हिमपातले रोकियो परीक्षा

फाइल फोटो

दार्चुलामा अत्यधिक हिमपातका कारण अपि हिमाल गाउँपालिका भित्रका विद्यालयमा सञ्चालन भएको अद्र्धवार्षिक परीक्षा रोकिएको छ ।

शुक्रवार र शनिवार आएको हिमपातका कारण आइतवारदेखि शुरू भएको परीक्षा रोकिएको हो ।


Advertisement

गाउँपालिकाभरका २३ विद्यालयमध्ये आधा दर्जन विद्यालयको परीक्षा रोकिएको हो । गाउँपालिकाभर एकै समयमा परीक्षा सञ्चालन गर्ने भनिएकोमा हिमपातका कारण आधा विद्यालयले परीक्षा सञ्चालन गर्न नसकेको गाउँ शिक्षा संयोजक करवीरसिंह बोहराले बताए ।

गाउँपालिका–२ को सिद्धनाथ आधारभूत विद्यालय दैभात, वडा नम्बर ३ को हिमालय आधारभूत विद्यालय पाथा, महादेव आधारभूत विद्यालय काटै, आधारभूत विद्यालय घाजिरलगायतका विद्यालयको परीक्षा रोकिएको छ ।
परीक्षा रोकिएका विद्यालयमा हिउँ कम भएपछि परीक्षा सञ्चालन गर्ने तयारी छ ।


Advertisement

सिद्धनाथ आधारभूत विद्यालय दैभातका प्रधानाध्यापक भरतसिह धामीका अनुसार घरबाट बाहिर निस्कनै नसक्ने गरी हिउँ परेपछि परीक्षा रोकिएको जानकारी दिए । गाई वस्तुलाई पानी खुवाउन तथा चराउन समस्या भएको छ ।
चिसोले वृद्धवृद्धा र केटाकेटीलाई झनै समस्या भएको अपि हिमाल गाउँपालिकाका नायब सुब्बा लक्ष्मणसिंह धामीले बताए । आगो तापेर बस्नुबाहेकको विकल्प नभएको धामीको भनाइ छ । 

दुहु गाउँपालिकाका पीपलचौरी, बास्पाली, सौतोली, कम्दा, हिकिला, सुत्खोला, धारी क्षेत्रमा धेरै हिमपात हुँदा स्कुले बालबालिकालाई विद्यालय जान अप्ठ्यारो भएको स्थानीयले बताएका छन् । – नरेन्द्रसिंह कार्की/रासस

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्