×

NMB BANK
NIC ASIA

चिनियाँ नागरिक पक्राउ प्रकरण - चिनियाँ इन्टरपोल प्रमुखले दिएको त्यो सूचना...

पुस ९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चिलीको सान्टियागोमा ९४ देशका प्रहरीहरूको संगठन इन्टरपोलको ८८ औं महासभा भइरहेको समयमा चीनका इन्टरपोल शाखा एनसिबी बेइजिङका प्रमुख र नेपाल इन्टरपोलको शाखा एनसिबी काठमाडौंका प्रमुख सर्वेन्द्र खनालबीच भेट भयो ।

Muktinath Bank

भेटमा एनसिबी बेइजिङका प्रमुखले नेपालमा बसेर चीनका नागरिकहरूले चीनकै बिरुद्धमा इन्टरनेटमार्फत अपराध गरिरहको जानाकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसलगत्तै नेपाल प्रहरीका प्रमुखसमेत रहेका सर्वेन्द्र खनाल नेपाल आएर सूचना संकलन गर्न थाले । प्रहरी परिचालनपछि उनीहरूले काठमाडौं, पोखरा, चितवन लगायतका सहरहरूमा इन्टरनेटमार्फत अपराध गरिरहको सूचना प्राप्त भयो ।


Advertisment
Nabil box
Kumari

प्रहरीले ‘चार्ली फोक्सर’ नामको अपरेशन चलायो । प्रहरीको सूचनामा नेपालमा ६ देखि ३ हजारसम्म चिनियाँ नागरिकहरू इन्टरनेटमार्फत अपराधमा संलग्न रहेको तथ्य देखियो ।

Vianet communication
Laxmi Bank

‘हामीले एकैसाथ सबैलाई पक्राउ गर्नेगरी अपरेशन चलाउने तयारीमा थियौं तर कसैले सूचना चुहाइदिएछ, त्यसपछि काठमाडौंमा मात्र अपरेशन चलाएको हौं,’ एक प्रहरी अधिकारीले लोकान्तरसँग भने ।

एकल धनाढ्य महिलालाईनिशाना

उनीहरूले नेपालमा बसेर इन्टरनेटमार्फत चीनमा रहेका व्यापारिक घरानाका धनाढ्य महिला र सम्बन्धविच्छेद गरेका धनाढ्य महिलालाई निशाना बनाउने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायव महानिरिक्षक निरज शाहीले बताए ।

‘उनीहरूले इन्टरनेटबाट चीनका धनाढ्य महिलालाई विभिन्न प्रलोभनमा पार्ने र ठगी गर्ने देखिएको छ,’ प्रमुख शाहीले भने ।

उच्चप्रविधियुक्तपरिचय पत्रको प्रयोग

काठमाडौंको तारकेश्वर नगरपालिका–१ मैनमैजुमा रहेको आलिशान घरमा उच्च प्रविधि र सुरक्षासहित उनीहरू बस्ने गरेको प्रहरीले जनाएको छ ।

उच्च सुरक्षा र जाँच गरेर मात्र भित्र जाने र भित्र गएकामध्ये धेरैजसो बाहिर नआउने गरेको स्थानीयहरूले बताएको अनुसन्धान संलग्न प्रहरी अधिकारीको दाबी छ ।

‘उनीहरू भित्रबाहिर गर्दा पनि सैनिक जस्ता लाग्ने मानिसहरूले जाँच र प्रविधि प्रयोग गरेर अवात-जावत गरेको स्थानीयले देखेका रहेछन्,’ ती अधिकारीले लोकान्तरसँग भने ।

उनीहरूले क्यानटिन र होस्टेल भित्र नै खानेबस्ने व्यवस्था गरेका थिए । महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक उत्तमराज सुवेदीले लोकान्तरसँग भने, 'उनीहरूले खानपान लगायतका अन्य बन्दोबस्त भित्र नै गरेको पाइयो ।'

७ सय भन्दा बढी मोबाइल, ३ सय भन्दा बढी ल्यापटप बरामद

पक्राउ परेका चिनियाँ नागरिकबाट प्रहरीले ठूलो संख्यामा मोबाइल र ल्यापटप बरामद गरेको छ ।

प्रहरीले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी ७ सय ४७ मोबाइल र ३३१ ल्यापटप बरामद भएको जनाएको हो ।

९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ डाइभ र ३२७ सीमकार्ड बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चिनियाँ नागरिकबाट ६७ राहदानी पनि बराबद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरू प्रहरी हिरासतमै छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x