेर शहरीकरण गराउँछौं । धान फल्ने खेत मासेर घडेरी प्लटिङ गछौं, आरसिसिलाई विकासको पूर्वाधार मान्छौं । भाषणमा देशलाई स्विजरल्यान्ड बनाउने सपना बाँड्छौं तर स्वीसहरू भने हामीभन्दा कता हो कता प्रकृतिमैत्री रहेछन् । यही प्राकृतिक सौन्दर्यका लागि विश्वबाट मानिसहरू त्यहाँ झुम्मिदा रहेछन् ।

युट्लीबर्गको क्षितिजमा पुग्दै गर्दा त्यो दृश्यावली र रमणीय वातावरण शब्दमा व्यक्त गर्नै नसक्ने थियो । त्यहाँबाट पूरै जुरिक सहर देखिन्थ्यो । जुरिक सहरका अग्ला गगनचुम्बी बिल्डिङ, ताल, अग्ला पहाडका हिम चुचुराहरू, गुजुप्प गाउँ, हरियो वनजंगल, पाखोपखेरो, खेतीबाली सबै क्यामेरामा कैद सजिलै गर्नसकिन्थ्यो । धुरिबाट हेर्दा जुरिक आफैमा पूर्ण सम्पन्न छ भनी अनुमान गर्न कठिन थिएन ।

बेग्लै भूगोल, बेग्लै परिवेश र बेग्लै समय भए पनि जुरिक सहरसँगैको ताल र डाँडाकाँडा नियाल्दा मलाई भने मेरै गण्डकी प्रदेशका तालहरू, पञ्चासे, घुम्टे र संसारकोटको घरीघरी याद आइरहन्थ्यो । मलाई लाग्थ्यो म सराङकोटबाट फेवाताल, पार्दी, बगर, सेतो गुम्बा, अन्नपूर्ण र माछापुच्छ्रे हिमाल नियालीरहेछु । जुरिक हेर्दै भावुक हुँदा म बेलाबखत कल्पना र यथार्थका बीचमा जुरिक र नेपालबारे सहयात्रीसँग प्रश्न गर्थें । जुरिक र पोखरा उपत्याकाको तुलना गर्थेँ । मेरा भक्तपुरे मित्र मसँग फरक मत राख्दै संसारको कुनै कुरा केहीसँग तुलना गर्न नहुने कुरा सम्झाउँथे । उनी भन्थे हामी नेताजी होइनौ नेपाललाई स्विजरल्यान्डसँग तुलना गर्ने ।

भौतिक रुपमा नेपाल र स्विजरल्यान्डको तुलना गर्दा यथार्थमा आकाश र जमिनको फरक थियो । कहाँ स्विजरल्यान्डको विकास, कहाँ भर्खर तातेताते गर्दै विकासको गति लिन खोजको नेपाल । तर मेरो मनलेसोच्थ्योहाम्रो भाषा, संस्कृति, प्रकृति र जनशक्तिलाई उचित प्रबन्ध मिलाउन सक्ने हो भने नेपाल स्विट्जरल्यान बन्न लामो प्रतीक्षा गर्नु पर्दैन । भौतिक पूर्वाधार र बौद्धिक सोचाइमा पछि भए पनि गौरवपूर्ण इतिहास, संस्कृति र प्रकृतिमा अवश्य नेपाल संसारमा धनी राष्ट्र हो ।

स्विजरल्यान्डको ऐतिहासिक विकास क्रमलाई हेर्दा त हामी करीब दुई सय वर्षपछि छौँ कि जस्तो लाग्यो । स्वीसहरूले उन्नाइसौँ शताब्दीमा अभ्यास गरेको संघीय व्यवस्था हामी अहिले सिको गरिराखेका रहेछौं । उनीहरूले त्यति बेलै कन्फेडरेसन (संघ), केन्टन(राज्य) र कम्युन (सानो प्रशासनिक इकाई) गठन गरेर अधिकारको बाँडफाँड गरी अनेकतामा एकता र विकासलाई अगाडि ल्याएका रहेछन् ।

उनीहरूले प्रयोग गरेको यो अभ्यासमा हामीले हाम्रो चिन्तन जोडेर ल्याएको संघीय व्यवस्थाले हामीलाई स्विजरल्यान्डभन्दा राम्रो बनाउने हो कि ? कि उही बाइसे चौबिसे मध्यकालीन अवस्थामा फर्काउने हो त्यो त समयले नै बताउला । हाम्रो संघीयताले हामीलाई कता लाने हो अझै दिशाबोध भइसकेको छैन । करीब दुई सय वर्ष पहिले हामी बाइसे चौबिसे राज्यको अनेकतामा विभाजित भए पनि हामी परनिर्भर रहेनछौं । आफैमा स्वाभिमानी र स्वावलम्बी रहेछौं । तर आधुनिकताका नाममा अहिले हामी पूरै परावलम्बी भइसकेका जस्ता देखिन्छौं ।

स्वीसहरू सन् १८४७ पछिका संसारका कुनै पनि युद्धहरूमा भाग लिएनन् । स्वरोजगार, स्वदेशी रोजगार र आर्थिक चमत्कारतिर लागरहे । सबैसँग राम्रो सम्बन्ध राखे र अर्थोपार्जन गरिरहे । हामी त्यसको ठीक विपरित पहिलो र दोस्रो विश्व युद्धमा अंग्रेजबाट परिचालित भयौँ । देशमा  क्रान्ति, परिवर्तन, आन्दोलन र युद्धका नाममा भएका सत्ता परिवर्तनका खेलबाट हामीले प्राप्त गरेको उपलब्धि भनेको नागरिकहरूलाई वैदेशिक श्रम बजारमा बेच्ने होडबाजी, भौतिक पूर्वाधारको अपूर्ण निर्माण, विप्रेषणका भरमा राज्य सञ्चालन र नेपाललाई स्विजरल्यान्ड बनाउँछौ भन्ने आशाको खेती ।

युट्लीबर्गको भ्युटावर चढ्दा भारतीय मुलका तीनवटी युवती पनि भेटिए । हिन्दी भाषामा टुटेफुटेको अंग्रेजी मिसाएर बोलिरहेका उनीहरूसँग हाम्रो पनि गफगाफ चलिहाल्यो । कुरा गर्दै जाँदा ती युवतीहरू पनि भारतमा भन्दा राम्रो रोजगारी, शिक्षा, स्वास्थ्य, सुविधा र सहजताले एक दशकदेखि युरोपतिरै रमाएका रहेछन् । ती युवती आफ्नो देशको गरीबी, बेरोजगारी, श्रम शोषण, भ्रष्टचार जस्ता सामाजिक बेथितिप्रति रोष प्रकट गर्दै थिए । उनै युवतीबाट थाहा भयो कि यस्ता बेथितिहरू भारत लगायत दक्षिण एशिया र विकासोन्मुख मुलुकका साझा समस्याहरू रहेछन् ।

हामीले पनि नेपाल लामो राजनैतिक संक्रमणबाट छुटेर आएको कुरा सुनायौँ । राजनीतिक स्थिरता र बलियो सरकारका कारण अब नेपालमा केही विकास हुन्छ कि भन्ने आशावादी कुरा गर्‍यौं । तर ती युवतीहरू नेपालको चालचलनप्रति पूर्ण परिचित नै रहेछन् । उल्टै हामीसँग प्रतिप्रश्न गर्दै भने कसरी हुन्छ तपाईको देशको विकास ? तपाईका मन्त्रीहरू विश्वबजारमा श्रम/श्रमिक बिक्रीको होडबाजीमा छन् । अरुको बुद्धि, विचार र पैसाले मात्र देश बन्छ ? तपाईका मन्त्रीहरू युरोपका श्रमिक लगेर कज्याउन सक्छन् ? उनीहरूका यी प्रश्नले हामीलाई नाजवाफ बनायो ।   

युट्लीबर्गबाट नेपाली झल्को मेटाउँदै उही ओरोली झरेपछि ट्राम चढेर अघिल्लो दिनदेखिको बासस्थान पुग्यौँ । फर्कने दिनमा बिहानदेखि नै आकाश मडारिएर पानी परिरह्यो । हामी भने पानीको परवाह नगरी जुरिक फन्को मारिरह्यौँ । कति बेला चिडियाघरमा विभिन्न वन्यजन्तुहरू अवलोकन गर्यौं, त कतिबेला जुरिक विश्वविद्यालय हेर्न पुग्यौँ । त्यस विश्वविद्यालयमा आइन्सटाइनले पढेको, पढाएको र भौतिक विज्ञानका सिद्धान्तहरू बनाएको इतिहास सम्झियौँ ।

उनको यो ठाउँमा टेको नपरेको भए आधुनिक भौतिक विज्ञानको दुनियाँ कहाँसम्म पुग्ने थियो होला भनी विमर्श गर्‍यौं । साँच्चिकै जुरिक विश्वकै शैक्षिक केन्द्र रहेछ । त्यस्तै स्विजरल्यान्डभर शान्ति र सुरक्षाको राम्रो प्रबन्ध रहेछ । आर्थिक विकासको उत्कर्षलाई स्वीस बैंकहरूले देखाइरहेका थिए ।

हामी दिउँसोभर जुरिक सहर भित्रको पुरानो सहरको चक्कर लगाउँदै संग्राहलयहरू हेर्‍यौं । घुम्दै गर्दा स्विजरल्यान्डको सौन्दर्यले तीन दिन बितेको पत्तै भएन । बेलुकीपखको बस यात्रामा पनि इटाली पुगुञ्जेल रमाइलो भइराख्यो ।

बाटोभर भने तीन दिनको बसाइमा देखेका स्वीसहरूको चमत्कारिक विकास र सुन्दर दृश्यले मनमा च्वास्सच्वास्स चस्काइ रह्यो । हामीसँग प्रकृति, कला र संस्कृति भए पनि अर्थसँग जोड्न सकिएन । भारतीय युवती र सहयात्रीका भनाइले एकपटक सोच्न बाध्य बनायो । मैले सोचें, 'स्पष्ट कार्ययोजनासहित दुरदृष्टिलिई पाँच ‘ज' (जल, जमिन, जंगल, जनावर र जनता) को उचित व्यवस्थापन गर्नसक्ने हो भने तीन दिनमा देखेको स्विजरल्यान्डभन्दा नेपाल धेरै राम्रो पक्कै बन्ने थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x