×

NMB BANK
NIC ASIA

महानगरीय अपराध महाशाखाले बैंक ह्याकिङ गर्ने गिरोहका ३ जनालाई गत बुधवार सार्वजनिक गर्‍यो ।

Muktinath Bank

दोलखाको फुलपाका ५२ वर्षीय रमेश खड्का, नवलपरासीको रामग्राम नगरपालिकाका–१७ का ३७ वर्षीय विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवारलाई प्रहरीले पक्राउ गरी बैंकिङ ठगीमा संलग्न भएको भन्दै सार्वजनिक गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आरोपीले सामाजिक सञ्जाल इमो, भाइबर लगायतबाट ‘तपाईंलाई पार्सल आएको छ, पैसा पठाइदिनू र लैजानू’ भन्दै शान्ता (नाम परिवर्तन) लाई म्यासेज पठाउँदै आएका थिए । शान्ताले आफूलाई आएको म्यासेजबारे प्रहरीमा उजुरी दिएपछि रमेश खड्का लगायत ३ जनालाई पक्राउ गरिएको हो ।


Advertisment
Nabil box
Kumari

अनुसन्धानको क्रममा केही समय अगाडि कृषि विकास बैंकको ह्याकिङमा संलग्न काले भनिने पिटरसँग पनि रमेशको सम्बन्ध देखिएपछि पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाले बताए ।

Vianet communication
Laxmi Bank

हालसम्म आरोपीले कृषि विकास बैंक र पानस रेमिटबाट १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ शंकास्पद रुपमा कारोबार गरेको देखिएको एसएसपी थापाले बताए ।

असोज ८ गते महाशाखाले कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ ह्याक गरेर लुटेको आरोपमा १० जनालाई सार्वजनिक गरेको थियो । काठमाडौंका सुजन कार्की, निमा तामाङ, सञ्जय घले, विद्या सागर, नुवाकोटका लेमान तामाङ, लक्ष्मी तामाङ, निर्मला तामाङ लगायत पक्राउ परेको थिए ।

गत भदौ १४ गते बेलुका दरबारमार्गको एटीम ह्याक गरी पैसा चोरी गर्ने ६ जना चिनियाँ र ३ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो । एटीएमबाट १ करोड ६७ लाख रुपैयाँ ह्याक गरी चोरी गर्दैगर्दा दरबार मार्गको नबिल बैंकको एटीमबाट प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । पछिल्लो समय काठमाडौंको बानेश्वरमा रहेको तत्कालीन जनता बैंकको शाखाबाट ९ लाख ९९ हजार रुपैयाँ कीर्ते गरी चोरी गरिएको थियो ।

काभ्रेको पाँचखाल–३ घर भई काठमाडौंको कालिमाटीमा बस्ने १९ वर्षीय सुवास श्रेष्ठ, १९ वर्षीय कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अञ्जन बराल, बाग्लुङको गलकोट नगरपालिका–३ घर भई बुद्धनगर बस्ने २५ वर्षीय सुमन पौडेल र सिन्धुपाल्चोकको साविक ज्यामिरे–९ घर भई सुविधानगर बस्ने ३० वर्षीय गोविन्द घिमिरेलाई प्रहरीले पक्राउ गरेको थियो ।

यी घटनालाई हेर्दा नेपाली बैंक कति सुरक्षित छन् भन्ने प्रश्न उब्जाउँछ । नेपाली बैंक सुरक्षित छैनन् ?

नेपाली बैंकले सुरक्षा प्रविधिमा पर्याप्त लगानी गरेको देखिँदैन । बैंकहरूले प्रविधिमा लगानी बढाउनुपर्ने देखिएको नेपाल राष्ट्र बैंकमा प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।

‘नेपाली बैंकहरूले आफ्ना कम्प्यूटर अपरेटिङ सिस्टमहरू पाइरेसीबाट चलाउन बन्द गर्नुपर्ने र प्रविधिलाई उच्च सुरक्षामा राख्नुपर्छ,’ प्रवक्ता निरौलाले भने । शाखा सञ्चालन गर्दा हेलचक्र्याइँ गर्न नहुने, आईडीका एप्लिकेसनमा सेक्युरिटी सिस्टमहरू दुरुस्त राख्नुपर्ने प्रवक्ता निरौलाले बताए ।

नेपाली बैंक सुरक्षाको हिसाबले बलियो भएको र बैंकले सुरक्षाको लागि ‘फायर वाल’हरू थपिरहेको बैंकर एसोसिएसनका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुगांनाले बताए ।

‘अमेरिका, युरोप लगायत विकसित देशमा पनि बैंकिङ कसूरका घटनाहरू भइरहन्छ, त्यहाँ जस्तो ठूलो रकममा नेपालमा भएको छैन,’ ढुगांनाले थपे, ‘नेपाली निक्षेपकर्ताको पैसा सुरक्षित छ, यदि केही भइहालेमा बैंकहरूले यसको भरपाइ गर्छन् ।’

ह्याकरहरू जहिले पनि एक स्टेप अगाडि हुने भएकाले हरपल सुरक्षामा बैंकहरू सचेत हुनुपर्ने ढुगांनाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x