×

NMB BANK
NIC ASIA

राजधानीको सकस

नेकपाको त्यो भद्र सहमति– दाङलाई मुख्यमन्त्री, बुटवललाई राजधानी !

पुस २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेशको राजधानी र नाम सिफारिश गर्न गठित संसदीय विशेष समितिले प्रदेश नम्बर ५ को राजधानीका सन्दर्भमा बुटवललाई नसमेटी ३ वटा विकल्प दिएपछि प्रदेशको अस्थायी राजधानी बुटवलमा त्यसले तरंग ल्याइदिएको छ ।

Muktinath Bank

‘लुम्बिनी’ नामका सम्बन्धमा कुनै विवाद नरहेपनि प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयमा ठोस प्रस्ताव आउन सकेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दीपेन्द्रकुमार पुन नेतृत्वको समितिले रूपन्देहीको पश्चिमी क्षेत्र (सैनामैना नगरपालिका), कपिलवस्तु (बुद्धभूमि नगरपालिका) र दाङको लमहीलाई प्रदेश राजधानीका विकल्पका रूपमा प्रस्ताव गरेको छ ।


Advertisment
Nabil box
Kumari

अहिले बुटवलबाटै प्रदेशका काम–कारवाही सञ्चालन भइरहेको छ । पूर्वाधारको हिसाबले तराईकै उत्कृष्ट शहरको रूपमा बुटवल विकास भइरहेको छ । 

Vianet communication
Laxmi Bank

प्रदेशको राजधानीलाई लिएर संसदीय समितिले ठोस प्रस्ताव गर्न नसकेपनि मुख्यमन्त्री शंकर पोखरेल भने राजनीतिक रूपमा यो विवाद निरुपण गर्नुपर्ने पक्षमा छन् । प्रदेश सभाको मत विभाजनबाट यो विषयको निर्णय गर्न नसकिने उनको राय छ । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावमाथिको छलफलमा आफ्नो लिखित मन्तव्य राख्दै नेकपा स्थायी समितिका सदस्य समेत रहेका पोखरेलले प्रदेश राजधानीबारे पार्टीको निर्देशनको अपेक्षा गरेको बताएका थिए ।

नेकपा स्थायी समितिमा पोखरेलले पेश गरेको धारणामा उनी प्रदेशको राजधानीको विवाद बल्झाउने पक्षमा नरहेको स्पष्ट संकेत देखिएको छ । 

'प्रदेशको नाम र राजधानीको विषय प्रदेश सभाको विषय भएपनि यो आमरूपमा राजनीतिक विषय हो । यस सन्दर्भमा पार्टीको शीर्ष नेतृत्व तहबाट तलको जनभावना बुझेर उपयुक्त निर्देशन दिनु उचित हुन्छ । प्रदेश तहमा हुने मत विभाजनले दीर्घकालसम्म असर पुर्‍याउन सक्नेतर्फ सचेत हुनुपर्दछ । स्थानीय तहको हकमा त्यो जिम्मेवारी प्रदेश कमिटीलाई दिनुपर्दछ,' बैठकमा पोखरेलले भने ।

यस्तो भएको थियो नेकपामा सहमति

बुटवलबाट प्रदेश ५ को राजधानी सार्ने तयारी भएपछि यसअघि पनि विरोध भएको थियो । गुल्मी र पाल्पालाई प्रदेश नम्बर ४ का राख्ने प्रयास पनि भएको थियो, तर यो प्रस्तावविरुद्ध स्थानीयबासीले आन्दोलन गरेपछि प्रदेश टुक्राउने प्रस्ताव स्थगित भएको थियो ।

बुटवल नेकपाका महासचिव विष्णु पौडेलको निर्वाचन क्षेत्र हो । प्रदेशको राजधानी बुटवल कायम गर्नमा उनको निर्णायक भूमिका छ । प्रदेशको अस्थायी राजधानी तोकिएपछि बुटवलमा विकास निर्माण र पूर्वाधार विकासका काम धमाधम भइरहेका छन् । नयाँ ठाउँमा यस्तो संरचना बनाउन अर्बौ रुपैयाँ लाग्ने जानकारहरू बताउँछन् । 

‘प्रदेश राजधानीको विवाद नेकपामा उहिल्यै टुंगिएको हो, दाङबाट मुख्यमन्त्री बन्ने र बुटवललाई राजधानी बनाउनेबारे नेकपामा यसअघि नै सहमति भइसकेको हो,’ नेकपाका एक प्रभावशाली नेताले लोकान्तरसँग भने ।

प्रदेश राजधानीका लागि प्रस्तावित अन्य ठाउँ पूर्वाधारका हिसाबले पनि उपयुक्त नभएको जानकारहरू बताउँछन् । ‘प्रदेश सरकारको औचित्यमाथि नै प्रश्न उठिरहेको समयमा पूर्वाधार नै नभएका ठाउँमा लगेर राजधानी बसाल्ने कुरा व्यवहारिक छैन,’ प्रतिपक्षी दल नेपाली कांग्रेसका एक सांसद भन्छन् । 

प्रदेश सभामा मत विभाजनको अवस्था आएमा कुनै पनि प्रस्तावमा आवश्यक दुईतिहाइ बहुमत पुग्ने सम्भावना छैन । प्रदेशको नाम र राजधानीबारे सभाको दुईतिहाइ बहुमतले निर्णय गर्नुपर्ने हुन्छ । 

‘बुटवलको पक्षमा बहुमत देखिन्छ, तर यो विषय मतविभाजनमा पुग्दैन,’ सत्तारुढ दलका एक सांसदले लोकान्तरसँग भने । 

प्रदेश सभामा सभामुखसहित ८७ सांसद छन् ।

हल्लाका पछाडि नलागौं : सरकारका प्रवक्ता

प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश राजधानी र नामाकरणको विषयमा सरकार प्रवेश नै नगरेको बताए । 

‘मिडियामा प्रदेशको नाम र राजधानीको विषय टुंगो लाग्यो भन्ने जस्तै गरी समाचार आए,’ चौधरीले भने, ‘राजधानी र नामाकरण प्रदेश सभाले टुंग्याउने विषय हुन् । प्रदेश सभाको बैठक बसेपछि प्रतिवेदनमाथि छलफल होला । अहिले यो विषय कहीँ कतैबाट आएको छैन ।’ 

बुटवलबाट राजधानी सर्दैन : सांसद श्रेष्ठ

प्रदेश सभाका नेकपा सांसद भोजप्रसाद श्रेष्ठले बुटवलबाट राजधानी कुनै हालतमा पनि सर्न नसक्ने बताएका छन् । बुटवल सबै क्षेत्रबाट राजधानीका लागि उपयुक्त रहेको भन्दै कसैले भ्रम सिर्जना गर्न बोल्दैमा राजधानी बुटवलबाट यताउता हुनै नसक्ने बताए । 

‘बुटवलमा बढी भीडभाड भयो भनेर राजधानी सार्ने भन्ने हुँदैन ।  काठमाडौं भीड भयो भनेर अब सगरमाथाको टुप्पोमा लाने ? यो हुन सक्दैन,’ श्रेष्ठले भने । 

शिक्षा, स्वास्थ्य, यातायात लगायतको सुविधा जहाँ हुन्छ, त्यहीँ राजधानी हुने श्रेष्ठको भनाइ छ । 

यस्तो छ अंकगणित, कुन जिल्लाबाट कति सांसद ?

प्रदेश सभाका ८७ जना सांसदले राजधानी र नामाकरणको टुंगो लगाउने छन् । ८७ जना सांसद रहेको प्रदेश ५ मा दुईतिहाइ समर्थनका लागि ५८ जनाको समर्थन चाहिन्छ । प्रदेश नम्बर ५ मा नेकपाका ६१, कांग्रेसका १९, संघीय समाजवादी फोरम ५, राजपा र राष्ट्रिय जनमोर्चाका १–१ जना सांसद छन् ।

जिल्लागत विवरण अनुसार नवलपरासी पश्चिममा ५ जना, रुपन्देहीमा १९ जना, कपिलवस्तुमा १२ जना, पाल्पामा ७ जना, गुल्मीमा ५ जना, अर्घाखाँचीमा ४ जना, प्यूठानमा ३ जना, रोल्पामा २ जना, रुकुम पूर्वमा ३ जना, दाङमा १० जना, बाँकेमा ९ जना र बर्दियामा ८ जना सांसदले प्रदेश सभामा प्रतिनिधित्व गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x