×

NMB BANK
NIC ASIA

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १३ सेमरीमा थारू होमस्टे सञ्चालनमा आएको छ ।

Muktinath Bank

यो होमस्टे रुपन्देहीकै पहिलो रहेको जनाइएको छ । तिलोत्तमा नगरपालिकाको प्रवद्र्धनमा सेमरीमा सखिया थारू सामुदायिक होमस्टे सञ्चालनमा आएको हो । सेमरी गाउँ तिनाउ नदीको किनारमा अवस्थित छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

होमस्टेको शुक्रबार साँझ आयोजित एक कार्यक्रमका बीच तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । त्यस अवसरमा थारू सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

थारू समुदायको कला र संस्कृति संरक्षणसँगै स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले होमस्टे सञ्चालनलाई नगरपालिकाले प्रवद्र्धन गरेको नगर प्रमुख घिमिरेले बताए । 

Vianet communication
Laxmi Bank

तत्काल सात घरमा आवासको व्यवस्थासहित होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष हरिनारायण चौधरीले जानकारी दिए । आगामी दिनमा अन्य सात घरमा पनि होमस्टेको पूर्वाधार तयार गरिने उनले बताए । 

होमस्टेमा हाल सात घरका १४ कोठामा २८ बेडको व्यवस्थापन गरिएको छ । नगरपालिकाले उपलब्ध गराएको बजेटबाट सांस्कृतिक कार्यक्रम प्रदर्शनका लागि सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको वडाध्यक्ष गणेश न्यौपानेले जानकारी दिए । 

थारू समुदायको बाहुल्यता रहेको सेमरी तिलोत्तमाकै पुरानोमध्येको बस्ती हो । पञ्चायतकालमा अहिलेका कतिपय शीर्ष नेताहरुले समेत यहाँ सेल्टर लिएको यहाँका पुराना पाकापुस्ता बताउँछन् ।

तिलोत्तमा नगर उप–प्रमुख जागेश्वरी चौधरीले थारु समुदायको कला र संस्कृति संरक्षणमा होमस्टे फलदायी हुने विश्वास व्यक्त गरिन् । 

उनले होमस्टेको पूर्वाधार विकासमा नगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता जनाइन् । तिलोत्तमा नगरपालिकाले थारु समुदायको कला–संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालनका लागि राखेको प्रस्तावअनुसार स्थानीयले होमस्टे सञ्चालनको काम अघि बढाएका थिए ।

नवलपरासीको डण्डामा रहेको अमलटारी होमस्टेको शैलीमा यहाँका बासिन्दाले होमस्टे सञ्चालन गरेका हुन् । 

सेमरीका बासिन्दाहरु अमलटारी होमस्टे सञ्चालनको तौरतरिका सिक्न त्यहाँ पुगेका थिए भने उनीहरुलाई आवश्यक सीपका लागि तालिम समेत प्रदान गरिएको थियो । सेमरी होमस्टे नजिकै पाँच तारे रिसोर्ट, बाउन्नकोटी पार्क, गाई फर्मलगायत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x