नेकपा बैठकमा बोले ९ जना स्थायी कमिटी सदस्य

फाइल फोटो

पार्टी कार्यालयमा जारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा हालसम्म ९ जना सदस्यले बोलेका छन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको प्रतिवेदनमाथि छलफलका क्रममा ९ जनाले बोलिसकेका छन् ।


Advertisement

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, योगेश भट्टराई, छबिलाल विश्वकर्मा, अग्नि सापकोटा लगायतले बोलिसकेका छन् ।

श्रेष्ठका अनुसार बैठकमा बोल्ने सदस्यले प्रतिवेदनको समर्थन गरिरहेका छन् भने संशोधन प्रस्तावमा सुझाव दिइरहेका छन् । नेता भीम रावलले प्रतिवेदनमाथि आलोचनात्मक टिप्पणी गरेको स्रोतले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्