×

NMB BANK
NIC ASIA

'ब्ल्याक पिंक' डान्स फेस्टिभलका उत्कृष्ट १० प्रतिस्पर्धी समूह छनौट

पुस ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘ब्ल्याक पिंक डान्स फेस्टिभलका उत्कृष्ट १० प्रतिस्पर्धी समूह छनौट गरिएको छ ।

Muktinath Bank

प्रतियोगिताका लागि इच्छुक करीब २०० प्रतिस्पर्धीलाई उछिन्दै अन्तिम प्रतिस्पर्धाका लागि १० प्रतियोगी समूह छनौट भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिस्पर्धाका लागि निर्धारित ३ जनाको उजुरी समूहले प्राप्त भिडियोहरू मध्येबाट  उत्कृष्ट १० प्रतियोगीको समूहलाई छनोट गरेको हो ।


Advertisment
Nabil box
Kumari

मंगलवार छनोट गरिएका ती प्रतियोगी टीममा क्रमशः एच२बी (हर्ट टु बीट), सेलेस्टियल, ड्रीमिङ इन केपीओपी, क्रिडो–इन क्रु, दीपिका तामाङ, समिर खत्री, स्काई लिटिल वीङ, टी–ज्ञान्स्, ३एपीएम र लेगम छन् ।

Vianet communication
Laxmi Bank

डिसेम्बरको २८ तारिखमा काठमाडौंको सिल्भर ओके ब्यांकुइट एन्ड इभेन्ट सेन्टर, गैरीधारामा हुन लागेको कोरियन म्युजिक डान्समा सहभागिता जनाउनका लागि सहभागिता जनाउन चाहने व्यक्ति वा समूहले कुनै पनि के पप सङमा १ मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारिक वेबसाइटमा भिडियो उपलब्ध गराउनुपर्ने प्रावधान तय गरिएको थियो ।

यसका लागि  कम्पनीले डिसेम्बर महिनाको २० तारिखसम्मको समय उपलब्ध गराएको थियो । त्यस अवधिसम्ममा आफ्नो के पप म्युजिकको डान्स भिडियो कम्पनीको इमेल [email protected] मा सब्मिट गर्नेमध्येबाट यी प्रतिस्पर्धी छनौट भएका हुन् ।

छनौटमा परेका १० प्रतिस्पर्धीले सामसङ नेपालका तर्फबाट ५/५ हजारभन्दा बढीको गिस्ट ह्याम्पर प्राप्त गर्ने छन् भने प्रतिस्पर्धाको दोस्रो चरण अर्थात २८ डिसेम्वरमा आयोजना हुने फाइनल राउण्डमा ४ सय भन्दा बढी दर्शककावीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर प्राप्त गर्ने छन् । त्यसक्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागी दर्शकले समेत विभिन्न खालका ग्रिफ्ट समेत प्राप्त गर्ने छन् । 

कोरियाको संस्कृति झल्काउने सांगितक कार्यक्रम के पप ‘ब्ल्याक पिंक डान्स फेस्टिवल’ मा सहभागिता जनाउन प्रतिष्पर्धाकालागि बिशेष किसिमको कुनै नियम वा उमेर समूह तोकिएको थिएन । यसका कोरियन संस्कृतिमा रम्न र रमाउन चाहनेहरुले स्फूर्तरुपमा आ आफ्नो समूह वनाई आवद्ध भएका हुन् । सहभागीहरुलाई सामसङ नेपालको अफिसियल फेसवुक पेज मार्फत करिव २ हप्ताको अवधिसहित जानकारी गराइएको थियो । 

फाइनलमापुगेका १० टिम मध्ये टप थ्रि मा पर्ने टिमलाई सामसङ नेपलकातर्फवाट बिशेष पुरस्कार प्राप्त गर्ने छन् । जसमा प्रथम हुने टिमलाई चार सेट सामसङ ए८० फोन, दितिय हुनेलाई सामसङ ए५०एस र तृतीय हुनेलाई सामसङ ए३०एस फोन सेट उपलब्ध हुनेछ । 

के पप विदेशी बजारमा निकै प्रचलित कोरियाको संस्कृति झल्काउने सांगीतिक कार्यक्रम हो । नेपाली बजारमा रहेका गीत/संगीतका प्रेमीलाई पनि त्यो अवसरमा सहभागिता जनाउने, आफ्नो कला देखाउने र यस्ता गीत/संगीतप्रति इमोसनल्ली एट्याच हुने अवसर सिर्जना गर्ने उद्देश्यले सामसङले यसै वर्षदेखि नेपालमा अभियानको शुरूआत गरेको हो । नेपालमा कोरियन गीत विगतदेखि नै निकै पपुलर पनि छन् । 

ब्ल्याक पिंक कभर डान्स कन्टेस्ट नामको यो सांगीतिक कार्यक्रम के–पपको ग्रान्ड इभेन्ट अर्थात् फिनालीमा सहभागिता जनाउन कुनै शुल्क लाग्दैन । यसका सहभागिता जनाउन दर्शकले इन्ट्री पास मात्र लिए पुग्दछ । 

के पप कोरियाली पप अर्थात दक्षिण कोरियामा शुरू भएको लोकप्रिय संगीतको विधाहो । यो विधा सन् १९९० पछि शुरू भएको पाइन्छ । हाल कोरियमा मात्र नभई विश्वका धेरै मुलुकमा के पप  प्रसिद्ध छ । के पपको आधुनिक रुप सन् १९९२ पछि भएको मानिन्छ । जसले पूर्वी एसिया र दक्षिण पूर्व मात्र नभई पाकिस्तान, बंगलादेश, भारत, ल्याटिन अमेरिका, उत्तर अफ्रिका, दक्षिण अफ्रिका, मध्यपूर्व र पश्चिम विश्वभर व्यापक दर्शकहरु प्राप्त गर्न सकेको छ । 

नेपालमा रहेका कोरियन संस्कृति र संगीत पारखीका लागि यो एउटा  खुशीको खबर अवसर पनि हो । आफूलाई के पपको सांगीतिक आकर्षणमा उभ्याइसकेका र त्यसको प्रयासमा रहेका युवायुवतीका लागि सामसङले ल्याएको ‘ब्ल्याकपिंकडान्स फेस्टिभल’ले त्यो अवसर जुटाइदिएको छ ।  

दक्षिण कोरियामा शुरु भएको लोकप्रिय संगितविधा के–पप (कोरियालीपप) ले नेपालमा समेत बजार ओगटि सकेको छ । यस्तो अवस्थामा ‘ब्ल्याकपिंक डान्स फेस्टिवल’ नेपालमा ल्याइनुले कोरियन संस्कृतिवाट भरिपूर्ण डान्स प्रति आकर्षण भएका युवा युवतिका लागि यो अवसर जुटाएको छ । 

ब्ल्याक पिंक डान्स फेस्टिवल’ ले कोरियाली गित/संगित प्रेमीकालागि एउटा नविनतम प्लेटफर्म (अवसर) समेत सृजना गरिदिएको मात्र होइन सामसङको ए८० सिरिजकाचार–चार वटा फोन एकैपटक जिल्न सक्ने अवसर मात्र ल्याएको छैन यसका सहभागि १० टिमले ५/५ हजार रुपैयाँभन्दा बढीका गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x