कात्तिक २०, २०८०
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
पुस ७, २०७६
संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाले बैठक बसेको दिनको हाजिरी सोही दिन सार्वजनिक गर्ने परम्परा शुरू गरेको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा निर्णय गराएरै राष्ट्रिय सभाले दैनिक हाजिरी सार्वजनिक गर्न लागेको हो ।
संसद्को हिउँदे अधिवेशन शुरू भएको दिन पुस ४ गते बसेको राष्ट्रिय सभा बैठकको हाजिरी सार्वजनिक गरेर यसको शुरूवात गरिएको हो ।
‘माथिल्लो सदनलाई जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन सांसदहरूको दैनिक हाजिरी सार्वजनिक गर्ने निर्णय भएको हो,’ सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने ।
यसअघि लोकान्तर डटकमले सूचनाको हकसम्बन्धी ऐन प्रयोग गरेर संघीय संसद्का दुवै सदनको हाजिरी सार्वजनिक गरेको थियो ।
हाजिरी सार्वजनिक भएपछि राष्ट्रिय सभाका सांसदहरूबीच सकेसम्म सबै बैठकमा उपस्थित हुने प्रतिस्पर्धा चलेको थियो ।
‘आफ्ना जनप्रतिनिधि संसद्मा उपस्थित भए/नभएको सबैले थाहा पाउन् भनेर कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गराएरै हाजिरी सार्वजनिक गर्न लागेका हौं,’ नेपाली कांग्रेसकी सचेतक सरिता प्रसाईंले लोकान्तरसँग भनिन् ।
राष्ट्रिय सभाले हाजिरी सार्वजनिक गरेपछि प्रतिनिधि सभालाई दबाब परेको छ । ‘हामी पनि हाजिरी सार्वजनिक होस् भन्ने चाहन्छौं तर शीर्ष नेताहरूका कारण यो त्यति सम्भव देखिएको छैन,’ प्रतिनिधि सभाका एक सांसदले भने ।
राष्ट्रिय सभाकी कांग्रेस सचेतक प्रसाईं प्रतिनिधि सभाले पनि हाजिरी सार्वजनिक गर्न सके राम्रो हुने बताउँछिन् ।
'संसदीय खुलापनका लागि ऐतिहासिक'
संसदीय खुलापनको वकालत गरिरहेका सूचनाको हकका अभियान्ता तारानाथ दाहाल माथिल्लो सभाले सांसदहरूको दैनिक हाजिरी सार्वजनिक गर्नु संसदीय खुलापनका लागि ऐतिहासिक घटना भएको बताउँछन् ।
‘यो उपलब्धिले संसदीय खुलापन बढाउन महत्त्वपूर्ण भूमिका खेल्छ,’ वरिष्ठ पत्रकार दाहालले भने, ‘सांसदहरू कति उपस्थित भए भन्ने कुरा मात्र होइन, कुन विषयको छलफलमा उपस्थित भए र कुन दिन उपस्थित भएनन् भनेर उनीहरूको निहीत स्वार्थ पनि उजागर हुन्छ ।’ फ्रिडम फोरमका कार्यकारी निर्देशक समेत रहेका दाहाल राष्ट्रिय सभाको उदाहरणलाई प्रतिनिधि सभाले पनि लागू गर्नुपर्ने बताउँछन् ।
पहिलो दिनको बैठकमा ५३ जना उपस्थित
५९ सदस्य रहेको राष्ट्रिय सभामा हिउँदे अधिवेशनको पहिलो दिन पुस ४ मा ५३ जना सांसद उपस्थित भएका छन् भने ६ जना अनुपस्थित थिए ।
कविता बोगटी, खेमराज नेपाली, दुर्गाप्रसाद उपाध्याय, रमेशजंग रायमाझी, रामबहादुर थापा ‘बादल’ र शान्तिकुमारी अधिकारी जिसी अनुपस्थित थिए ।
कांग्रेस सांसद रायमाझी बिरामी भएका कारण अनुपस्थित रहेको सचिवाल स्रोतले बतायो ।
हेर्नुहोस्, पहिलो दिनको हाजिरी :
अब सांसदहरूले बैठक सकिएपछि हाजिरी गर्न पाउने छैनन् ।
‘यसअघि बैठक शुरू हुनुपूर्व एक घण्टा अगाडि र बैठक सकिएपछि एक घण्टा पछाडिसम्म हाजिरी गर्न सकिने परम्परा थियो’ सचिवालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने, ‘अब बैठक सकिएपछि पनि हाजिर गर्ने गलत परम्पराको अन्त्य भएको छ ।’
बैठक सकिएको एक घण्टाभित्रै हाजिरी सार्वजनिक गर्ने सचिवालयको तयारी छ ।
‘यसो हुँदा बैठकमा उपस्थित सांसदले मात्र हाजिरी गर्ने छन्, बैठक सकिएपछि हाजिरी गर्न आउने गलत परम्परा अन्त्य हुनेछ,’ सचिवालयका ती अधिकारी भन्छन् ।
विगतमा संसद् सचिवालयले सांसदको हाजिरी सार्वजनिक गर्न आनाकानी गरिरहेको थियो ।
संसद्को बैठकमा गरेको हाजिरीको आधारमा सचिवालले सांसदलाई त्यो दिनको बैठक भत्ता र ट्याक्सी भाडा उपलब्ध गराउने गरेको छ ।
सांसदहरूले बैठकमा उपस्थित नभएको दिनको पनि भत्ता र ट्याक्सी भाडा बुझ्ने गरेको भन्दै चर्को आलोचना समेत हुने गरेको छ ।
पढ्नुहोसे, यो पनि :
माथिल्लो सदनमा सांसदको उत्साहजनक उपस्थिति: ११ जना शतप्रतिशत, अधिकांश ८५ प्रतिशतभन्दा बढी !
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...