कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
यतिबेला कैलालीको भादावासी अरू बेलाभन्दा निकै व्यस्त छन् । उसैपनि वर्षैभरि अन्तरिक तथा बाह्य पर्यटकहरूको ओइरो लागिरहने धनगढी उपमहानगरपालिका–१६ थारू होम स्टे गाउँ भादामा महोत्सव नै सञ्चालन हुने भएपछि व्यस्तता थपिएको हो ।
थारू परिकारको स्वाद लिन चाहने, थारू कला, संस्कृतिमा रम्न चाहने र खोज अनुसन्धान गर्नेहरूको केन्द्र हो- भादा गाउँ । विशुद्ध थारू समुदायको मात्रै बासोबास भएको गाउँ पनि हो । फलतः पर्यटन वर्ष सन् २०११ को शुरूआतसँगै पुस १७ गते विधिवत रूपमा स्थापना भएको होम–स्टेमा दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् ।
पुस १६ देखि २० गतेसम्म आयोजना हुने महोत्सवसँगै पर्यटन वर्ष २०२० लाई लक्षित गरी स्थानीयहरू होमस्टेलाई अझ व्यवस्थित गर्ने अभियानमा जुटेपछि उनीहरूको व्यस्तता पहिले भन्दा बढेको हो ।
थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीका अनुसार १७ घरमा सञ्चालनमा रहेको होमस्टेलाई परिमार्जनमा स्थानीयहरू जुटेका छन् । अब ‘अटेज बाथरुम’ सहितको २० घरमा सञ्चालनको तयारी गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।
‘बाह्य पर्यटकलाई लक्षित गरी होमस्टेलाई परिमार्जन गर्दैछौ । आएको पाहुनाले बाल्टिनको पानी बोकी चर्पी पुग्नु । बाहिर नुहाउन जानु, समय सान्दर्भिक छैन । कच्चीभित्रै व्यवस्थित रुपमा अटेज बाथरुमको व्यवस्था गर्दैछौ । अन्य होम स्टेमा पनि यहि छ,’ अध्यक्ष चौधरीले अगाडि थपे, ‘पर्यटन वर्ष २०२० को तयारी पनि हो । हालसम्म भित्रिएका पर्यटकहरूको संख्यामा दोब्बर वृद्धि गर्ने योजनामा छौं ।’
भादामा हालसम्म २५ हजार आन्तरिक र ४ सय बाह्य पर्यटकले अवलोकन गरेका छन् । त्यसको दोब्बर पर्यटकलाई आकर्षित गर्ने योजना स्थानीयको छ ।
होमस्टेको सञ्चालनपछि थारू परिकार, कला, संस्कृति, भेषभुषा तथा रहनसहनको संरक्षण तथा प्रवर्द्धन भएको बताउँदै समितिका कोषाध्यक्ष पदम चौधरीले व्यावसायिकताले स्थानीयको जिविकोपार्जनमा सुधार आएको उल्लेख गरे ।
स्थानीयहरूले पर्यटकलाई मनोरन्जन प्रदान गर्न थारू समुदायको मौलिक संस्कृति सखिया, झुम्रा, मघौटा, लठ्ठी, बैठक्की नाँचलगाति प्रदर्शन गर्दै आएका छन् भने मौलिक परिकार ढिक्री, खरिया, फुलौरी, अण्डीक् भात, खुर्मा, पनझझरा, कचरीक् बरिया, घोंघी, गेङटा, सुटही, मुसाको सेकुवा, सिध्रा, महुँवाको रक्सी, चामलको रक्सी र झोललगायतको व्यवस्था गर्दै आएका हुन् ।
यतिमात्रै होइन, स्थानीयले पर्यटकलाई गाउँको रमणीय वातावरणको अवलोकन गराउन थारू समुदायको परम्परागत लहरूमा शैयर गराउँदै आएका छन् । भने नजिकै रहेको जोगिनिया तालमा पनि डुंगामा शैयर गर्ने व्यवस्था मिलाइएको छ । उसो त भादा गाउँको करिब डेढ किलोमिटरको दूरीमा अर्को पर्यटकीय क्षेत्र कोइलहुवा ताल पनि अवस्थित छ ।
भादाको ऐतिहासिकता : किन गैरथारू लाई अशुभ ?
धनगढी बजारदेखि १७ किलोमिटरको दूरीमा रहेको भादा विशुद्ध थारू बस्ती हो । हाल २४२ घरधुरीको बासोबास छ भादामा । जहाँ गैरथारू समुदायले स्थायी बसोबास गरे अनिष्ट हुने, हानी नोक्सानी हुने आमजनविश्वास रहँदै आएको छ ।
धनगढी उपमहानगरपालिका–१६ का वडा अध्यक्ष समेत रहेका समितिका अध्यक्ष चौधरीका अनुसार केही दशक अगाडी भादामा केही गैरथारू समुदायका व्यक्तिले स्थायी बासोबास गर्न चाहेका थिए । तर उनको परिवारजनमा दुःख, विरामी पर्दै जाने समस्या देखिएपछि उनी अन्यत्र बसाई सर्न बाध्य भए ।
अध्यक्ष चौधरीका अनुसार सदियौं पहिले तान्त्रिक विद्यामा निपूर्ण भएका थारू समुदायका भागौती दास नाम गरेका व्यक्तिले हालको भादामा बस्ती बसाएका हुन् । उनले दाङ जिल्लाको हेकुली, वैवांङ हुँदै कैलालीको भादामा बस्ती बसाएको कथन छ ।
उनले यस्तो बस्ती बसाउन चाहन्थे कि, जहाँ थारू बाहेक अरु जातिका मानिस बस्न नसकुन् । उनले भादामा बस्ती बसाउँदै आफ्नो कुल देवता ‘जगरनाठिया’ स्थापना गरी भाकल गरे–‘अन्य जातिको बासोसास हुन नदिनु ।’ उनै भागौतीदासको भागल तथा दैवी शक्तिको प्रभावले हालसम्म थारू जाति बाहेक अन्य कसैको बासोबास नरहेको अध्यक्ष चौधरीले विश्वास व्यक्त गर्छन् ।
उनै भागौती दासको नामको पहिलो शब्द भागौतीको ‘भा’ र दोस्रो शब्द दासको ‘दा’ बाट गाउँको नाम नै ‘भादा’ रहन गएको बताइन्छ ।
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...