×

NMB BANK
NIC ASIA

समाजसेवा

चिन्तामणि चालिसे : समाजसेवाको पर्यावाची नाम

पुस ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पर्ने मणिग्राम चोकबाट चार किलोमिटर पूर्वमा छ– प्रदीपनगर गाउँ । अचेल बाहिरबाट प्रदीपनगर पुग्ने नयाँ व्यक्तिलाई ठेगाना दिँदा भन्ने गरिन्छ– बसवालालाई चिन्तामणि चोकमा झार्न भन्नु, अलमलमा परिँदैन ।

Muktinath Bank

लुम्बिनी बौद्ध सर्किट भएर बुटवल र भैरहवासम्म चल्ने बस चालकहरू चिन्तामणि चोकप्रति जानकार छन् । भलै चोकमा कहीँकतै चिन्तामणि चोक लेखिएको छैन । ’चोकको नामाकरण त देखिँदैन तर सबै जना चिन्तामणि चोक भन्दै झर्ने भएकाले हामीहरू पनि अभ्यस्त भयौं,' सोमवार लोकान्तरकर्मीसँगको भेटमा दुई वर्षदेखि सो रूटमा माइक्रो बस चलाउँदै आएका एक चालक भन्दै थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदीपनगर चोकले यत्तिकै चिन्तामणि चोकको रुपमा भाका फेरेको होइन । यसमा समाजसेवा, त्याग र समर्पणको ठूलो गाथा जोडिएको छ । चिन्तामणि चालिसे ती हुन्, जसको पर्यायवाची नाम समाजसेवी हो । चालिसेले गरेको समाजसेवा यसरी स्थानीयको मनमनमा बस्यो की उनीहरू स्वतस्फूर्त चालिसेको नामलाई भूगोलसँग जोड्न थाले । हुन पनि चिन्तामणिका समकालीन मात्र होइन नयाँ पुस्तासमेत उनको नामसँग पूरापूर परिचित छ । यसैको परिणाम हो–अमुक ठाउँका बस चालक पनि उनको नामसँग जानकार रहनु ।


Advertisment
Nabil box
Kumari

७१ वर्षीय चिन्तामणि सयौं जनाका भाग्यविधाता हुन् । जतिबेला मणिग्राम चोकपूर्व बैंक, सहकारीको नामोनिसाना थिएन; त्यत्तिबेला उनी स्थानीयका लागि वित्तीय संस्था बने । रुपैंया–पैसाको रखबारीका लागि स्थानीयले उनलाई नै विश्वास गरे । उनले कसैको एक पैसा पनि तलमाथि नपारीकन स्थानीयको विश्वासलाई टुट्न दिएनन् ।

Vianet communication
Laxmi Bank

कोही बिरामी भयो, कसैको विवाह हुन थाल्यो, कसैले पूजापाठ आँटे, कोही विदेश जान थाल्यो, कसैलाई आपत्विपद् पर्यो वा कसैको मृत्यु भयो, स्थानीयमध्ये अधिकांश परिवारका सदस्य उनकै घरमा पुग्थे । 'मेरो बुबाले माग्न आएकोलाई भएसम्म दिनु, कोही पनि आफूसँग हुँदाहुँदै माग्न आउँदैन भन्नुहुन्थ्यो । त्यसैले मैले अरुले राख्नै दिएको पैसा भए पनि माग्न आउनेलाई दिन्थे,̕ चिन्तामणि भन्छन् । उनले पैसा माग्न आउनेसँग कहिल्यै  लिखत गरेनन् न त जग्गाजमिन नै बन्धक । विश्वासकै भरमा उनले सयौंलाई सहयोग गरे ।

प्रदीपनगर, दिपनगर, डाँडा, गणेशनगर, मद्रहानी, कुमारी, बेलडाँडा, शिवपुर, चौकीडाँडालगायतका गाउँका कमै जना उनको सहयोगमा विदेश पुगेका होलान् । उनले विनाधितो गरिदिएको लगानीले अहिले सयौं जना आर्थिक रुपमा सक्षम भएका छन् । उनीकहाँबाट पैसा लिएर २० वर्षपछि फर्काउन आउनेहरू पनि छन् । 'सबै कुरा विश्वास हो । मेरो सहयोगले कसैलाई राम्रो हुन्छ भने किन नगर्ने भन्ने मेरो सोंच रहन्थ्यो,̕ उनी भन्छन् । आफन्त, नातागोतामा उनी सबैका मार्गदर्शक हुन् । महत्वपूर्ण विषयमा उनलाई नसोधी कसैले केही गर्ने आँट अहिलेसम्म पनि गर्न सक्दैन ।

चिन्तामणि उर्जाशील समयका व्यापारी हुन् । कुनैबेला मणिग्राम पूर्व टटेरासम्मको नुनतेल, लत्ताकपडा र सञ्चार सम्पर्क (टेलिफोन) को जिम्मा उनकै थियो । अहिलेको जस्तो नगद पैसा कमै व्यक्तिसँग हुन्थ्यो । टिपोटकैं भरमा उनले सबैलाई नुनतेल र लत्ताकपडा दिन्थे । क्रेताहरू सिजनमा धान बेचेको पैसा ल्याएर उधारो तिर्दथे । वारलेस टेलिफोन उनको पसलमा मात्र थियो । विदेश गएका छोराहरू उनकै पसलमा फोन गरेर आफ्नो परिवारसँग सुखदुःख साट्थे ।

उनको पहलमा स्थानीय स्तरमा विद्यालय खुले, बाटाघाटा, पुलपुलेसा, मन्दिर बने । विकास निर्माण र सामाजिक काममा उनी सधैं अग्रसर रहेँ । तर नेतृत्वको लागि कहिल्यैं हानथाप गरेनन् । उनी नेतृत्वमा अरुलाई ल्याउँथे, तर कामचाहीँ आफैं गर्दथे ।

चालिसे परिवार वि. सं. २०३४ सालमा गुल्मीको वामी आँपचौरबाट तराई झरेका हुन् । उनको जन्म २००६ साल कार्तिक १९ गते स्यालपोखरीमा भएको हो । जतिबेलादेखि उनी जान्नेसुन्ने भए त्यतीबेलादेखि नै परिवारको नेतृत्व उनले गरे । बुबा छविलाल र आमा मोतिकला उनलाई पूरै विश्वास गर्दथे । तराई झर्नेबेला उनी जग्गा हेर्न कञ्चनपुर र चितवनसम्म पुगे । तर मन रुपन्देही साविक करहिया गाउँपञ्चायतमैं अडियो । उनी आएसँगै आफन्तहरू पनि उनकैं भरोसामा यहाँ आएका हुन् । 'मामा हामीसबैंका मार्गदर्शक मात्र होइन यो क्षेत्रकैं एउटा उदाहरणीय समाजसेवी हुनुहुन्छ । उहाँले कयौंको दुःखमा मल्हम लगाउनु भएको छ । कयौंको भाग्य कोर्दिनु भएको छ,̕ चालिसेका भान्जा समेत रहेका तिलोत्तमा नगरपालिकाका प्रेस सल्लाहकार बीपी गौतमले लोकान्तरसँगको कुराकानीमा भने, 'उहाँ वास्तवमा समाजसेवाको पर्याय नै हुनुहुन्छ । कसैलाई दुःख पर्दा उहाँले आफूलाई नै दुःख परेको ठान्नुहुन्छ ।'

विद्यालय, मन्दिर, गुठी, यज्ञ–यज्ञादीलगायत सामाजिक क्षेत्रसँग सम्बन्धित देखे/जानेका सबै ठाउँमा उनको सहयोग छ । गुल्मीदेखि रुपन्देहीसम्म सामुदायिक विद्यालयमा उनले सक्दो  धेरथोर सहयोग गरेका छन् । उनले गौतमबुद्ध सामुदायिक मुटु अस्पतालदेखि रजहरमा रहेको प्राकृतिक औषधालयमा समेत सहयोग गरेका छन् । सामाजिक कार्यमा सहयोग गर्न पाउँदा उनी आफूलाई सन्तुष्ट भएको महसूस गर्छन् । कक्षा ८ सम्मको औपचारिक शिक्षा हासिल गरेका चालिसे कुनै बेलाका शिक्षक पनि हुन् । उनले ७ वर्ष गुल्मीमा माष्टरी गरे । उनको क्षमता देखेर तत्कालीन प्रधानपञ्चले उनलाई सिधै शिक्षकमा नियुक्त गरेका थिए । शिक्षण पेशा छाडेर उनी व्यवसायमा जोडिए । र, आफ्ना दुई भाईहरू प्रेमनाथ र ढालानन्दलाई पनि व्यापारमै करिअर बनाउने गराए ।

प्रदीपनगरमा उनको लत्ताकपडाको व्यापार सधैं उस्तै रहेन । गाउँठाउँमा पनि सहकारी खुल्न थाले, बैंकका शाखा विस्तार हुँदै गए । विदेशबाट रेमिटान्स झर्न थाल्यो । ल्याण्डलाइन र मोबाइल फोन  क्रान्ति, सडक सुगमता, सवारीसाधनको उपलब्धताले गाउँसँग सहर जोडियो । चिन्तामणि पनि व्यापार छाडेर पानी उद्योगसँग जोडिए । तर उनले पानी उद्योगलाई पनि धेरै समय हेरेनन् । अत्यन्त सरल जीवनशैलीका चालिसे जीवनको उत्तराद्र्धमा आइपुग्दा अहिले 'रिटायर्ड लाइफ' बिताउँदैछन् । 

उनले जीवनमा जे गरे सबैको हितको लागि गरे । आफ्नो निहित स्वार्थमा कसैलाई पारेनन् । उनको यही विशेषता, भावनालाई बुझेर स्थानीय सुझबुझ भएका व्यक्तिहरू उनलाई ’मणि को उपमा दिन्छन् । यस्तो महान् विरासत बोकेको चालिसे परिवारमा ’मणि को बिडो थाम्न नयाँ पुस्ता तयार देखिँदैन । आफूलगायत भाईका छोराहरू सबै विदेश मोहमा छन् । उनी अहिले ९० वर्षीय आमा र जीवनसंगिनी दुर्गादेवीसँगै पुर्ख्यौली घरमा छन् । स्थानीय र आफन्त चाहान्छन्– चिन्तामणिको बिडो छोराले थामुन् ताकी सुखदुःख बिसाउने चौतारी सधैं रहिरहोस् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

असोज १६, २०८०

मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x