पुस १३, २०८०
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...
मालिकार्जुन गाउँपालिका–६ उकुकी लीला तिरुवा दिनभर काम गरेर २५० रुपैयाँ मुस्किलले कमाउँछिन् ।
उनले गाउँमा धान रोप्दा होस् या योजना निर्माणका काम जहाँ गरेपनि रकम पाउँछिन् ।
रोपाइँ लगाउने बेला हलो जोत्ने पुरुषले ८०० रुपैयाँ पाउँदा त्यही खेतमा काम गर्ने महिलाले भने २५० रुपैयाँ पाउने गरेका हलिया बस्तीका महिलाले बताएका छन् ।
‘महिलाले काम गर्दा पनि ज्याला थोरै पाउने गरेका छौं,’ स्थानीय सरिता टमटाले भनिन् । भारी बोक्दा, घर निर्माण गर्दा पनि महिलाले थोरै ज्याला पाउने गरेका उनले गुनासो गरे ।
सकेसम्म योजनाको काममा महिला सहभागी हुँदैनन् । काम नगरी नहुने अवस्थामा न्यून ज्यालामा काम गराउँछन् । प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन हुँदा पनि आफूहरूले थोरै ज्याला पाएको महिलाहरूको गुनासो छ । ‘महिलाले गरेको कामको मूल्यांकन हुँदैन,’ सरिताले भनिन्, ‘विकास निर्माणका कामभन्दा पनि घरायसी काम गराउँदा हामीले पाउनुपर्ने ज्याला कम छ, पुरुष र महिला बराबर काम गर्छौं तर रकम दिँदा पुरुषबाटै पीडित हुनुपरेको छ ।’
महाकाली नगरपालिका–३ की बिस्ना लोहार हरेक बिहान नाम्लो र बोरा बोकेर बसपार्क पुग्छिन् । जिल्ला बाहिरबाट खलङ्गा आउने गाडीका यात्रुको भारी बोक्न कुर्छिन् ।
महिला दिनभरि भारी बोकेर घर खर्च जुटाउँछन् । सदरमुकाम र सीमावर्ती धारचुला बजारमा बिहानै काँधमा डोरी बोकेर भारी खोज्न उनीहरूका बीचमा तँछाडमछाड नै चल्छ ।
परिवारको आर्थिक दायित्व पूरा गर्ने अरू कुनै विकल्प नभएपछि विगत ९ वर्षदेखि भरियाको काम गरेर गुजारा गर्ने गरेको उनले बताए । उनीहरूले दिनभर काम गर्दा पनि पुरुषसरह ज्याला नपाउने उनले सुनाए । धारचुलाबाट दार्चुला बसपार्कसम्म पुरुषले भारी बोक्दा सजिलै २०० रुपैयाँ पाउँदा महिलाले १०० रुपैयाँ माग्दा पनि पाउँदैनन् ।
दुहु गाउँपालिका–४ की जैमती कुँवर श्रम अनुसारको ज्याला नपाएकामा दुःखेसो गर्छिन् । ‘काम अनुसारको ज्याला नै पाइँदैन,’ उनले भनिन्, ‘ग्रामीण भेगमा उत्पादन भएको अन्नले वर्षभरि खान नपुग्ने र खाना बाहेकका सामान जोहो गर्न ज्यालादारीमै काम गर्नुपर्ने बाध्यता छ ।’
हलिया मुक्ति समाजका जिल्ला अध्यक्ष दानीराम तिरुवा विगतदेखि नै महिलाले कामको कम मूल्य पाउने गरेका बताउँछन् ।
‘हलिया मुक्ति भयो, खलोमा काम गर्ने चलन हट्यो,’ उनले भने, ‘तर तिनै मालिकको अहिले दैनिक ज्यालादारीमा काम गर्दा महिलाले थोरै रकम पाउँछन् ।’ पुरुषले बिहान १०ः०० बजेदेखि बेलुकीसम्म काम गरे दिनको ८०० रुपैयाँ पाउने गर्छन् तर महिला बोल्न नसक्दा समस्या भएको उनले बताए ।
जिल्ला दररेट निर्धारण समितिले भने ८ घण्टा काम गरेबापत दक्ष कामदारको ९५० रुपैयाँ र अदक्ष कामदारको ७०० रुपैयाँ निर्धारण गरेको छ । – नरेन्द्रसिंह कार्की/रासस
पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...
नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो । सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...
नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो । खुला तथ...
नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो । नेपाली सेनामा रिक्त २२९ अधिकृत प...
काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरभित्र ग...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...