×

NMB BANK
NIC ASIA

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ५ महेन्द्रनगर स्थित राजेश साहको घरमा शक्तिशाली बम बिस्फोटको घटना भए पछि ‘मेस्सी’ र ‘बन्नी’को ड्युटी पनि बढेको छ ।

Muktinath Bank

धनुषाका बिभिन्न ठाउँमा शंकास्पद बस्तु देखिन थाले पछि उनीहरुको ड्युटी बढेको छ । सामान्य अवस्थामा भन्दा अहिले उनीहरु बढी नै फिल्डमा खटिनुपरेको छ । मेस्सी र बन्नी प्रहरीको भरोसाको साथी हो । मेस्सी र बन्नी बिशेष किसिमको तालिम प्राप्त कुकुर हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उसले विस्फोटक पदार्थबारे सुँघेर पत्ता लगाउने, खोज्ने काम गर्छ ।  मेस्सी जर्मन शेफर्ड प्रजातिको भाले कुकुर हो भने बन्नी ल्याबोरेटर प्रजातिको पोथी कुकुर हो । ती दुवै कुकुरलाई बिशेष तालिम दिएर प्रहरीले परिचालन गर्ने गरेको छ ।


Advertisment
Nabil box
Kumari

प्रहरी प्रधान कार्यालय अन्तर्गतको केनाईन शाखा अन्तर्गत प्रदेश नम्बर २ मा पनि छुट्टै शाखा स्थापना गरिएको छ । धनुषाको लालगढमा उसको तत्काल शाखा स्थापना गरिएको छ । बिगत ५ महिना देखि उक्त शाखामा कुल ४ वटा कुकुर रहेका छन् । जस मध्ये बाँकी २ वटा कुकुरले लागू औषधीबारे पत्ता लगाउने गर्छ ।

Vianet communication
Laxmi Bank

मेस्सीलाई ह्याण्डलिंग गरिरहेका प्रहरी जवान दिल बहादुर सुनुवारका अनुसार मेस्सी र बन्नीलाई अहिले प्रत्येक दिन जसो काममा लगाइएको छ । उनीहरुलाई अहिले जनकपुरमै राख्ने गरिएको छ । ‘एक पटक २० मिनेट जति काममा लगाउने र त्यस पछि आधा घण्टा रेस्ट दिएर फेरी २० मिनेट जति काममा लगाउने गरिएको छ,’ मेस्सीका ह्याण्डलर सुनुवारले भने, ‘मेस्सी र बन्नीले तालिम अनुसार प्रभावकारी तरिकाले आफ्नो काम गर्दै आएको छ ।’ उनीहरुले खोजी गरेको ठाउँमा विस्फोटक पदार्थ पाउन सकिएको छैन, त्यही नै ठुलो सफलता रहेको उनले बताए ।

गत कार्तिक २७ गते महेन्द्रनगरमा बम बिष्फोट हुँदा प्रहरी निरीक्षक अमिर कुमार दाहाल, स्थानीय राजेश साह तथा उनका छोरा आनन्द साहको मृत्यु भएको थियो । बम बिस्फोट भएको दिन राति २ बजे मेस्सी र बन्नीलाई समेत थप अन्य बम पनि छन् की भन्ने कुरा खोजी गर्नका लागि परिचालन गरिएको थियो । त्यसै गरी केही दिनदेखि जनकपुरसहित धनुषाको विभिन्न ठाउँमा नक्कली बम भएको आशंका हुँदासमेत बमको खोजी गर्नका लागि ती दुवै कुकुरलाई अहिले परिचालन गर्ने गरिएको छ । ‘गर या मर भन्ने जस्तै हो, की त उ मर्छ वा विस्फोटक पदार्थ छ भने पत्ता लगाएरै छाड्छ,’ सुनुवारले बताए ।

मुख्य रुपमा ती दुवै कुकुरको काम भनेकै विस्फोटक पदार्थको खोजी गर्नु हो । तर, त्यसका बाहेक पनि उठ्ने, बस्ने, नमस्ते गर्ने, सलाम गर्ने, ह्याण्ड शेक गर्ने, बल खेल्ने, ब्यायाम गर्ने तालिम समेत ती दुवै कुकुरले पाएका छन् ।

महंगो स्याहार

मेस्सी र बन्नीको स्याहार गर्न बिशेष किसिमले ध्यान पुर्‍याउनुपर्छ । बिहान उठे देखि राति सुत्ने बेला सम्म ह्यान्डलरहरुले उनीहरुको पर्याप्त स्याहार गर्नु पर्छ । बिहान ६ बजे उनीहरु उठ्छन् । उठे पछि दिशा पिसाब गराउनका लागि चौरमा लग्नु पर्छ । बस्ने घरमा दिशा पिसाब उनीहरु गर्दैनन् । दिशा पिशाब गराउनु पर्यो भने बाहिर चौरमा लग्नु पर्छ । ‘स्टुल’ भन्ने निर्देशन दिए पछि उनीहरुले दिशा पिसाब गर्छन् । स्टुल गरे पछि आधा घण्टा जति बस, उठ सहितको ब्यायाम तथा पिटी गराइन्छ । त्यसपछि केही आराम गर्न लगाएर फेरी आधा घण्टा जति बल खेलाइन्छ । यसरी उसलाई हप्तामा दिन बिराएर ४ दिन जतिसम्म ब्यायाम गराउने गरिन्छ ।

बिहान ९ बजे उनीहरुलाई खाना दिइन्छ । खानामा उनीहरुले डग फूड खान्छन् । पाचक जस्तै दाना हुन्छ । त्यही दाना खाएर माछा मासु खाए जतिकै इनर्जी उनीहरुले प्राप्त गर्छन् । उक्त खानामा भिटामिन देखि चिल्लो पदार्थसम्म हुन्छ । खाना खाइ सके पछि कुकुरको रौँलाई कांईयोले ग्रुमिंग गर्नुपर्छ । त्यस पछि ड्युटीमा जानु पर्ने अबस्था छ भने ड्युटीमा विस्फोटक पदार्थ खोजी गर्न लगाईन्छ । २०० मिनेट सम्म मात्र एक पटकमा उसलाई ड्युटीमा लगाइन्छ । त्यस पछि उनीहरु थाक्छन् । आधा घण्टा आराम गराएर फेरी अर्को २० मिनेट जति विस्फोटक पदार्थ खोजिमा लगाईन्छ ।

त्यस पछि ४ बजे तिर फेरी स्टुल गर्न लगाएर फेरी ब्यायाम गराईन्छ । साढे ५ बजे फेरी दाना खुवाएर सुत्न लगाईन्छ । ‘दिनमा ४ सय रुपैयाँ जति खानाको दानामा नै खर्च हुन्छ होला, वास्तविक खर्च कति हुन्छ भन्ने कुरा प्रदेश प्रहरी कार्यालयलाई मात्र थाहा हुन्छ,’मेस्सीको ह्याण्डलर सुनुवारले भने । जिउ गन्हाउन थाले पछि करीब १५ दिनमा एक पटक नुहाउने काम गरिन्छ । पुरै शेम्पू तथा साबुन उनीहरुलाई नुहाउनमा लाग्छ ।  यसरी उनीहरुको स्याहार सुसार साथ् साथै निर्देशन दिने काममा नै दिन भरि ह्याण्डलर प्रहरी जवान लाग्ने गर्छन् । मुख्य रुपमा विस्फोटक पदार्थ खोजि गराउनका लागि सधैं गन्ध सुँघाउने तथा खोजी गराउने काम भने गरिरहनु पर्छ । 

लालगढमा तत्काल राख्ने गरिएको भए पनि अब केनायन शाखा जनकपुरमै राख्ने तयारी भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अंशु कुमार सिंहले बताए । ‘जनकपुर विमानस्थलमा नै केनायन शाखा राख्ने तयारी गरिएको छ,’ डिएसपी सिंहले भने, ‘ त्यसको लागि त्यहाँ विमानस्थलमा कुकुर राख्न घर निर्माणको काम समेत थालिसकिएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x