लागूऔषधसहित २ जना पक्राउ

पाल्पाको झुम्सामा लागूऔषधसहित २ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

तिनाउ गाउँपालिका–३ दोभान झुम्सामा बुटवलदेखि पाल्पातर्फ आउँदै गरेको ग१८प ८९ नम्बरको मोटरसाइकल रोकेर सोमवार जाँच गर्ने क्रममा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 


Advertisement

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डमा पाल्पातर्फ आउँदै गरेका स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका–५ घर भएका पोखरा महानगरपालिका १७ बस्ने २२ वर्षीय विशाल नेपाली र सोही मोटरसाइकलमा सवार कास्कीको मादी गाउँपालिका–९ वस्ने ३१ वर्षीय किरण गुरुङको शरीरमा खानतलासी गर्दा ६८ डाइजेपाम, ६८ नुफिन, ६८ फेनेरागन २ एमएलको सिसी, नगद १५ हजार रुपैयाँ र नेपालीका साथबाट ग१८प ८९ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब तथा १ हजार १ सय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । 

नेपाली र गुरुङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए । दोभान प्रहरी चौकीका प्रमुख बलबहादुर घर्तीको नेतृत्वमा जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।


Advertisement

कमेन्ट गर्नुहोस्