×

NMB BANK
NIC ASIA

अपराध

आरोपी साहले अपराधी प्रमाणित गर्न प्रहरीलाई चुनौती दिइरहे, प्रहरी टुलुटुलु हेरिरह्यो !

पुस १०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘म केही कुरा राख्न चाहन्छु’ भन्दै सप्तरी राजविराज नगरपालिका–१४ का ४० वर्षीय उमेश साह महानगरीय प्रहरी परिसरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्न थाले ।

Sagarmatha Cement
Muktinath Bank

उनलाई प्रहरीले अपराधमा संलग्न भएको भन्दै सप्तरीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । उनले पहिला त पत्रकारलाई फोटो नखिच्न आग्रह गरे तर पत्रकारले फोटो र भिडियो खिचि नै रहे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साह लगायत २–३ जना प्रहरीलाई सोध्दै थिए, ‘हामीलाई किन ल्याएको हो थाहा छैन । यसरी विना कारण किन ल्याएको ? विना कारण पत्रपत्रिका र मिडियामा नाम ल्याइयो ।’


Advertisment
Nabil box
Kumari

‘के आरोप हो ?’ शाहले सोधे । प्रहरीले नबोल्न आग्रह गर्‍यो । शाह रोकिएनन् । उनले भने, ‘म पनि मिडियाको मान्छे हो । अनाहकमा फोनमा सम्पर्क देखिएको आधारमा ल्याउन पाइन्छ ?’

Vianet communication
Laxmi Bank

निर्दोष भएको आफूलाई प्रहरीले फसाएको भन्दै साहले आक्रोश पोख्दै भने, ‘आफ्नो कुरा त राख्न पाउनुपर्‍यो नि !’

‘अपराधी हो भने हामीलाई प्रमाणित गरेर देखाइयोस्,’ लगाएको कालो मास्क खोल्दै साहले भने । साहले आफू निर्दाेष रहेको र विना कारण पक्राउ गरेको आक्रोश पोख्दा प्रहरी टुलुटुलु हेरेर बसिरह्यो । केही छिनपछि प्रहरीले आरोपीलाई थुनुवा कक्षमा लग्यो ।

महानगरीय प्रहरी परिसरले बिहीवार गरेको पत्रकार सम्मेलनको दृश्य हो यो । काठमाडौंमा मोडलिङ गर्ने भनेर मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्न परिसरले पत्रकार सम्मेलन गरेको थियो । युवतीलाई विराटनगर पुर्‍याएर तान्तित्र पूजा गर्ने भन्दै फकाएको आरोपमा परिसरले दिलिप पोदारसहित ७ जनालाई सार्वजनिक गरेको छ ।

धादिङ घर भएकी युवतीले महानगरीय प्रहरी परिसरमा दिएको उजुरीका आधारमा प्रहरीले काठमाडौंबाट प्रहरी निरीक्षकको कमान्डमा सप्तरीमा ५ जना प्रहरीलाई खटाएको थियो ।

नवलपरासीको कावासोती हप्सेकोट–१ का कृष्ण तामाङ, सप्तरीको राजविराज नगरपालिका–१४ का उमेश साह, दाङको घोराइ नगरपालिका–१० की दिलकुमारी बुढामगर, सप्तरीको सप्तकोशी नगरपालिका–११ का उमेश माझी, मोरङको विराटनगर महानगरपालिका–८ का दिलिप पोदार, धादिङको खनियावास गाउँपालिका–२ की प्रेमा तामाङ र सुनसरीको गढी गाउँपालिका–१ का रञ्जितकुमार चौधरीलाई प्रहरीले सप्तरीबाट पक्राउ गरी काठमाडौं ल्याएको हो ।

बिहारको मन्दिरमा रहेका एक बाबाले ६ फिट उचाइकी युवतीलाई बिहारमै बलि दिनका लागि नेपाली दिलिप पोदार परिचालन गरेको र युवती ल्याउने पोदारलाई धेरै रकम दिने आश्वासन दिई केही रकम समेत दिइसकेको प्रहरीले पत्रकार सम्मेलनमा बताएको छ ।

ती युवतीलाई बलि दिनको लागि डकुमेन्ट्री बनाउने बहानामा आरोपी गिरोहले लैजान लागेको प्रहरीले दाबी गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x