भोजपुरमा प्रहरी कार्यालयको उद्घाटन

जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, ब्यारेक तथा मेसको आइतबार उद्घाटन गरिएको छ।

४ करोड ८२ लाख ८ हजार ८७७ लागतमा निर्माण भएको कार्यालयको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन्।


Advertisement

कार्यक्रममा पूर्वप्रहरी ज्येष्ठ नागरिक प्रहरी डिकबहादुर तामाङ तथा भवनलाई गुणस्तरीय ढङ्गले समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी श्याम श्रेष्ठ र लाक्पा शेर्पालाई सम्मान गरिएको  जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए। 
 


Advertisement

कमेन्ट गर्नुहोस्