×

NMB BANK
NIC ASIA

विकासमा विकृति

पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राख्न पत्राचार, लुम्बिनीबाट ‘बाइबाई’

मंसिर ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुद्ध जन्मस्थल लुम्बिनी जाने सडकमा २ पुल अलपत्र छाडेपछि रूपन्देहीमा पप्पु कन्सट्रक्सनलाई ‘डन्डा’ चलाइएको छ । हुलाकी राजमार्ग अन्तर्गत पर्ने रूपन्देहीको तिनाउ र डण्डा नदीका पुल अलपत्र छाडेपछि पप्पु कन्सट्रक्सनलाई ‘बाइबाई’ गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

पप्पुले ठेक्का लिएका २ वटै पुलको हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राख्न आइतवार सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंलाई पत्र पठाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कन्सट्रक्सनको बदमासीले विश्वरभरबाट लुम्बिनी भ्रमणमा आउने पर्यटकले लामो समयदेखि आवतजावतमा ठूलो सास्ती खेप्दै आएका छन् । 


Advertisment
Nabil box
Kumari

कार्यालयका योजना प्रमुख ईश्वरबहादुर रिजालले काम सक्न पटक–पटक ताकेता गर्दा पनि काम नगरेपछि पप्पु कन्सट्रक्सनको ठेक्का रद्द गरिएको लोकान्तरलाई जानकारी दिए । ‘३ वर्षदेखि २ पुल अलपत्र अवस्थामा छाडेपछि पप्पुको ठेक्का तोडिएको छ,’ उनले भने, ‘अब हामी नयाँ शिराबाट नयाँ ठेक्काका लागि काम अगाडि बढाउँदैछौं । कम्पनीलाई कालोसूचीमा राख्न समेत सिफारिस गरिएको छ ।’

Vianet communication
Laxmi Bank

ती २ पुलको ४५ प्रतिशत मात्र काम भएको छ । तिनाउ नदीको पुल निर्माणका लागि ६ करोड २ लाख ५६ हजार २ सय १२ रुपैयाँमा ठेक्का सम्झौता थियो । त्यसमध्ये २ करोड ९७ लाख ४४ हजार ७ सय ७६ रुपैयाँ भुक्तानी लिइसकेको छ । डण्डा नदीमाथिको पुल निर्माणको ठेक्का ५ करोड ५६ लाख ८० हजार १ सय १५ रुपैयाँमा भएको थियो । ठेक्का रकममध्ये कम्पनीले १ करोड ८५ लाख ९६ हजार ३ सय ९७ रुपैयाँ लिइसकेको छ ।

कार्यालयका इन्जिनीयर वीरेन्द्रप्रकाश तेलीले कम्पनीबाट बाँकी बक्यौता रकम असूल गर्न लगत कस्नेको तयारी भइरहेको लोकान्तरलाई बताए । पप्पु कन्सट्रक्सन र बाग्मती निर्माण कम्पनीले यी दुवै पुल २ वर्षभित्र सक्ने भन्दै २०७१ असार २५ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०७३ असार २४ गते काम सक्नुपर्ने भएपनि काम नसकिएपछि २ वर्ष म्याद थप गरी २०७५ असार २३ गतेसम्म सारिएको थियो तर हालसम्म पनि पुल निर्माण नभएपछि कार्यालयले ठेक्का सम्झौता तोडेर कालोसूचीमा राख्न सिफारिस पठाइएको तेलीले जानकारी दिए । 

दुवै पुल बनाउन नदीमाथि २–२ वटा पिल्लर उठाएर छाडिएको छ । दायाँबायाँ पिल्लर नबनाइ ‘छेउ न टुप्पो’ बनाएर अलपत्र छाडिएको छ । तिनाउ पुलको ४ वटा स्पान पिल्लरमाथि ढलान मात्र भएको छ । २ वटा पिल्लर बनाउन बाँकी छ । अबुटमेन्ट र सुपर अबुटमेन्ट पनि बनाउन बाँकी छाडेको छ । डण्डा खोलाको २ वटा अबुटमेन्ट बनाउन बाँकी छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले सडक र पुल निर्माणको अवस्थाको अवलोकन गर्दै तदारुकताका साथ काम नगर्ने ठेकेदारलाई कारवाही गर्ने बताएका थिए । लुम्बिनी जाने सडक ४ लेनमा विस्तार हुँदैछ । सडकमा २ लेनका पुल हुँदा आवतजावतमा समस्या भएपछि नयाँ पुल निर्माण ठेक्का लगाइएको थियो ।

पुल अलपत्र हुँदा भैरहवाबाट लुम्बिनी जाने सडकमा घण्टौं जाम हुँदा आएको छ । सडकलाई ४ लेनमा विस्तारअघि नै पुल निर्माणको सम्झौता गरिएको थियो । त्यसक्षेत्रका अन्य पुल भने सम्पन्न भइसकेका छन् । केही अंश निर्माण भएका २ पुल ३ वर्षदेखि पम्पु कम्पनीले अलपत्र अवस्थामा राखेको छ ।

भ्रमण वर्षमा लुम्बिनी पुग्न कठिन भएपछि पुलको विषयमा संघीय तथा प्रदेश सरकारले चासो दिएको छ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुल निर्माण वा त्यसको विकल्पको प्रक्रिया थाल्न हुलाकी सडक कार्यालयलाई निर्देशन दिएका थिए । 

प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको छ । धुलो सडक र साँघुरा पुलका कारण लुम्बिनी आउने पर्यटकलाई असहज हुने भएपछि यात्रा सहज बनाउन बेलिब्रीज पनि बनाउने तयारी गरिएको छ । पप्पुले देशभर निर्माणका लागि ठेक्का लिएका पुल अलपत्र छाडेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x