×

NMB BANK
NIC ASIA

उपत्यकाका ऐतिहासिक ढुंगेधारा मासिँदै

मंसिर ३०, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

स्वयम्भू किमडोमा झाडीले पुरिएको अवस्थामा रहेको ढुंगेधारालाई अभियन्ता र नेपाली सेनाको सहयोगमा सरसफाइ गरी पुरानै अवस्थामा फर्काइएको छ । धाराबाट पानी आउन रोकिएसँगै सो धाराको संरक्षण नहुँदा बेवारिसे बनेको थियो ।

Muktinath Bank

केही समयअघि हात्तीसारमा भवन निर्माणको क्रममा रहेको स्थानमा प्राचीन ढुंगेधारा रहेको अभियन्ताले पत्ता लगाएपछि निर्माण कार्य रोकेर उत्खनन गर्दा ढुंगेधाराको संरचना पत्ता लाग्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तीनधारा पाठशाला नजिकै रहेको झन्डै ७ सय वर्ष पुरानो धारा पुरिएर दयनीय अवस्थामा भेटियो । धारा भेटिँदा टुटफुट भएको अवस्थामा थियो । हाल यो धाराको वडा नम्बर १ र पुरातत्व विभागको समन्वयमा पुनर्निर्माण हुँदै छ ।


Advertisment
Nabil box
Kumari

यो त उदाहरण मात्रै हो । उपत्यकाका धेरै स्थानमा पानीको स्रोतका रूपमा रहेको ढुंगेधारा नासिँदै जान थालेका छन् । केही समय अघिसम्म उपत्यकामा मुख्य पानीको स्रोतका रूपमा रहेका ढुंगेधारा धमाधम सुक्न थालेसँगै बेवारिसे बन्दै गएका छन् । स्थानीयले प्रयोग गर्दै आएका ढुंगेधारा एकाएक सुक्न थालेपछि उनीहरूले पानीको संकटसमेत बेहोर्नुपरेको छ ।

Vianet communication
Laxmi Bank

अव्यवस्थित बसोवास तथा सहरीकरणका कारण भूमिगत पानीको स्रोत गुम्दै गएकाले ढुंगेधाराहरू लोप हुन थालेको संरक्षण अभियन्ताहरू बताउँछन् ।

उपत्यकाका अधिकांश धारा बेवारिसे भएका छन् । ढुंगेधारा संरक्षणमा लामो समयदेखि लागिपरेका अभियन्ता यादवलाल कायस्थ उपत्यकामा बढ्दो अव्यवस्थित र सहरीकरणका कारण भूमिगत पानीको स्रोत गुम्दै गएको बताउँछन् । उनले धारामा पानी आउन छाडेसँगै ती धाराको संरक्षण हुन छाडेको बताए । कपुरधाराका ढुंगेधाराहरू अहिले प्रायः सबै सुकिसकेका छन् । ‘धारामा सफा पानी आउँथ्यो, ढुंगेधाराको पानीको स्वाद नै खुबै मीठो हुन्थ्यो तर अहिले एकादेशको कथा भएको छ,’ कपुरधाराका स्थानीय राजेश महर्जनले भने । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x