×

NMB BANK
NIC ASIA

पिपिएलमा पोखराको विजयी शुरुआत, काठमाडौँ गोल्डेन पराजित

मंसिर २९, २०७६

NTC
Sarbottam
उद्घाटन खेलमा म्यान अफ दी म्याच पोखरा पल्टनका कुशल भुर्तेललाई ट्रफी प्रदान गर्दै गण्डकी प्रदेश अर्थ तथा विकास समिति सभापति दीपक कोइराला । तस्वीर :कृष्ण दवाडी/रासस
Premier Steels
Marvel

पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन पोखरा पल्टनले विजयी शुरुआत गरेको छ। 

Sagarmatha Cement
Muktinath Bank

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा आइतबार भएको उद्घाटन खेलमा घरेलु टोली पोखराले काठमाडौँ गोल्डेन वारियर्सलाई ९ विकेटले पराजित गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टस जितेर पोखराले व्याटिङको निम्तो दिएपछि काठमाडौँले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय १५ रनको योगफल तयार गरेको थियो।


Advertisment
Nabil box
Kumari

जितका लागि १ सय १६ रनको विजयी लक्ष्य पोखराले शुरुआती ब्याटस्म्यान कुशल भुर्तेलको अर्धशतकीय ६५ रन योगदानको मद्दतले १४ दशमलव एक ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । जम्मा ४३ बल सामना गरेको खेलको ‘म्यान अफ दी म्याच’ भुर्तेलले पाँच छक्का र चार चौका प्रहार गर्दै अविजित रहँदै टोलीलाई पहिलो खेलमा जित दिलाए ।

Vianet communication
Laxmi Bank

पोखराका लागि रवीन्द्र सिंहले अविजित रहँदै ३८ रन जोडे भने शुरुआती ब्याट्सम्यान आशिफ शेख शुसान भारीको बलमा एलविडब्लु हुँदै १४ रन जोडेर पेभिलियन फर्किए । काठमाडौँका लागि सुवोध भाटीले सर्वाधिक ४५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । सर्वजीत लड्डाको बलमा आशिफ शेखबाट क्याच आउट हुनुअघि उनले २९ बलमा चार चौका र चार छक्कासहित ४५ रन बनाएका थिए । 

पोखराका रशियो खान, ललितनारायण राजवंशी र कुशल मल्लले २÷२ तथा सर्वजित लड्डा तथा प्रथमेश ढाकेल एक÷एक विकेट लिएका थिए । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले आयोजना गरेको प्रतियोगिताका विजेताले २७ लाख तथा उपविजेताले १० लाख पुरस्कार पाउनेछन् । ‘म्यान अफ दि सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन जना खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ।

त्यसैगरी प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल’ खेलाडीलाई एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई  ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’लाई  १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x