कात्तिक १७, २०८०
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
पश्चिम नेपालको ग्रामीण भेगमा अझैपनि वस्तु विनिमय प्रणाली अर्थात् एक वस्तुसँग अर्को वस्तु साटासाट गर्ने प्रथा कायम छ ।
वित्तीय साक्षरताको ज्ञान नहुँदा अझैसम्म एक वस्तुबाट अर्को वस्तु साटासाट गरी आफ्नो आवश्यकता पूर्ति गर्ने पुरानो प्रणाली कायमै रहेको हो ।
आधुनिकताको क्रमसँगै वस्तु वा सेवा खरिदका लागि मुद्रा, क्रेडिट कार्ड, चेक तथा इलेक्ट्रोनिक पेइमेन्ट प्लेटफर्महरू विनिमयका माध्यमका रूपमा चलनचल्तीमा छन् तर भारत र चीनसँग सीमा जोडिएका नेपालको पश्चिम तराईका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लाका साथै सुदूरपश्चिमको पहाडी क्षेत्र बझाङ, बाजुरा लगायतमा नून, बाख्रा, खाद्य सामग्री, जडिबुटीलगायत वस्तु साटफेर गर्ने प्रचलन कायम छ ।
पहाडी क्षेत्रमा चिनियाँ तथा तराईमा भारतीय व्यापारीहरू वस्तु विनिमयका लागि आइपुग्ने गरेका छन् ।
कैलालीको कैलारी गाउँपालिका–७ का वडा अध्यक्ष कमल चौधरीले भारतका विभिन्न ठाउँबाट आउने बिचौलिया र स्थानीय नेपालीबीच धान, गहुँ, मसुरोलगायत जिन्सी पदार्थसँग आलु, खुर्सानी, सिद्रा, सखरखण्ड, मिठाइलगायत वस्तु सटासाट हुँदै आएको बताए ।
आर्थिक प्रणालीसम्बन्धी ज्ञानको अभाव तथा बैंक तथा वित्तीय संस्थाको कम उपस्थिति रहेका तराईका बस्तीमा सो कार्य हुँदै आएको अध्यक्ष चौधरीको भनाइ छ, जसको मारमा सर्वसाधारण नेपाली परेका छन् ।
वित्तीय ज्ञानको कमीका कारण नेपालीहरू भारतीय नागरिकहरूबाट सस्तो र कम गुणस्तरका खाद्य वस्तुहरू महंगोमा खरिद गर्दै आएका छन् ।
कैलारी गाउँपालिका–६ का भल्मन्सा गंगाराम महतोका अनुसार आजभोलि गाउँघरमा २ अंश धानबाट एक अंश आलु सटासाट हुँदै आएको छ । २ पसेरी धान (५ किलो)ले १ किलो खुर्सानी साट्ने काम हुँदै आएको छ । त्यस्तै, ६ पसेरी धान (१५ केजी) ले १ केजी गुणस्तरहीन सिद्रा पनि साटिँदै आएको भलमन्सा महतोले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा गाउँघरमा अझैपनि वित्तीय साक्षरताको कमीले वस्तु विनिमय जारी रहेको औल्याउँछन् । वस्तु विनिमय आफैँमा नराम्रो नभएपनि वित्तीय साक्षरतको कमी र वित्तीय संस्थाको पहुँचले अर्थतन्त्रमा प्रभाव पारिरहेको उनको भनाइ छ ।
वित्तीय साक्षरता अभिवृद्धिकै लागि प्रदेश सरकारले वित्तीय सम्मेलन गरेको बताउँदै उनले सीमावर्ती क्षेत्रका साथै ग्रमीण भेगमा पनि साक्षरता पुर्याउन सरकार प्रतिबद्ध रहेको जनाए ।
यसैबीच कैलाली बहुमुखी क्याम्पसका सह–प्रध्यापक एवं सहकारीविद् डा. गोविन्दराज जोशीले ग्रामीण भेगमा अशिक्षा र कमजोर आर्थिक अवस्था तथा किसानका कृषि उपजले बजार मूल्य नपाउँदा भैरहेको वस्तु विनिमय प्रथाबाट नेपाली किसानहरू भारतीय बिचौलियाबाट ठगिँदै आएको औल्याए ।
विकसित देशहरूमा मुद्रा विनिमय प्रणाली समेत हट्ने क्रममा रहेको जानकारी दिँदै उनले नेपालको ग्रामीण भेगमा भने वस्तु विनिमय प्रणाली कायमै रहनुले मुलुकको कमजोर आर्थिक अवस्थालाई दर्शाइरहेको बताए ।
वस्तु विनिमय प्रथा हटाउनको लागि राज्यले ग्रामीण भेगमा वित्तीय साक्षर पुर्याउनु पर्ने तथा कृषि उपजको प्रभावकारी बजारीकरणमा राज्यले ध्यान दिनुपर्ने सुझाव उनले दिए ।
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...