×

NMB BANK
NIC ASIA

चन्द्र ढकालको सफलता : बागलुङको अमलाचौरदेखि देशकै ठूलो वाणिज्य बैंकको अध्यक्षसम्म

पुस ६, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

बिहान साढे आठ बजे पानी पोखरीस्थित आइएमई कम्प्लेक्समा पुगेपछि उनले घडी हेरे र भने, 'सरी है, मैले तपाईंहरूलाई धेरै समय त कुराइन ?' तर त्यतिबेला साढे आठ बज्न दुई मिनेट बाँकी नै थियो । उनले नै हामीलाई बिहान साढे आठ बजेको समय दिएका थिए । हामी त्यसको दुई मिनेटमात्र अघि त्यहाँ पुगेका थियौं ।

Sagarmatha Cement
Muktinath Bank

उनी नजिकका भन्छन्, ‘समय उहाँलाई चिन्ने मापनजस्तै हो । समयसँग उहाँको कुनै सम्झौता हुँदैन ।’ उनको टीमका कर्मचारीले अहिलेसम्म उनीसँग समय छल्न सकेका छैनन् । बैठक होस् या काम, उनको उपस्थिति सके अगावै नत्र समयमै हुने गर्दछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैले नेपालका उदीयमान व्यावसायी चन्द्रप्रसाद ढकालले अहिले हरेक गोष्ठी, बैठक हुन् या मिडियासँगको कुराकानीमा भन्ने गर्छन्, नेपाल राष्ट्र बैंकले नेपालका वित्तीय संस्थाका लागि जारी गर्ने या निर्माण गर्ने नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने हामी नै हौं । 


Advertisment
Nabil box
Kumari

उनको यो दावीको पछिल्लो उदाहरण लिँदा सत्य सावित के हुन्छ भने नेपाल राष्ट्र बैंकले अघि सारेको ‘बिग मर्जर’को नीतिलाई सबैभन्दा पहिला कार्यान्वयनमा ल्याउने ग्लोबल आइएमई बैंक नै हो । जनता बैँकसँग मर्ज भएपछि यो बैंक नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।

Vianet communication
Laxmi Bank

बागलुङको अमलाचौरमा विसं २०२२ मा जन्मिएका चन्द्रप्रसाद ढकालको अहिलेको पहिचान एउटा सफल व्यवसायी हो । तर उनको उद्यमशीलताको यात्रा धेरै पुरानो भने छैन । करीब साढे दुई दशकको मात्र हो । यति छोटो समयमै यतिका सफलताको रहस्य के हो ? उनको विगत जान्नेहरू यो प्रश्नको वरिपरि अहिले पनि घोत्लिन्छन् । उत्तर स्वाभाविकै आउँछ– लगाव, इमान्दारी र परिश्रम । ढकाल पनि यही स्वीकार्छन् । 'हो मेरो सफलताको सबैभन्दा दरिलो टेको चाहिँ लगाव र परिश्रम नै हो,' उनको पनि अनुभव छ ।

अहिले उनी आईएमई ग्रुप, ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्ष हुन् । उनी अध्यक्ष रहेका अरू सामाजिक सङ्घसंस्था कैयौं छन् । नेपालमा बैंक तथा वित्तीय सेवालगायत जलविद्युत्‌का क्षेत्रमा पनि उनको ओझपूर्ण उपस्थिति भइसकेको छ । नेपालको व्यवसायमा बहुआयामिक क्षेत्र समेट्दै अघि बढेका उनी सबैलाई परिश्रम नै गर्न सिकाउँछन् । भन्छन्, 'संसारका अरू भूगोलका तुलनामा हाम्रो माटो धेरै मलिलो छ । यहाँ जे रोपे पनि सुन फल्छ, तर यसले मेहनतको अपेक्षा गर्छ । म त भन्छु, हामी माटो रोपेर सुन फलाउन सक्छौ|, उद्यम गर्न अन्त कतै भौँतारिनु पर्दैन ।' 

अनौपचारिक कुराकानीकै क्रममा हामीले जिज्ञासा राख्यौं– नेपालका सबै उद्यमी, व्यवसायी तपाईंजस्तै सफल छन् र ? उनले लक्ष्मीप्रसाद देवकोटाको प्रश्नोत्तर कविताबाट दुई लाइन सुनाए- '‘के हो ठूलो जगतमा पसिना विवेक, उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ यो कविता त तपाईंले पढ्नु भएकै होला । तर धेरैले अर्ति उपदेश दिँदा यो तल्लो हरफ मात्र भन्छन् । सबैले चन्द्रमा नै छुने उद्देश्य लिनु भन्छन् । तर पनि त्यसको माथिल्लो हरफ प्रायःले उच्चारण नै गर्दैनन् । चन्द्रमा छुन सिकाउने अथवा सम्भव बनाउने चाहिँ माथिल्लो लाइन पसिना र विवेक हो । पसिना, परिश्रम या मेहनत हो, विवेक बुद्धि या ज्ञान हो । पसिना र विवेकबिना नै चन्द्रमा छुन खोजेर सम्भव छैन, सकिँदैन । हाम्रो पसिना र मेहेनतको मूल्याङ्कन गर्नुभयो भने तपाईंको प्रश्नको उत्तर आफँै पाउनुहुन्छ ।' अनि ढकालले थपे, 'हो, मानिसलाई कतिपय अवस्थामा नसोचिएको सफलता पनि हात लाग्छ अथवा केही नसोचिएका कुराहरू पनि हुन सक्छन् । तर पनि ती सबै नराम्रा पनि त हुँदैनन् ! जे हुन्छ राम्रै हुन्छ ।'

तर उनको अहिलेको यो सफलताभन्दा वास्तविक पारिवारिक जीवन निकै पर थियो । उनले एउटा बालकका रूपमा आफ्नो बुबाको माया र सुखद् भविष्यको सपनाचाहिँ देख्न सकेनन् किनभने उनको बुबाले सानैमा छाडेर गए । सोह्र वर्षको एक किशोरको काँधमा अब आमा र साना भाइबहिनीको भविष्यसमेत थपियो । भन्छन्, 'त्यसबेला मेरा आँखा अगाडि एउटै मात्र सपना आएको हो, जस्तोसुकै मूल्यमा पनि अब आमा र भाइबहिनीलाई दुःखबाट टाढा राख्नुपर्छ ।' तर उपाय के होला ? त्यो बालमष्तिष्कले सोच्नसक्ने कुरा पनि भएन । तर अहिले उनको आत्मबल र परिश्रमले यहाँसम्म ल्याइपुर्‍याएको छ ।

यसरी १६ वर्षे उमेरमै खुशीमा ग्रहण लागेको महसूस गरेको व्यक्तिलाई जिन्दगीको पूर्णमास पाउन कसरी सहज भयो होला ? हाम्रो यो प्रश्नमा उनको जवाफ थियो, 'जीवन त सबैको हुन्छ, मेरो मनभित्र पनि झिनो आशाको दियो धिपधिपाएको मेरो हृदयले देखेको थियो । मेरो आत्मबलले त्यो दियो चम्काउने प्रण गर्‍यो ।' आज त्यो दियोले उनको व्यक्तिगत जीवनमा मात्र होइन, दशौं हजार मानिसको सपनामा उज्यालो भरेको छ । अहिले उनको नेतृत्व र संलग्नताका व्यवसायमा दशौं हजार व्यक्ति प्रत्यक्ष/अप्रत्यक्ष रोजगार छन् ।

त्यसैले उनी सधैँ भन्ने गर्छन्, 'औँसीको रातमा आइपर्ने अप्ठ्यारोसँग भिड्ने साहस राख्नेहरुले मात्रै पूर्णिमाको रातको मज्जा लिन पाउँछन् ।' हाल नेपालको उद्यमशीलताका क्षेत्रमा ‘सफल व्यवसायी’ उपमा लिन सफल ढकालको जीवनका यी कठिन कथाका पानाहरू पल्टाउने जोसुकैले निकाल्ने अन्तिम निष्कर्ष पनि यही नै हो ।

जागिर छाडेर व्यावसायिक यात्रा

उनको जागिरे जीवन करीब चार वर्ष जति रह्यो राष्ट्रिय वाणिज्य बैंकमा । त्यही समयमा व्यवसायको सोच र आँट पलायो र विसं २०४८ तिर सानो कोल्डस्टोर राखे । त्यसपछिको उनको व्यवसाय हो– कार्गो । त्यतिबेलासम्म भाइ रामु (हेमराज ढकाल, हाल आईएमई ग्रुपका प्रबन्ध निर्देशक) पनि उनलाई साथदिन आइसकेका थिए । भाइ रामु उनको हरेक व्यावसायिक जीवनको साथमा रहँदै आएका छन् ।   

व्यवसायका लागि उनीहरूलाई १२/१३ लाख चाहियो । आफूले काम गर्ने बैंकमै ऋण मागे । तर कर्मचारीले ऋण नपाउने भने । उनले त्यसै दिन राजीनामा दिएर भने, 'अब त दिन मिल्छ नि ?' यसरी बैंकको जागिर छाडेर व्यवसायमा होमिएका ढकाल अहिले देशकै सबैभन्दा ठूलो बैंकको अध्यक्ष छन् ।

त्यस दिनलाई कसरी लिनुहुन्छ ? भन्छन्, 'त्यो दिन सही निर्णय गरेछु भन्ने लाग्छ । तर त्यही दिन, त्यसै पलमा त्यो निर्णय कसरी गरेँ भन्ने बारेमा अहिले पनि म बेला–बेलामा सोच्ने गर्छु । त्यस समय बैंकको जागिर सबैलाई प्यारो थियो । तर मेरो ब्रह्मज्ञानले जागिरे जीवनभन्दा व्यावसायिक जीवन कसरी रोज्यो होला ? कहिलेकाहीँ आफैं पनि छक्क पर्छु ।' त्यसयता पनि उनको जिन्दगीले भोगाइका धेरै मोडहरू बनाएको छ ।

व्यवसाय थालेका उनले भने कार्गो व्यवसायलाई राम्रो सफलताका साथ विदेशमा फैलाउन चाहन्थे । त्यतिबेला नेपाली तयारी पोशाक (गार्मेन्ट) उत्पादनको अमेरिकामा राम्रो बजार थियो । कार्गो व्यवसाय विस्तारका लागि उनले अमेरिका जाने तयारी गरे । भिसा पनि लाग्यो । तर जापान भएर अमेरिका जाने योजना बनाएका ढकाल एक गाउँले दाइको आग्रहमा १० महिना जापानमै बसे र काम गरे । 'त्यस समय जापानको रोजगारीलाई राम्रो मानिन्थ्यो, ती दाजुको आग्रह भयो र म १० महिनाजति त्यहीँ काम गरेर बसेँ । पछि अमेरिका गइनँ,' उनले भने । त्यहीँ बस्दा नै विदेशमा बस्ने नेपालीले कमाएको पैसा नेपाल पठाउँदा भोग्नुपर्ने सास्ती र जोखिम थाहा पाउने अवसर मिल्यो उनलाई । उनीपछि भाइ हेमराज पनि सानो काम र व्यवसाय गरेर जापानमै केही समय बसे । ढकाल दाजुभाइको त्यही अनुभवको उपजले जन्माएको हो आइएमई ।
  
आईएमईको शुरूआत
 
कुनै व्यवसाय गरेर एक व्यक्ति सफल हुने भन्दा पनि उसले राष्ट्रलाई के दियो भनेर हेर्नुपर्छ । उनीहरूको सोच र अभियानबाट देशको अर्थतन्त्रको प्रमुख स्रोत बनेको रेमिटेन्स (विप्रेषण) लाई पारदर्शी र व्यवस्थितरूपमा स्वदेश भित्र्याउन आजसम्म नै सम्भव भएको छ । अहिले प्रायः हरेक नेपाली घरपरिवारसँग जोडिएको रेमिट्यान्ससँग उहाँहरूको कडा परिश्रमको टेको लागेको छ । ‘आईएमई’ सँग सायदै कोही नेपाली अपरिचित होलान् । यो एउटा कम्पनीमात्र नभएर नेपालीको जीवनशैलीसँग नै जोडिन पुगेको छ । 

नेपालीले विदेशमा गरेको कमाइ औपचारिक बाटोबाट ल्याउने कामको थालनी यही कम्पनीले गरेको हो । नेपालको अगुवा रेमिट्यान्स कम्पनीका रूपमा यसले रकम नेपाल भित्र्याएपछि सरकारलाई राजश्व नबढ्ने त कुरै भएन, जुन अहिले पनि आइएमई होस् या अरू कम्पनीबाट जारी नै छ । तर पनि त्यस समय हुण्डीमार्फत मात्र रकम नेपाल भित्रिने गरेको विकल्पमा नेपालमा पहिलोपटक यो नीतिगत व्यवस्थाको विकल्प उनीहरूले नै दिएका हुन् । यसले नेपालको सामाजिक अपराध या वैदेशिक रोजगारीमा पुगेका नेपालीहरू लुटिनबाट पनि जोगाएको छ । किनभने हुण्डीको रकम हिनामिनाका घटनाले हुने गरेका आपराधिक घटनाका समाचार त हामीले विगतका वर्षहरूमा सुन्ने गरेकै हौं ।

सरकारले सन् २००१ मा रोजगारीका लागि मलेशिया खुला गर्‍यो । धेरै नेपाली गए । त्यसबेला नेपालमा पैसा भित्रिने कुनै कानूनी प्रावधान थिएन । नेपाल राष्ट्र बैंक पनि अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै चिन्तामा थियो । 'यही समस्याको हलका लागि हामीले हाम्रो अनुभवलाई टेकेर ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आईएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकसँग गर्‍यौँ, जुन सफल पनि भयो । त्यही आईएमई अहिले नेपालको ‘मनी ट्रान्सफर’ को पर्यायवाची हो भन्दा फरक पर्दैन । अहिले मानिस पैसा पठाउन कुनै बैंकमा या अन्य मनी ट्रान्सफर कम्पनीमा पुगेका भए पनि ‘आईएमई गरिदिनुस्’ भन्ने गरेको सुनिन्छ । यो हाम्रा लागि ठूलो खुशी हो ।'

'आईएमई स्थापना गर्दा हामी यो अवस्थामा पुग्छौँ भन्ने चाहिँ लागेको थिएन,' उनको अनुभव छ, 'हामीले एक खालको जोखिम नै मोलेका थियौँ भन्ने लागेको हो । तर जहाँ जति जोखिम त्यति नै सफलता पनि हात लाग्दोरहेछ । शुरूआती दिनहरुमा हामीले आईएमई खोलेका छौँ, तपाईंहरुको रकम सुरक्षितरूपमा घर परिवारसम्म पुर्‍याइदिन्छौँ भन्दा मानिसहरु पत्याउन पनि तयार भएनन् । तर हाम्रो इमान्दारीले विस्तारै हामीलाई यहाँसम्म ल्यायो ।' हाल आईएमई नेपालको विप्रेषण क्षेत्रको पर्याय मात्र होइन, नेपालको व्यावसायिक क्षेत्रको एक उदीयमान ‘ग्रुप’ पनि हो । यसले रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स, अटोमोबाइल, ऊर्जा, पर्यटन, विद्युतीय भुक्तानी, ट्राभल, सूचना–प्रविधि, केबलकार र हस्पिट्यालिटीलगायत विभिन्न व्यावसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । यी सबैको जगको ढुङ्गा आईएमई नै हो भन्दा फरक पर्दैन ।

व्यावसायिक फड्को र केबलकार

आइएमई ग्रुपका संस्थापक रहेका ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घमा उपाध्यक्ष तथा अरु कैयौँ सामाजिक क्षेत्रमा संलग्न छन् । उनी आफ्नो निजी व्यापार मात्र गर्दैनन्, उद्योग, वाणिज्य क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत व्यवस्थाका लागि पनि समय खर्चिन्छन् । रोजगारदाता परिषद्को सभापति उनले रोजगारदाताहरूको हकहितको स्थापनामा पनि कार्यरत छन् । 

ढकालले आफ्नो व्यक्तित्व निर्माणमा गरेका सङ्घर्षका कथाहरू धेरैको प्रेरणाका स्रोत बन्न योग्य छन् । उनको सफलताको ओझिलो यात्रामा बटुलेका अनुभव भावी पिँढीका लागि पथप्रदर्शक मात्र होइन कि प्रयोगशाला नै बन्न सक्छन् । ढकाल दाजुभाइको सिर्जनामा स्थापित चन्द्रागिरि केवलकार छोटो समयमै राष्ट्रिय सम्पत्ति बनेको छ । विसं २०७३ बाट सञ्चालनमा आएको चन्द्रागिरि केबलकार नेपाल भ्रमणमा आएका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई ‘रिट्रिट’ गराउनेदेखि लिएर महत्वपूर्ण कार्यक्रम नै सञ्चालन गर्ने एउटा उत्तम विकल्प बनेको छ ।

ढकालले भने, 'चन्द्रागिरि आयोजना नेपालमा नाकाबन्दी र भूकम्पले जर्जर पारेको अवस्थामा पनि समयमै सम्पन्न भएको हो र यसले मलाई लाग्छ नेपालको त्यस समयको अर्थतन्त्रको मनोबल उकास्ने काम गरेको छ ।' हुन पनि हो, भूकम्प र नाकाबन्दीका कारण नेपाली अर्थतन्त्र थरथर काँपेको अवस्था थियो । तर राजधानीमै यो केबलकारका खम्बाहरू चन्द्रागिरिको चुचुरोमा ठडिएसँगै यहाँको उद्योग क्षेत्रले पनि आफू तङ्ग्रिएको महसूस गरेको थियो । यसले नेपालको आर्थिक क्षेत्रको मनोबल बढाएको थियो । हाल त्यहाँ रिसोर्टदेखि विभिन्न एकीकृत पर्यटकीय संरचनाहरू बनेका छन् ।

हालै चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंको औपचारिक कार्यक्रम सकेपछि चन्द्रागिरि पुगे । उनले त्यहाँबाट केही घण्टाको हाइकिङ पनि गरे र निकै रमाए । उनको भ्रमणपछि अहिले त्यहाँ चिनियाँ पर्यटक बढेका छन् । उनी भन्छन्, 'यहाँ आएका केही चिनियाँ पर्यटकसँग कहिलेकाहीँ कुराकानी गर्छु उनीहरूले चीनमा त यसको नाम ‘मुन माउण्टेन’ दिएका छन् रे ।'

हाल ढकाल व्यावसायिकरूपमा नेपालमा केबलकार विस्तारको योजनामा देखिन्छन् । नेपालका सातै प्रदेशमा केबलकार पुर्‍याउने योजना छ उनको । भन्छन्, 'केही स्थानमा सम्भाव्यता अध्ययन गरेका छौं र कतिपयमा काम धेरै अघि बढेको पनि छ ।' व्यवसायमा इमान्दारीको ठूलो महत्व छ । इमानबिना व्यावसाय टिक्दैन, सफल हुँदैन । अनि मेहेनत र धैर्य चाहिन्छ । ढकाल दाजुभाइमा यही गुण भेटिन्छ । उनीहरूलाई सफलता दिलाएको यसैले हो भन्न सकिन्छ । नेपालको बैंकिङ क्षेत्रमा सरकारको योजना कार्यान्वयन गर्ने प्रमुख निकायको रूपमा ग्लोबल आईएई बैंक नै शीर्षस्थानमा छ । चालू आर्थिक वर्षको बजेटमा ‘क’ वर्गका बैंक तथा वित्तीय संस्था गाभ्ने नीति समेटियो । सोही नीतिलाई कार्यान्वयन गर्न ढकालले नै जोखिम उठाएर साहसिक निर्णय गरे ।  

सरकारको सोही नीतिका कारण ग्लोबल आईएमई र जनता बैंक मर्ज भएर गत मङ्सिर २० बाट एकीकृत कारोबार नै शुरू भयो । मर्जरपछि ग्लोबल आईएमई बैंक पूँजी, व्यवसाय, शाखा सञ्जालसमेतका हिसाबले नेपालकै ठूलो बैंक बनेको छ । बैंकको चुक्ता पूँजी करीब १९ अर्ब, कूल निक्षेप दुई खर्ब १३ अर्बभन्दा बढी र कूल कर्जा एक खर्ब ९४ अर्ब छ । त्यस्तै देशका सातै प्रदेश तथा ७७ वटै जिल्लामा ३ सयभन्दा बढी शाखा र तीन हजार २५० भन्दा बढी कर्मचारी छन् ।
 
राष्ट्रिय वाणिज्य बैंकका सहायक तहका कर्मचारी रहेका ढकाल त्यसको करीब साढे दुई दशकपछि देशकै सबैभन्दा ठूलो बैंकको अध्यक्ष बन्न सफल भए । मङ्सिर २० गते संयुक्त कारोबार शुभारम्भका लागि ग्लोबल आईएमई बैंकको कर्पाेरेट कार्यालय कमलादीमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सो कारोबार शुभारम्भको उद्घाटन गरेका थिए । त्यस कार्यक्रममा उनलाई मन्त्री एवं उपस्थित सबैले सबैभन्दा ठूलो बैंकको अध्यक्ष भएकामा बधाई दिँदै देशकै ठूलो बैंक भएकाले सबैको आँखा लाग्ने भन्दै चुनौती थपिएको पनि सुझाएका थिए ।
 
नेपालमा लगानीको वातावरण छ ? यो प्रश्नमा ढकाल भन्छन्, 'बलियो सरकार छ, लगानीकर्ताहरूले अरू केही वातावरणका अतिरिक्त स्थायी सरकार हेर्छन् नै । अहिले लगानीको वातावरण छैन भन्न मिल्दैन । तीन तहको सरकार बनेपछि लगानी भित्र्याउन एक किसिमले प्रतिस्पर्धा नै भएको छ भन्दा हुन्छ ।' ढकाललाई प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूले व्यक्तिगतरूपमा भेटेर या फोन गरेर आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आग्रह गर्ने गरेको सुनाए । 'तपाईं आउनुहोस् वातावरण हामी बनाइदिन्छौं भन्ने गर्नुभएको छ,' ढकालले भने । 

जन्मस्थलको माया

जन्मिएको माटोको औधी माया छ ढकाललाई । आफ्नो जिल्लातिर सम्मेलन, मेला महोत्सवको आयोजना गर्ने हुन् या स्वास्थ्यचौकी, स्कूल या सामाजिक सेवाका कार्यक्रमका लागि सहयोग माग्न आउनेहरू खाली हात फर्किँदैनन् । 'यो जन्मभूमिप्रतिको माया नै हो,' उनी भन्छन् । उनी समय पाएसम्म आफ्नो जन्मघर पुग्ने गर्छन् । भन्छन्, 'सानोमा खेलेको माटोको छिँडी, आँगन र करेसाबारीले हृदय छुन्छ । कहिलेकाहीँ पुग्छु, बडो आनन्द लाग्छ ।'
 
कहिलेकाँही आफ्नो मेहनतले सजिएको सुन्दर चन्द्रागिरि चुचुरोको उचाइबाट आफ्नै जिन्दगीतर्फ फर्केर हेर्दा कस्तो लाग्छ ? हाम्रो जिज्ञासामा निकै भावुक बनेका ढकाल गम्भीर हुँदै भन्छन्, 'जिन्दगीले धेरै आयाम बदल्यो, धेरै तलमाथि पनि पार्‍यो । तर मलाई भने सधैँ बलेवाको सुन्दरताले तान्छ अनि अमलाचौरकै माटो बसाउँछ । अनि सम्झिन्छु, ‘म त्यही धरातलमै छु र जीवनका हरेक पलहरू त्यहीँ पाउँछु ।'

सायद यही मायाले होला ढकाल परिवारले अमलाचौरको पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा छ करोडभन्दा बढी रकम खर्च गरेर भौतिक विकास गरेको छ । सो भवनको गत वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । उनका स्व. पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा उक्त विद्यालयको नामाकरण गरिएको छ र उक्त भवनको नाम हिरण्य स्मृति भवन राखिएको छ ।

'विभिन्न कार्यक्रममा होस् या मिडियाले समाचार लेख्दा आफूलाई ‘सफल व्यवसायी’ भन्ने गरेकामा मलाई अचम्म लाग्छ । यो देशका सबै नेपाली सफल छन् । कोही कुनै काममा केही समयका लागि असफल भए पनि ती असफलताको अनुभवबाट आगामी दिन झन् सफल बनाउन सकिन्छ,' उनको भनाइ छ । -रमेश लम्साल/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x