×

NMB BANK
NIC ASIA

कोरियालीको १ करोड ३० सहयोगमा सामुदायिक केन्द्रको भवन

मंसिर २९, २०७६

NTC
Sarbottam
सामुदायिक सिकाइ केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र युनेस्को कोरिया आयोगका महासचिव किम ख्वाङ्गो । तस्वीर : प्रकाश सिलवाल/रासस
Premier Steels
Marvel

कोरियाली सहयोगमा गण्डकी गाउँपालिका–८, सुन्दरबस्तीको लोकरत्न सामुदायिक सिकाइ केन्द्रको नवनिर्मित भवनको आइतबारउद्घाटन गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त कोरियाली राष्ट्रिय आयोग र युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको  एक करोड ३० लाखको सहयोगमा सात महिनामा उक्त दुईतले भवन बनेको हो । हाल मुलुकभर दुई हजार ५१ यस्ता केन्द्रहरु छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०६८ मा खोलिएको सो केन्द्रको सामान्य भवन रहेकामा विनाशकारी भूकम्पले ध्वस्त भएको थियो । 


Advertisment
Nabil box
Kumari

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र युनेस्को कोरिया आयोगका महासचिव किम ख्वाङ्गोले भवनको उद्घाटन गरे। सचिव दाहालले भवनको सदुपयोग गरी सामुदायिक विकास गर्न आग्रह गर्दै यस्ता  केन्द्रहरुलाई स्थानीय तहले सुव्यवस्थित सञ्चालन गर्नुपर्ने बताए।

Vianet communication
Laxmi Bank

उनले दिगो विकासको लक्ष्यअनुसार समावेसी तथा न्यायोचित गुणात्मक शिक्षा सुनिश्चित गर्दै सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरु प्रवद्र्धन गर्न राष्ट्रिय कार्य ढाँचा तयार भएको जानकारी दिए।

महासचिव ख्वाङ्गोले आफूहरुको यस प्रकारको सहयोग र सद्भावको थालनी भएको भन्दै सहयोगको निरन्तरताको प्रतिबद्धता व्यक्त गरे। युनेस्को नेपाल आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीले सो केन्द्र समुदायकै सम्पत्ति भएकाले सदुपयोग गर्न आग्रह गरे।

सो भवनका लागि केन्द्रका अध्यक्ष विष्णुमणि रेग्मीले करीब रु १६ लाख पर्ने आठ आना जग्गा दान गरेका थिए। गाउँपालिका–८ का अध्यक्ष रामप्रसाद रेग्मीले सामुदायिक केन्द्रका लागि कोरियाली उक्त आयोगले दक्षिण एशियामै पहिलो केन्द्रका रुपमा लोकतत्न भवनलाई छनोट गरेको जनाए।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर २०, २०८०

मलेसियामा आयोजना भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका १२ वर्षीय आरुष भट्टराईले ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’अवार्ड जितेका छन् । नेपालको प्रतिनिधित्व गर्दै मलेसिया पुगेका उनले विभिन्न देशक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x