ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ३ घाइते

फाइल फोटो

पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको लोथरमा सोमवार बिहान २ वटा ट्रक एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी रहेका छन् । 


Advertisement

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्वबाट आउँदै गरेको ना५ख ८७४३ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको ना६ख ७९६७ नम्बरको ट्रक सोमवार बिहान ७ः३० बजेको समयमा एकआपसमा ठक्कर खाएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका ७९६७ नम्बरको ट्रकका चालक जोगीको उपचारका क्रममा बिहान ८ः२५ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल ब्रदेवान, ८७४३ नम्बरको ट्रकका चालक हेटौंडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन र सोही ट्रकका सहचालक बागमती गाउँपालिका–१ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ३ जनाकै अवस्था मध्यम रहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्