×

NMB BANK
NIC ASIA

सागमा स्वर्ण

'तेक्वान्दो गर्ल' काजल : 'मलाई गोल्ड मेडलमात्रै मनपर्छ'

पुस ५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोको ४६ केजी तौल समूहमा काजल श्रेष्ठले स्वर्ण पदक जितिन् ।

Muktinath Bank

सागमा स्वर्ण जित्ने अवस्था सम्म आइपुग्न काजलले लामो संघर्ष गरेकी छन् । अनेक दु:ख झेलेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुर्ख्यौली घर सिन्धुपाल्चोक भएपनि भक्तुपरमा जन्मेहुर्केकी काजलले १३ वर्षको उमेरमा एक दिन टोलका साथीहरू ड्रेस लगाएर तेक्वान्दो खेलिरहेको देखिन् । अनि उनलाई पनि रहर जाग्यो । त्यसपछि सोचिन्- म पनि यसैगरी ड्रेस लगाएर किक हान्छु ।


Advertisment
Nabil box
Kumari

घरमा बेलुका ममीलाई भनिन्- ममी, म पनि तेक्वान्दो सिक्छु नि ।

Vianet communication
Laxmi Bank

ममीको जवाफ आयो- नखेल छोरी, हात खुट्टा भाँचिन्छ ।

उनले जिद्दी गरिरहिन् ।

'खेल्छु खेल्छु भनिरहेँ । हुन्न भन्दै हुनुहुन्थ्यो,' तेक्वान्दो शुरूआत गर्दाका दिनबारे उनी भन्छिन्, 'बच्चाबेलामा आफूले भनेको कुरा नभएपछि म रोइदिएँ । अनि पछि ममीले भोलिपल्ट भर्ना गरिदिनुभयो ।'

*****

बच्चादेखिनै उनी अरूभन्दा अलि राम्रो किक हान्थिन् रे ! एल्लो ग्रीन हुँदा उनले एउटा टुर्नामेन्ट खेलेकी थिइन् । । त्यसमा नमज्जाले पिटाइ खाइन् । त्यसपछि काजललाई लागेछ- अब चाहिँ गर्नुपर्छ । यसरी पिटाइ खाएर मात्रै हुँदैन । आफैं पिट्छु ।

भन्छिन्, 'पिटाइ खाएपछि झन् ट्रेनिङ गर्न थालेँ । मेहनतको स्तर बढाउँदै गएँ ।'

पहिलो गोल्ड मेडल

काजलले दोस्रो नेकोस गेम खेलिन् । उनका अनुसार त्यो जुनियर नेसनल गेमजस्तै थियो । उक्त गेममा उनले स्वर्ण पदक जितिन् । 'त्यो बेला म एकदमै खुशी भएकी थिएँ । गोल्ड मेडल प्लस बेस्ट फाइटर पनि पाएको थिएँ,' संघर्षका दिन स्मरण गर्दै भन्छिन्, 'अनि क्यास प्राइज पनि ५ हजार पाएकी थिएँ । यो कुरा म कहिल्यै पनि बिर्सिनँ सक्दिनँ ।'

उनले कहिल्यै पनि बिर्सिन नसक्ने क्षण अर्को पनि छ । त्यो हो- सन् २०१४ को जुनियर वर्ल्ड च्याम्पियनसिप ।

काजलले १५ वर्षको उमेरमा पहिलो पटक अन्तर्राष्ट्रिय टुर्नामेन्ट खेलिन्, ताइपेइमा ।

नेपालभरबाट छानिएर वर्ल्ड च्याम्पियनसिप खेल्न गएकी काजलले ताइपेइका केही कुराहरू अझैसम्म पनि मनमा राखेकी छन् । उनलाई त्यहाँको म्याटदेखि सम्पूर्ण डेकोरेसन मन परेछ । 'पहिलो इन्टरनेसनल गेम थियो । एकदमै उत्सुक थिएँ । त्यहाँ जाँदा त म्याटहरू पनि कति राम्रो के । एरिना पनि कस्तो ब्यूटीफुल ! एकदमै राम्रो । नेपालको भन्दा बिल्कुलै फरक,' काजलले लोकान्तरसँग पहिलो अन्तर्राष्ट्रिय खेल अनुभव साटिन् । 

तर गेम खेल्दा उनलाई डरपनि लागेको थियो रे ! राम्रो पफर्म गर्न सकिनन् । उनी चीनकी खेलाडीसँग हारिन् ।

साग छनोटका कुरा

आठौं राष्ट्रिय खेलकुद सकिएको एक महिनामै नेसनल टीम बनाइएको थियो । देशभरिबाट छानेर राम्रो खेल्ने र पदक जितेका खेलाडीहरू समावेश गरेर एउटा टीम बनाइएको थियो । सबैलाई जम्मा गरेर ट्रेनिङ गराइएको थियो । त्यसो त नेपाल तेक्वान्दो संघले पनि सागका लागि जोड गरेको थियो ।

काजलका अनुसार देशभरबाट जम्मा भएका खेलाडीहरूलाई ट्रेनिङपछि पहिलो सेलेक्सन गराइयो । त्यो पनि लीग शैलीमा । खेलाडीहरूले आफ्नो तौल समूहबाहेक अरू तीन वटा तौल सहूहसँग भिड्नुपर्थ्यो । ४६ केजी तौल समूहकी काजलले ४६, ४९ र ५३ केजीसँग भिडिन् । काजलले चारमा चारै फाइट जितिन् । 'म त वान नम्बरमा परिहालेँ । अनि दोस्रो सेलेक्सनको इन्ट्री गरेँ,' साग सेलेक्सन सुनाइन् उनले, 'दोस्रो सेलेक्सनमा दुई फाइट खेल्नुपर्थ्यो । मैले दुवै फाइट जितेँ । अनि म नम्बर वान हुँदै साफ गेमका लागि रेडी भएँ ।'

सेलेक्सन र ट्रेनिङमा राम्रो गरेकाले प्रशिक्षकले काजलबाट गोल्ड मेडल नै आशा गरेका थिए रे !  त्यसपछि उनी साग तयारीका लागि चीन उडिन् । त्यहाँ पनि उनले एउटा टुर्नामेन्ट खेलिन् । 'त्यो चाहिँ र्‍याङकिङवाइज थियो । त्यो गेममा मैले कास्य पदक जितेँ,' चीन यात्रा सुनाउँदै काजलले भनिन्, 'सेमिफाइनलमा म थाइल्याण्डको खेलाडीसँग हारेँ । थाइल्याण्डकी खेलाडी एसियन च्याम्पियन थिइन् ।'

थाइल्याण्डकी खेलाडीसँग उनले तिनै राउन्ड खेलिन् । 'स्कोरिङ चाहिँ खाइनँ मैले । त्यसपछि मलाई होप आयो । अब चाहिँ मैले गर्छु,' उर्जासहित उनले भनिन् ।

त्यसैपछि हो उनलाई लागेको- साग गेममा गोल्ड मेडल जित्छु कि क्या हो !

सागका कुरा

काजलको अनुसार तेक्वान्दोको बरियताअनुसार टाइसिट ड्र हुन्छ । उनले ४६ केजी तौल समूहमा 'बाई' पाएकी थिइन् । मतलब उनले एक फाइट खेल्नु परेन । उनी सिधै सेमिफाइनल पुगिन् ।

सेमिफाइनल भारतसँग थियो । उनले आफ्नो प्रतिद्वन्दीको गेम हेरिरहेको थिइन् । जसले गर्दा उनलाई प्रतिद्वन्द्वीविरुद्ध खेल रणनीति बनाउन सहज भयो । 'मैले यूट्युबतिर हेर्थेँ उनलाई । उनी राम्रो प्लेयर थिइन् ।'

काजलको अनुसार भारतीय खेलाडीको स्पीड थियो, हाइट पनि अलि बढी । 

'उनी चाहिँ गेभ अप नगर्ने टाइपको थिइन् । उनीसँग पर्‍यो । फर्स्टमा चाहिँ डर पनि लागिरहेको थियो,' प्रतिद्वन्द्वी र खेल वातावरणबारे उनी सुनाउँछिन्, 'म पनि गेभ अप नगर्ने खाले परेँ । जे होस् तीव्र प्रतिस्पर्धा हुन्छ जस्तो लागेको थियो ।'

खेलअगावै काजलले सोचेकी थिइन् रे- भारतीय खेलाडीले जति स्पीडमा हान्छिन् त्यो भन्दा डबल स्पीडमा आफूले हान्ने ।

भारतीय खेलाडीको किक जसरी पनि छल्दै आफूले एक खाँदा दुई/तीन वटा दामी किक हान्ने उनले सोचेकी थिइन् रे !

काजलले शुरूबाटै अट्याक गर्न थालिन् । पहिलो राउन्डमा काजलको १८ तथा भारतीय खेलाडीको ११ अंक थियो । ७ अंकको अग्रता लिएपछि काजललाई जित्छु भन्ने आशा जाग्यो । तर पहिलो राउन्डमा बढी स्पीड खेल्दा काजल थाकिन् । उनले थपिन्, 'तर भारतीय खेलाडी चाहिँ थाक्दै नथाक्ने खाले थिइन् । म चाहिँ अलि थाक्या, थाक्या जस्तो भा'थेँ ।'

दोस्रो राउन्डमा काजलले रणनीति बनाइन्- सकेसम्म किक ब्लक गर्ने र स्कोर गर्न नदिने । उनको रणनीति सफल भयो । दोस्रो राउन्डमा पनि काजलले लीड गरिन् ।

'अनि लास्ट राउन्ड त उसलाई छलाइछलाइ जितिदिन्छु भन्ने भयो । तेक्वान्दोमा त वान स्कोरले पनि जितिन्छ नि त,' यो उनको आत्मविश्वासपछिको स्वर थियो ।

थर्ड राउन्डमा उनले रक्षात्मक खेलिन् । अन्तिममा काजलको  ५० तथा भारतीय खेलाडीको ३९ अंक भयो । अनि पुगिन्- फाइनलमा ।

ट्रेनिङको क्रममा उनको एंकलमा समस्या भएको रहेछ । भन्छिन्- राम्रोसँग किक हान्न सक्दैन थिएँ । हातमा पनि समस्या छ । पञ्च हान्न गाह्रो थियो । मैले त्यो गेममा पञ्च नै प्रयोग गरेको थिइनँ । फाइनललाई राख्छु भनेकी थिएँ ।

*****

भारतलाई हराएपछि उनमा गोल्ड मेडल जित्ने आशा बढेको रहेछ । तर चुनौती थिइन्- पाकिस्तानी खेलाडी । कारण- दक्षिण एसियाली राष्ट्रहरूमा तेक्वान्दोमा पाकिस्तान बलियो हुनु ।

तर उनको दिमागमा जसरी पनि गोल्ड मेडल जित्ने थियो । कोटेश्वरस्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा लोकान्तरकर्मीसँग गफिएकी काजलले भनिन्, 'तर मेरो दिमागमा गोल्ड मेडलबाहेक अरू केही पनि थिएन । जो आओस्, जे आओस् म हराएरै छाड्छु । गोल्ड जितेरै छाड्छु भन्ने थियो ।'

गोल्ड मेडल जित्न सजिलो थिएन । उनीसँग कडा प्रतिद्वन्द्वी थिइन् । पाकिस्तानी खेलाडी अग्लो कदकी थिइन्, काजल डल्ली । 'तेक्वान्दोमा हाइटले निकै अर्थ राख्छ । हाइट बढी हुनेलाई फाइदा हुन्छ,' उनी भन्छिन् ।

फाइनलमा काजलकी ममी पनि गेम हेर्न आएकी थिइन् । त्यसैबेला उनलाई लागेछ- ओहो ! ममीको अगाडि अलिकति भने पनि गर्नुपर्छ ।

फाइनल जिते स्वर्ण पदक (गोल्ड मेडल) नत्र रजत पदक (सिल्भर मेडल) पक्का थियो । तर काजललाई रजत पदक मन पर्दैन थियो । 'रजत पक्का भएको थियो । तर मलाई रजत चाहिएको थिएन । मलाई रजत मनै पर्दैन । मलाई गोल्ड मेडलबाहेक केही पनि मन पर्दैन ।'

उनमा जसरी पनि गोल्ड मेडल जित्नु थियो । दरिलो आवाजमा उनी सुनिइन्, 'रिङमै हातखुट्टा भाँचिए पनि भाँचियोस् तर मलाई गोल्ड मेडलनै जित्नु थियो ।'

उनको मनमा गोल्ड मेडलको आगो बलेको थियो । जोश बढेको थियो । उर्जा थपिँदै थियो । जीतको हुटहुटी पनि बढ्दै थियो ।

उनलाई जीतपछि बज्ने राष्ट्रिय गान सुन्ने धोको थियो । 'राष्ट्रिय गानको धुन सुन्दा एकदमै प्राउड फील हुन्छ । मैले चीनमा पनि त्यो धुन सुन्न एकदमै कोशिश गरेकी थिएँ । तर सफल भइनँ,' उनले राष्ट्रभाव पोखिन् ।

गोल्ड मेडल जित्नुअगावै उनले एउटा योजना बनाएकी रहिछिन्- फर्स्ट पोडियममा बस्ने अनि चिच्याई, चिच्याई राष्ट्रगान गाउने ।

गोल्ड मेडलका लागि पाकिस्तानी खेलाडी विरुद्ध बनाएको रणनीति सरसर्ती बताइन्, 'फाइनलमा हात गएपनि जाओस् पञ्च पनि यूज गर्छु अनि खुट्टाले डङडङ किक हान्छु । गेम पनि त्यस्तै भयो । मैले शुरूदेखिनै उसको किक ब्लक गर्दै स्कोर गरेँ ।'

पहिलो राउन्डमा पाकिस्तानी खेलाडीको किक उनको टाउकोमा लाग्यो । उनले भनिन्, 'ब्लक गर्दागर्दै पनि कहाँबाट छिर्‍यो, छिर्‍यो ।'

उनले पनि तलमाथि जहाँ पाइन्, त्यहिँ हानिन् । पहिलो राउन्डमा काजलको १४, पाकिस्तानी खेलाडीको ९ अंक थियो ।

दोस्रो राउन्डमा आफूले सक्दो ब्लक गर्दै किक हानेको बताइन् । भनिन्, 'झुक्याउँदैझुक्याउँदै तलमाथि  जहाँ खाली देख्यो, त्यहीँ हान्न थालेँ । एकदमै स्पीड खेलेकी थिएँ मैले । सेकेन्ड राउन्डमा पनि मैले राम्रो स्कोरले लीड गरेँ ।'

दोस्रो राउन्डमा धेरै स्कोरले लीड गरेपछि काजललाई लागेछ- गोल्ड त मेरै हो । तेस्रो राउन्डमा खेल्दाखेल्दै काजलको स्कोर ५० भइसकेको थियो । पाकिस्तानी खेलाडीको जम्मा १४ थियो । अन्तत: काजलले ३६ स्कोरले स्वर्ण पदक जितिन् ।

*****

गोल्ड मेडल जितेपछि ममीलाई अंगालो हालेर रोइन् । 'गोल्ड मेडल जितेर नेपालको झण्डा बोकेर म्याट घुम्दाखेरि त ओहो ! एकदमै खुशी भएकी थिएँ,' खुशी साट्दै भनिन्, 'आफैं आँसु आयो । थाम्नै सकिनँ । अनि ममीलाई अंगालो हालेर रोएँ ।'

उनले अन्तिममा भनिन्, 'सागमा मैले सोचेकी थिएँ- आई विल गेट गोल्ड मेडल ! त्यो पूरा भयो । सपना पूरा हुँदा उड्याजस्तो फील भयो ।' 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x