×

NMB BANK
NIC ASIA

शहरी विकास राज्यमन्त्रीको सपना

काठमाडौंको जनघनत्व कम गर्न धादिङको गल्छी र नुवाकोटको त्रिशूली जोडेर रिङरोड !

पुस १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री हुन् । उक्त मन्त्रालय झण्डै १९ महिनादेखि सम्हाल्दै आएका समाजवादी पार्टीका मोहम्मद ईश्तियाक राईले राजीनामा दिएपछि मन्त्रीका रूपमा गर्नुपर्ने सम्पूर्ण कामको जिम्मेवारी राज्यमन्त्री मानन्धरकै काँधमा आइपुगेको छ ।

Muktinath Bank

राज्यमन्त्रीका रूपमा कार्यभार सम्हाल्दै गर्दा उनले भनेका थिए, काठमाडौंको धूलो १ महिनामा हटाउँछु । उनले कार्यभार सम्हालेको पनि यही पुस ५ गते १ महिना पुगिसकेको छ । काठमाडौंको धूलो कम भयो त ? एक महिनाको अवधिमा के गरे उनले ? लोकान्तरका लागि नारायण अर्यालले मानन्धरसँग कुराकानी गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


Advertisment
Nabil box
Kumari

एक महिनाको अवधिमा मैले केही महत्त्वपूर्ण काम गरें जस्तो लाग्छ । पहिलो त सिसडोलको स्थलगत अनुगमन गरें । 

Vianet communication
Laxmi Bank

कात्तिक १ गतेदेखि बञ्चरे डाँडामा फोहोर फाल्न शुरू गर्ने भन्ने भएको थियो तर अहिलेसम्म शुरू भएन ।

फोहोर व्यवस्थापनका विषयमा ८० प्रतिशत काम सम्पन्न भएको भनिएको छ, तर त्यहाँ फोहोर फाल्ने काम शुरू हुँदैन । यस्तो अवस्था देखेर प्रधानमन्त्री समेत दङ्ग पर्नुभएको छ ।

अनुगमनका क्रममा मैले समयमा काम हुनुपर्छ भनेको छु । चाहे ती ठेकेदार हुन्, चाहे हाम्रा साथीहरू नै किन नहुन्, समयमा काम हुनुपर्छ । म अब पन्ध्र दिनमा पुनः अनुगमनमा आउँछु भनेर आएको छु ।

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिमा पनि केही समस्या रहेको छ, जसमा  जग्गा अधिग्रहणको विषय छ । त्यस सम्बन्धमा पनि बारम्बार ताकेता गर्ने काम भएको छ ।

नयाँ शहर बन्न सक्ने केही क्षेत्रको अनुगमन तथा भ्रमण गरी अध्ययन गर्ने काम भएको छ ।

धूलो जाँच्न मेशिन !

मैले धूलोको विषयमा ३ वटा प्रश्न गर्ने गरेको छु । धूलो, कारण र समाधान के हो ? धूलो समस्या हो तर संसारमा सामाधान नै नहुने समस्या त छैन, त्यसैले काठमाडौंको धूलो नियन्त्रण सम्भव छ ।

धूलो र बालुवा मात्रै भएको देश त धूलोमुक्त बनेका छन् भने हाम्रोजस्तो देशमा यो गाह्रो विषय नै होइन ।

धूलोको वास्तविक पहिचान गर्नु पहिलो आवश्यकता हो । धूलोमुक्त शहर निर्माणका लागि बाटोमा धूलो नै नराख्ने र बाटोसम्म जोडिएका धूलोयुक्त सार्वजनिक र निजी क्षेत्रहरूलाई व्यवस्थित गर्ने हो ।

धूलो नियन्त्रणका लागि प्रविधिको प्रयोग पनि महत्त्वपूर्ण विषय हो । अब प्रविधिको प्रयोग गरी धूलो व्यवस्थित गर्नेतर्फ मैले सोचेको छु ।

मैले एक महिना, डेढ महिनामा काठमाडौंलाई धूलोमुक्त बनाउँछु भनेको थिएँ । अहिले तपाईंले हेर्नुभयो भने काठमाडौंको मुख्य शहरमा धूलो कम भइसकेको छ । 

रिङरोडवरिपरि अलिअलि धूलो देखिन्छ, त्यो धूलो रिङरोड क्षेत्रमा नै उत्पादन भएको हो ।

काठमाडौंमा यति धेरै धूलो किन उड्छ भनेर मैले माटोको परीक्षण गर्ने मेशिन मगाएको छु । शायद यो नेपालको इतिहासमा नै पहिलो हुनेछ कि धूलो किन उड्छ भनेर परीक्षण गर्ने काम हामी गर्दैछौं ।

एक्सपर्टहरूद्वारा काठमाडौंको करीब १ हजार स्थानमा धूलो परीक्षण हुनेछ । काठमाडौंमा अहिलेको जस्तो धूलो नउड्ने वातावरण बनाउन यहाँको धूलोलाई टेस्ट नै गर्नुपर्छ भन्ने लागेर मैले त्यो तयारी गरिरहेको छु ।

परीक्षणले धूलोको कारण थाहा हुन्छ, विशेष केमिकलको प्रयोगको कुरा पनि सँगै छ । त्यो प्रयोगबाट पनि भएन भने ब्ल्याक टप (कालोपत्रे) गरेर होस् वा ढलान गरेर, जसरी पनि धूलो नियन्त्रण गर्नुपर्छ भन्ने मेरो उद्देश्य छ ।

काम गर्ने सन्दर्भमा मैले अलिक छिटो¬छिटो गर्न सकिन्छ भन्ने सोचेको थिएँ, तर कतिपय कानूनी प्रक्रियाका कारण केही समय लाग्ने देखियो । अहिलेको स्थितिभन्दा केही फरक ढंगको स्थिति सिर्जना हुँदैछ ।

काठमाडौं–धादिङ–नुवाकोट जोड्ने रिङरोड

काठमाडौं शहरलाई व्यवस्थित गर्न काठमाडौंबाहिर लगभग ६५ किलोमिटर रिङरोड बनाउने र नयाँ शहरको विकास गर्ने विषयमा मैले सोचेको छु । 

प्रधानमन्त्रीले नागढुंगामा २.६ किलोमिटर सुरुङ मार्गको शिलान्यास गर्नुभयो । नागढुंगाबाट २.६ किलोमिटर गएपछि धादिङको नौबीसेनजिक पुगिन्छ । त्यहाँबाट २०/२२ किलोमिटर गएपछि गल्छी पुगिन्छ ।

गल्छीबाट  नुवाकोटको त्रिशूली १८/२० किलोमिटर मात्र हो । त्रिशूलीबाट यतातर्फ छहरेबाट टोखा जोड्ने सुरुङ मार्गको पनि कुरा छ । यसरी हेर्दा ६०/६५ किलोमिटर रिङरोड निर्माण हुने देखिन्छ । केरुङबाट आउने रेल मार्गलाई समेत यसले मार्ग प्रसस्त गर्छ, यदि यो योजना बनाएर कार्यान्वयन गर्न सकियो भने । काठमाडौंपछिको ठूलो शहर यो ६०/६५ किलोमिटरभित्र बन्न सक्छ ।

नुवाकोटको छहरे, धादिङको नौबिसे र फास्ट ट्र्याक जोडिने ठाउँमा सुख्खा बन्दरगाह निर्माण गर्न सकिन्छ । सुख्खा बन्दरगाहबाट मालबाहक ट्रक तथा नाइटबसलाई काठमाडौं प्रवेश गर्न नदिने व्यवस्था गर्न सकिन्छ ।
विकासका निमिक्त पीपीपी मोडल प्रयोग गर्न सकिन्छ, जसले गर्दा लगानीको राम्रो वातावरण बन्न सक्छ । 

अस्तव्यस्त काठमाडौं

काठमाडौंमा भएको घना बस्तीलाई कसरी बाहिर लैजान सकिन्छ भन्ने विषयमा मैले गम्भीर रूपमा अध्ययन गरिरहेको छु र यो विषयलाई मैले प्रधामन्त्रीसँग जोडेर अगाडि बढाउन चाहेको छु । यसलाई कार्यान्वयन गर्न सकियो भने काठमाडौं समेत व्यवस्थित बन्न सक्छ ।

मैले कर्णालीमा शहर विकास गर्ने विषयमा पनि सोचिरहेको छु । कर्णालीका जनता तल आउनुपर्ने र तलबाट माथि जानुपर्ने समस्यालाई हल गर्न कर्णालीमा एउटा शहरको विकास गर्न आवश्यक छ । कर्णालीको मुख्य केन्द्र कहाँनेर छ त्यसको खोजी गरी निष्कर्षमा पुग्न सकिन्छ ।

रेल नै आउने हो भने सबैभन्दा सिस्टमको शहर पोखरा बन्छ भन्ने लाग्छ मलाई । गण्डकी प्रदेश मात्रै त्यस्तो प्रदेश हो जुन पानीपानीले घेरिएको छ, कालीदेखि मस्र्याङ्दीसम्म । अहिले नारायणीमा चल्न लागेको पानी जहाज व्यवस्थित गरेर चलायो भने कुरिनटारसम्म आउन सक्ने स्थिति छ । नारायणीसँग जोडिएका नदीहरूलाई हेर्दा ती क्षेत्रसँग जोडेर पनि राम्रो पर्यटकीय शहरको विकास गर्न सक्ने देखिन्छ ।

व्यवस्थित शहरका लागि लगानी

प्राकृतिक स्रोत उत्खननदेखि व्यवस्थित शहरको विकास गर्न ठूलो मात्रामा पैसाको आवश्यकता पर्छ । हामीलाई प्रकृतिले प्रदान गरेका साधन र स्रोतहरू छन्, तर तिनको परिचालनको अभाव रहेको छ । ठूला मुलुकले पनि पैसाको लगानी गरेर नै विकास गरेका हुन् ।

लगानी भित्र्याउने आधारहरू एडीबी र वल्र्ड बैंक मात्रै होइन, मलाई लाग्छ अरू पनि बैंकहरू छन् विश्वमा । लगानी भित्र्याउन पनि कानूनी आधार चाहिन्छ । नेपालमा अहिले संविधान बनेपछि अझै तीनसय वटा जति कानून बनाउन बाँकी छ । ती कानूनअन्तर्गत धेरै कुराहरू जोड्न बाँकी छ  । स्थानीय सरकार र प्रदेश सरकारको जिम्मेवारी पनि बाँडफाँड हुन बाँकी छ । 

पैसा ल्याउने र पीपीपी मोडललाई जोड्ने भनेको पनि कानून बनाएर हो । लगानीकर्ता त त्यसै फोकटमा आएर लगानी गर्दैन, उसले पनि लगानी गरेबापतको त रिर्टन खोजिहाल्छ । त्यसको लागि कानून निर्माण गर्नुपर्‍यो । 

पैसा ल्याउने पैसा ल्याएर फिर्ता लैजान नपाउने कानून देशमा छ । लगानीचाहिँ जति गर्ने गर, तर फिर्ता लैजान पाइँदैन भन्ने कानून छ हाम्रो देशमा । हाम्रो कानूनमा धेरै कम्पोनेन्टहरूको ल्याकेज छ । संसारमा पैसा भएका धेरै मान्छे छन्, त्यस्ता लगानीकर्ताहरूलाई हामी खोज्छौं र इन्भल्ब गराउँछौं ।

सबैभन्दा महत्त्वपूर्ण विषय लगानी हो । शहर बसाउनलाई पैसा चाहिन्छ ।

पैसा नभइकन आइडिया मात्रै रचेर के गर्नु ! हामीसँगै भएको युरेनियम निकाल्न पैसा चाहिएन ? पेट्रोल/डिजेल जेसुकै निकाल्न पनि पैसा चाहिएन ? प्रकृतिक स्रोत/साधनलाई व्यवस्थापन गर्न पैसा चाहिएन ? एउटा शानदार एयरपोर्ट बनाउँछु भने पनि पैसा नै चाहियो, जे गर्न पनि पैसा चाहिन्छ । योजना छ हामीसँग, प्रकृतिले दिएका साधन/स्रोत छन्, तर परिचालन छैन । विश्वका धनी देशहरू पैसाले नै धनी बनेका हुन् ।

सरकारी संयन्त्र र कार्यान्वयनको सबाल

७ वटा संयन्त्रमध्ये ४ वटा कम्पोनेन्ट काठमाडौंमा छ, त्यसकारण यसलाई मिलाउन त्यति गाह्रो छैन । शहरी विकासको विषयमा देशभरि केही शहर बनाउने कुरा छ । मैले अध्ययन गरिसकेको छैन । एकपटक हेर्न पाएँ भने लाग्छ, कोही पनि भाग्न पाउँदैन । कोही पनि यसमा पन्छिन पाउँदैन । 

मन्त्रालयले धेरै समय खर्च गर्नुपर्ने, सोच्नुपर्ने विषय पनि मैले देखिरहेको छैन । जिम्मेवारीचाहिँ बोध हुुनुपर्‍यो । आजसम्म मन्त्री भएर आएको मान्छेलाई चाहिँ अन्यथा नलिउँ तर मैलेजस्तो अलिकति डिटेल्स लिन चाहेको भएदेखि शहरी विकास मन्त्रालयको हैसियत नै अर्कै हुन्थ्योजस्तो मलाई लाग्छ ।

(कुराकानीमा आधारित)
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x