×

NMB BANK
NIC ASIA

तराईका जिल्लामा भारतीय नागरिकको आवागमन बढेपछि त्यसको रोकथाम रोक्न भन्दै पहाडी जिल्लाका नागरिकलाई तराई झारियो । त्यहीँ क्रमसँगै पहाडी जिल्लाका मानिसहरू तराई झरेर नदीउकास, वनजंगल र सार्वजनिक जग्गा ओगटेर बस्न थाले ।

Sagarmatha Cement
Muktinath Bank

तराईमा भारतीयको हालीमुहाली रोक्न थालिएको प्रयास अहिले तराईका जिल्लाहरू र प्रमुख शहरको सार्वजनिक जग्गा भूमिहीनको नामका कब्जा जस्तै भयो । त्यो पुरानो बटौली अर्थात् बुटवल, तिलोत्तमा, सैनामैना, देवदह, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिकाहरू पनि अछुतो रहन सकेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल बजार भएर बग्ने तिनाउ नदी र त्यस आसपासको बजार पनि पनि अहिले सकुम्बासीको नाममा कब्जा भएको छ । अब राज्यले सुकुम्बासीलाई हटाउन असम्भव जस्तै छ । 


Advertisment
Nabil box
Kumari

सबै क्षेत्रमा सार्वजनिक जग्गा पाउन मुस्किल हुन थालेको छ । बुटवलका पुराना जानकार रवीन्द्रगोपाल लाकौल भन्छन्, ‘सुकुम्बासीको नाममा राज्यको सार्वजनिक जग्गा अतिक्रमण गरिएको छ । यसलाई रोक्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

‘सुकुम्बासीको नाममा राज्यको जग्गा हुकुमबासीले कब्जा गरेका छन्, यो राम्रो होइन । राज्यले सार्वजनिक जग्गा जोगाउनुपर्छ,’ बुटवलका स्थानीय समेत रहेका ७६ वर्षीया लाकौलले भने ।

सुकुम्बासीलाई जग्गा दिने नेताहरूले आश्वासन दिएकाले खोला किनारादेखि खाली जग्गा ओगटेर बस्नेहरू पूर्जाको पाउने भन्दै ठूला पक्की घरहरू समेत बनाएका छन् ।

बुटवल उपमहानगर–११ देवीनगरमा रहेको हालको एमालेचोक २०४८ सालमा तिनाउ नदी बग्थ्यो । अहिले त्यहाँ ठूलो बस्ती छ । ‘प्रजातन्त्रको पुनःस्थापनासँगै तराईमा बसाइसराईले तीब्रता पाउँदा सार्वजनिक जग्गा अतिक्रणमा परे,’ बुटवल उपमहानगर–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले भन्छन्, ‘द्वन्द्वकालसँगै जग्गा अतिक्रमण गर्ने क्रम झनै बढ्यो । जनप्रतिनिधिहरू नहुँदा त्यसले अझै बढावा पायो । अहिले हामीले अव्यवस्थित बसोबासीको नापजाँच शुरू गरेका छौं ।’

बुटवल उपमहानगरपालिकाले अव्यवस्थित जग्गामा किनबेच र कुनै पनि संरचना नबनाउन आग्रह गर्दा पनि तिनाउको नदीआसपासको ठूलो ठूला महलजस्तै घरहरू ठडिएका छन् । अझै पनि जग्गा कब्जा गर्ने क्रम रोकिएको छैन । बुटवलका १६ हजार घरधुरी सुकुम्बासी छन् । मंगलवारदेखि बुटवल उपमहानगरपालिकाले नापजाँच र अभिलेखीकरण शुरू गरेको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले अव्यवस्थित जग्गामा कुनै पनि संरचना नबनाउन सबैलाई आग्रह गरे । 

पहिलो चरणमा ८० बिगाहा क्षेत्र गरिने अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षण समितिका संयोजक समेत रहेका क्षेत्रीले जानकारी दिए । ‘हामीले चुनावी प्रतिबद्धता अनुसार नै जग्गाको नापजाँच शुरू गरेका हौं । पहिलो चरणमा जुन अवस्थामा छ । सोही अनुसार नैं नापजाँच गछौं,’ उनले भने ।

बुटवलको सबैभन्दा धेरै सुकुम्बासी रहेको वडा नम्बर ११ बाट नापजाँच तथा अभिलेखीकरण शुरू गरिएको हो । जग्गाको नापजाँच शुरू भएपछि अव्यवस्थित बासोबासीहरू लालपूर्जा पाउने आशामा देखिन्छन् । निर्वाचनको बेला उनीहरूको एउटै माग हुन्थ्यो लालपूर्जा पाउने ।

नगर प्रमुख सुवेदीले तिनाउ किनारमा घर बनाएर नबस्न आग्रह गर्दै अव्यवस्थित जग्गाको किनबेच र घर नबनाउन सचेत समेत गराए । स्थानीय तहलाई लालपूर्जा दिने अधिकार नभएपनि अभिलेखीकरण गर्नेछ ।

स्थानीय जीतबहादुर मल्लले सही र व्यवस्थित ढंगले नापजाँच गरी जग्गाधनी पूर्जा पाउने आशामा सुकुम्बासीहरू रहेको बताए । इन्जिनीयर खेटराज दाहालले तिनाउ नदीको बहाव क्षेत्रमा बसोबास गर्नेलाई नापजाँच गर्नुभन्दा हटाउन आवश्यक रहेको बताए । तिनाउको बहाव क्षेत्रमै घरहरू छन् । वर्षायाममा तिनाउको जोखिमले तिनीहरू रातभर सुत्दैनन् ।

उपमहानगरपालिकाले सूचनामार्फत क्रियसन एजुकेसनल एण्ड कन्सट्रक्सन प्रालि तिलोत्तमालाई नापजाँचका लागि अनुमति दिएको छ । पहिलो चरणमा वडा नम्बर ११ का ८० बिगाहा जमिनको नापजाँचका लागि ११ लाख ९२ हजारमा सम्झौता गरिएको बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । कन्सल्टेन्टमार्फत नम्बरी जग्गाको सीमालाई आधार मानेर नापजाँच तथा अभिलेखीकरण गर्ने कार्य गरिएको हो ।

बुटवल उपमहानगरभित्र सबैभन्दा बुटवल वडा नम्बर ११ मा अव्यवस्थित बसोबासी रहेकाले शुरूआत यहीँबाट गरिएको वडाध्यक्ष क्षेत्रीले बताए । उनले अब सुकुम्बासीका नाममा अर्को पटकदेखि कसैले पनि राजनीति गर्न नपर्ने समेत बताए । २०७६ चैत मसान्तसम्म सक्ने गरी ८० बिगाहा जमिनको नापजाँच र अभिलेखीकरण गरिने क्रियसन एजुकेसनल एण्ड कन्सट्रक्सन प्रालि तिलोत्तमाका शंकर बस्यालले जानकारी दिए ।

उनले आफूहरूले आवश्यकता अनुसार जनशक्ति परिचालन गरेर नापजाँच शुरू गर्ने बताए । बुटवल उपमहानगरले यसअघि संलकन गरेको लगत अनुसार करीब १८ हजार घरधुरी अव्यवस्थित बसोबासी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x