×

NMB BANK
NIC ASIA

सवारीसाधनको उच्च चापसँगै प्रदूषित हुँदै गएको बुटवलको सडक सरसफाई नहुँदा धूलोले सर्वसाधरणाले सास्ती खेप्नुपरेको छ । 

Muktinath Bank

सडक सरसफाई गर्ने व्यक्ति (लेन्थ वर्कर) ले सडक सरसफाई नगर्दा मोटरसाइकल र पैदल यात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्य ‘सिक्स लेन’ सडक किनारमा सबैभन्दा बढी धूलो छ । सवारीसाधन सडकको किनारा च्यापेर गुड्दा सडक धुलाम्मे हुने गर्दछ । सडक कालोपत्रे भएपनि धूलो नहटेपछि स्थानीय वासिन्दाले सडक बढार्न बु्रमरको आवश्यकता महसूस गरेका छन् ।


Advertisment
Nabil box
Kumari

स्थानीय तह (बुटवल उपमहानगरपालिका) र बुटवल–बेलहिया सडक विस्तार आयोजनाले सरसफाईमा चासो नदेखाउँदा यात्रुले धूलोबाट सास्ती भोग्नुपरेको हो । राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडकको दायाँबायाँ धूलो थुप्रिएको प्रस्ट देखिन्छ । उपमहानगरपालिका उपप्रमुख गोमादेवी आचार्यले फोहोर उठाउनेहरूले सरसफाई गर्नुपर्ने बताइन् ।

Vianet communication
Laxmi Bank

‘सरसफाई गर्नेले धूलो पनि बढार्नुपर्ने हो । सफाई भएको रहेनछ भने म भन्छु अब सरफाइसँगै धूलो पनि उठाउनुपर्छ,’ उपप्रमुख आचार्यले थपिन्, ‘हामीले पहिलो नगर सभामा बजार क्षेत्रको धूलो बढार्न ब्रुमरको आवश्यकता महसूस गरेर बजेट पनि विनियोजन गरेका थियौं । बुटवल बजार क्षेत्रको सडक पूरा भएन । त्यही कारणले ब्रुमर किन्ने प्रक्रिया रोकियो । चौराहादेखि गोलपार्कसम्मको सडक पूरा भएपनि बुटवल नगरले ब्रुमर खरिद गरेर सडक सफाई गर्छ ।’

बुटवल ५ नम्बर प्रदेशको अस्थायी राजधानी समेत हो । यहीँ सडक भएर प्रदेशका मन्त्रीहरू दैनिक दशौं पटक ओहोरदोहोर गर्छन् तर सडकको धूलो नियन्त्रणका लागि सम्बन्धित निकायलाई सचेत गराउँदैनन् । काठमाडौं महानगरपालिकादेखि अन्य केही स्थानीय तहले सडक सफाई गर्न ब्रुमर प्रयोगमा ल्याइसकेका छन् । बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेनमा विस्तार गर्ने प्रक्रिया अगाडि बढेपनि अदालतको आदेशले अन्योलमा छ ।

बुटवल–बेलहिया सडक विस्तार आयोजनाका निमित्त प्रमुख मेघबहादुर केसीले सफाईका लागि ‘लेन्थ वर्कर’ परिचालन गरिएको बताए । ‘हामीकहाँ प्रशस्त सडक सरसफाई गर्ने व्यक्तिहरू छन् तर कहाँ–कहाँ सरसफाई र धूलो उठाउने काम भएको छैन । म बुझ्छु तर धूलो चाहिँ उठ्नुपर्ने हो,’ केसीले थपे, ‘कन्सट्रक्सनको काम भएको क्षेत्रमा काम नगरेका होलान् । हजुरको सुझावलाई ध्यान दिएर कामदारलाई काममा लगाउँछु ।’

आयोजनामा सडक मर्मतसम्भार र धूलो सरसफाई गर्न २ सुपरभाइजरसहित ९ जना ‘लेन्थ वर्कर’ छन् तर तिनीहरूले काम प्रभावकारी देखिँदैन । योगिकुटीदेखि चौराहासम्म सडकको पश्चिमपट्टि थुपारिएको धूलो कैयौं दिनदेखि उठ्न सकेको छैन । आयोजनका अनुसार १ जना लेन्थ वर्करलाई ३ किलोमिटर हेर्ने जिम्मा हुन्छ तर केही ठाउँमा उनीहरूले सामूहिक काम गरेको देखिएपनि हरेक दिन उनीहरू देखिँदैनन् । बुटवल बजार क्षेत्र पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्ग दुवैमा पर्छ । 

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनीयर कृष्णबहादुर कुँवरले ‘सिक्स लेन’ आफूहरूको क्षेत्र नपर्ने बताए । ‘हामीले पूर्वपश्चिम राजमार्गको रुपन्देही र नपलपरासीको क्षेत्रमा कामदार खटाएका छौं । अहिले त बुटवल–नारायणगढ खण्ड निर्माण प्रक्रियामा छ । बुटवल पश्चिम क्षेत्रमा हाम्रा लेन्थ वर्करले काम गरेका छन्,’ उनले भने ।

कुँवरले प्रदेश राजधानी भएको बजार क्षेत्रको सडक सरसफाईमा सम्बन्धित निकायले गम्भीरताका साथ काम गराउनुपर्ने बताए । प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले तत्काल ब्रुमर किन्ने योजना नबनाएको बताए । ‘स्थानीय तहहरूले ब्रुमर किन्ने योजना बनाएका होलान् तर हाललाई प्रदेश सरकारले त्यस्तो कुनै योजना अगाडि बढाएको छैन,’ उनले भने ।

ठूला सवारीसाधन सडक पेटीमाथि चढाउँदा सडकको फूटपाथ समेत बिग्रिएको छ । बुटवल सुख्खानगरका सुजन पराजुलीले धूलो नियन्त्रण नहुँदा जनस्वास्थ्यमा समस्या देखिने बताए । ‘स्थानीय तह र सडक विस्तार आयोजनाले ध्यान दिएर दैनिक सडकको धूलो उठाउनेदेखि सडक पखाल्नुपर्ने हो तर गरिएको देखिँदैन,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x