×

NMB BANK
NIC ASIA

सर्पको जिब्रो दुई भागमा किन काटिएको हुन्छ ? यो महाग्रन्थमा लुकेको छ रहस्य

पुस ७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सर्पलाई देख्ने बितिक्कै धेरै मान्छेको होसहवास उड्छ। तपाईँले पनि कयौँ पटक सर्प देख्नु भएको होला।

Sagarmatha Cement
Muktinath Bank

यति त थाहा होला कि, सर्पको जिब्रो अगाडिबाट २ भागमा विभाजन भएको हुन्छ।  के तपाईँलाई थाहा छ यसको रहस्य ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्पको जिब्रो २ भागमा काटिनुको ठूलो रहस्य छ। जसबारे महाभारतमा उल्लेख छ।


Advertisment
Nabil box
Kumari

महर्षि वेदव्यासद्वारा लिखित महाभारतमा सर्पको जिब्रोसँग जोडिएको रोचक कथा छ।

Vianet communication
Laxmi Bank

महाभारत अनुसार, महर्षि कश्यपकी १३ वर्षीया पत्नी थिइन्। यीमध्ये कद्रू पनि एक थिइन्। सबै नाग कद्रूका सन्तान हुन्। महर्षि कश्यपकी एक अर्की पत्नी थिइन्, जसको नाम थियो, विनता।

जसको पुत्र पक्षीराज गरुड हुन्। एक पटक महर्षि कश्यपका  दुई पत्नी कद्रू र विनताले एक सेतो घोडा देखे। घोडा देखेर कद्रूले भनिन्, ‘यो घोडाको पुच्छर कालो छ।’ र, विनताले घोडाको पुच्छर सेतो रहेको बताइन्। यो विषयमा दुबैले शर्त लगाए।

कद्रूले आफ्ना नाग छोरासँग भनिन् कि तिमीहरु आफ्नो आकार सानो बनाएर घोडाको पुच्छरमा लुक। जसले गर्दा घोडाको पुच्छर कालो देखियोस् र म शर्त जित्नेछु।

त्यतिखेर उनका नाग छोराहरुले आमाले भनेको मानेनन्। त्यसपछि कद्रूले आफ्ना छोराहरुलाई श्राप दिइन्, तिमीहरु राजा जनमेजयको यज्ञमा भष्म हुनेछौ। श्राप पश्चात सबै नाग पुत्र आफ्नी माताले भनेझैँ सेतो घोडाको पुच्छरमा लुके। जसकारण घोडाको पुच्छर कालो देखियो।

शर्त हारेपछि विनता कद्रूकी दासी बनिन्। जब विनताका पुत्र गरुडले थाहा पाए कि माता दासी बनेकी छिन्। र, उनले कद्रू र उनका नाग पुत्रसँग सोधे। तिमीहरुले त्यस्तो के चिज ल्याएर दिउँ, जसले मेरी माता तिमीहरुको दासत्वबाट मुक्त हुन्छिन्। तब नाग पुत्रले भने, ‘तिमी हाम्रा लागि स्वर्गबाट अमृत ल्याएर देउ, त्यसपछि तिम्री माता हाम्री माताको दासत्वबाट मुक्त हुनेछिन्।

नागपुत्रले भनेझैँ गरुडले स्वर्गबाट अमृत कलश ल्याएर कुश (एक प्रकारको धारिलो घाँस) मा राखिदिए। उनले सबै नागलाई भने कि अमृत पिउनु अघि स्नान गरेर आऊ।

गरुडले भनेपछि सबै नाग स्नान गर्न हिँडे। तर, यसबीचमा देवराज इन्द्र त्यहाँ आए र अमृत कलश लिएर फेरि स्वर्ग हिँडे।

सबै नाग स्नान गरेर आउँदा कुशमा अमृत कलश छैन। त्यसपछि नाग अमृत कलश राखिएको ठाउँको घाँस नै चाट्न थाले। उनीहरुलाई लाग्यो थोरै भएपनि अमृतको अंश खसेको होला।  तर, पनि अमृतको प्राप्ति भएन। तर, घाँस चाट्दा जिब्रोको २ टुक्रा भए। एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x