कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बुटवललाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्ने तयारी तीब्र पारिएको छ ।
बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधि चुनिएलगत्तै मानव सभ्यता सहितको मानवअधिकारमैत्री नगर निर्माण गर्ने संकल्प गरेका थिए ।
सोही बमोजिम उपमहानगरलाई सडक मानवमुक्त नगरका रुपमा घोषणा गर्न लागिएको छ । सडकपेटी र सार्र्वजनिक स्थलमा रहेका सहयोगापेक्षी बृद्धबृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्देश्यले अभियान शुरू गरिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
बुटवल उपमहानगरले पुस ५ गते नगरलाइ एक औपचारिक कार्यक्रम गरि सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्ने जनाएको छ । हरेक नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारको रुपमा कार्यान्वयन गर्ने चरणमा उपमहानगरलाइ सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर बनाइने उपमहानगरपालिकाका प्रमुख सुवेदीले बताए ।
सडकमा बेसाहरा रुपमा जीवन विताउनुपर्ने बाध्यतामा रहेका मानवहरुलाई उद्धार गर्ने, उपचार गर्ने र आवासको व्यवस्था मिलाउने काममा मानव सेवा आश्रमसंग सहकार्य गरिरहेको उनले बताए ।
बुटवलका सडकमा बेसहारा भएर बसेका मानवहरुलाई खोजीखोजी उद्दार गर्ने, आश्रममा लैजाने, उपचारको खँचो रहेकालाई उपचारको व्यवस्था मिलाउने सम्मका कामहरु भइरहेको मावन सेवा आश्रमकी केन्द्रीय महासचिब रुपा केसीले बताइन् ।
मानवसेवा आश्रममले गत वर्षको पुस ७ गतेदेखि यता १ बर्षको अवधिमा १९७ जनाको उद्धार गरिसकेको छ । भने अहिले रात्रीकालीन उद्धार सेवा पनि चलाइएको केसीले बताइन् ।
समितिमा सरोकारवाला, नगरकार्यपालिका, सरकारी निकाय, सामाजिक संघसंस्था, नागरिक समाज, सञ्चारकर्मी, टोलविकास संस्था, विभिन्न समूह, सामुदायिक संघसंस्था क्लव समाजसेवी, बुद्धिजीवि, उद्योग व्यवसायी, स्वास्थ्य संस्था, शैक्षिक संस्था समेतको सहकार्य छ ।
नियमति अनुगमन, उद्धार गरेर आवश्यक सेवा प्रवाह गर्ने बेवारिसे सडक मानवहरुको मानवोचित उद्धार, औषधोपचार, पालसनपोषण, परिवार पत्ता लागेपश्चात पारिवारिक पुनर्मिलन गराउने, मनोपरामर्शको सेवा प्रवाह गर्ने कामलाई तीब्रता दिइएको उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।
बुटवललाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्नुअघि उपमहानगरले पत्रकारसँग अन्तर्क्रिया तथा छलफल, वडा अध्यक्ष, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु र सबै कर्मचारीसँग छलफल भएको छ । पुस १ गते सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, राजनीतिक दल, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, नेपाली सेना, मानवसेवा आश्रमसहितको बैठक बोलाएको छ ।
लगातारको अभियानपछि कार्यान्वयन हुने गरी नै मानव सभ्यताको शहर घोषणा गरिने उपमहानगरका प्रमुख कार्यकारी अधिकृत चक्रपाणी शर्माले जानकारी दिए । बुटवललाई सहयोगापेक्षी बेसहारा सडक मानवमुक्त उपमहानगर घोषणा र कार्यान्वयनका लागि सरोकारवालालाई प्रतिबद्धतासहित हस्ताक्षर अभियान पनि सञ्चालन गरिएको बताउँदै उनले नागरिक अगुवा र सामाजिक संघसंस्थाको साझा प्रतिवद्धताले उत्साह जागेको बताए ।
नियमित अनुगमन, तत्कालै उद्धार र सेवा प्रवाह
सडक मानवमुक्त उपमहानगर घोषणाको तयारी भएसंगै उपमहानगरले यहाँका सडक पेटीमा नियमित अनुगमन गरेको छ । ती क्षेत्रमा बेवारिसे रहेकालाई आश्रममा लगेर राखिने, उपचारका लागि सेवाप्रवाह उपलव्ध गराउने, मनोपरामर्श गराइ पारिवारिक पुनमिलन गराउने काम बुटवलले शुरू गरेको छ ।
सोही क्रममा रात्रिकालीन सडक अनुगमन भइरहेको छ । रातको समयमा सडकपेटी, चौपारीमा रहेका बेशाहारा एवं घरबार विहिनहरुलाई अहिले उद्दार गर्ने काम गरिएको लैंगिक हिंसामुक्त नगर अभियानका संयोजक समेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले बताइन् । उपमहानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरेपछि लुम्बिनी क्षेत्रलाई र क्रमश जिल्ला हुँदै प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गर्ने तयारी गरिएको छ ।
बुटवलका विभिन्न क्षेत्रभित्र कोही पनि चिसोमा कठ्यांग्रिएर र एकछाक खान नपाएर सडकमा बस्न नपरोस् भन्ने उद्देश्यले शुरू भएको अभियानको प्रशंसा गर्दै पत्रकार महासंघ ५ नम्बर प्रदेशका उपाध्यक्ष भरत केसीले सहकार्य गर्ने प्रतिवद्धता जनाए ।
पत्रकार महासंघ रुपन्देहीका सचिव रामप्रसाद आचार्यले अभियानलाई निरन्तरता दिन र संघसंस्थाको सहकार्यलाई प्राथमिकतामा दिन आग्रह गरे । उनले आमसञ्चारका तर्फबाट आफूहरूले सरारात्मक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
सरकारले नीति तथा कार्यक्रममा पनि ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ नारा तय गरेको थियो । सोही नीतिअनुसार बुटवलमा पनि यस्तो अभियान शुरू गरिएको हो । यसअघि काठमाडौं उपमहानगरलाई ‘सडक मानवमुक्त घोषणा’ गरिएको थियो ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...