फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
घाँसको डोको भरी जानु छ पिपलघारी,
सपना वारि पारि स्वर्गको सानो फूलबारी ।
स्वर्ग छैन टाढा अब पहाडको टाकुरामा,
कलेजी रङ्ग हरियो भो मनको अंकुरामा ।।
नुवाकोट जिल्लाको दक्षिण–पश्चिममा अवस्थित झिल्टुङ गाउँको बयान गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाले कुञ्जिनी खण्डकाव्यमा लेखेका हरफहरू हुन्, यी ।
झिल्टुङस्थित मामाससुराली पुगेका बेला त्यहाँको सुन्दरताबाट मोहित भएर देवकोटाले कुञ्जिनी खण्डकाव्य एकै रातमा लेखेका थिए, भनिन्छ । उक्त खण्डकाव्य झिल्टुङकै सेरोफेरोमा केन्द्रित छ ।
देवकोटाले बयान गरेजस्तै सुन्दर, तर राजधानीनजिक भएर पनि विकासको दृष्टिले पिछडिएको झिल्टुङ गाउँमा २०३९ सालमा जन्मिएका हुन्, प्रदीप न्यौपाने ।
अहिले बेलकोटगढी नगरपालिकामा पर्ने यो गाउँमा हाल सडक सुविधा पुगेको छ, तर त्यति बेला यस्तो सुविधा थिएन ।
बुवा मोहन र आमा लक्ष्मीदेवी न्यौपानेका काइँला छोरा प्रदीपले एसएलसीसम्मको अध्ययन दुईपिपल डबलीस्थित कामरुदेवी माध्यमिक विद्यालयमा गरे ।
गाउँको पढाइ कहाँ सहज हुन्थ्यो र, स्कूलबाट आएपछि गाउँबेसी गर्नुपर्थ्यो । कहिले चेपिण्डेबेसी त कहिले कोल्पुखोला पुग्थे उनी ।
घाँस दाउरा र वस्तुभाउको हेरचाहका लागि आमाबुवालाई सघाउनुको विकल्प थिएन ।
खेतीपाती पनि प्रायः बेसीमै हुन्थ्यो । दाइहरू अवसरको खोजीमा गाउँ छाडेर शहर पसिसकेका थिए । त्यतिबेलाको चलन नै थियो, थोरै तिनो पढेपनि, नपढेपनि अवसरको खोजीमा शहर पस्ने ।
एसएलसी पास गरेपछि उनले पनि शहरकै बाटो पच्छ्याए । दाइहरू काठमाडौं आएर संघर्ष गरी विस्तारै स्थापित हुँदै गरेका बेला उनलाई राजधानीमा भने खासै गाह्रो भएन ।
प्लसटूको अध्ययन काठमाडौंको नोबेल एकेडेमीमा गरे ।
प्लसटू सकेपछि देशबाहिर पुगेर अवसर खोज्ने निधोसहित उनी अध्ययनका लागि चीनतर्फ हानिए ।
प्रदीप चीन पुगेको १५ वर्ष पुग्न लाग्यो । सन् २००५ मा चीनको शियान पुगेका प्रदीप हाल ग्वान्जाओ भन्ने स्थानमा बस्छन् । त्यहाँ रहेर उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।
ग्वान्जाओमा प्रदीपको एक्सपोर्ट/इम्पोर्टको बिजनेस पनि छ । चीनमा गएर स्थापित भएका थोरै नेपालीमध्ये पर्छन्, प्रदीप ।
कुराकानीका क्रममा हामीले उनलाई आफ्नै विगत र वर्तमानको तुलना गर्न भन्यौं । वितग सम्झिँदा भावुक बनेका उनले आफूले यहाँसम्म आइपुग्दा गरेको प्रगतिसँग गर्व लागेको सुनाए ।
‘विगत सम्झिँदा र अहिलेको अवस्था हेर्दा धेरै गरेँजस्तो लाग्छ, गर्व फिल हुन्छ,’ उनले भने ।
आफ्नो मातृभूमिबाट टाढा रहेपनि नेपाललाई सधैं मन–मुटुमा सजाएको बताउँछन्, प्रदीप ।
‘नेपालमा दुःख–पीडा पर्दा हाम्रो मन रुन्छ, २०७२ सालमा विनाशकारी भूकम्प जाँदा हामीले यहाँबाट १ करोड ५० लाख संकलन गरेर पठायौं, त्यसमध्ये ५० लाख रुपैयाँ त मेरै नेतृत्वमा संकलन गरेका थियौं,’ देशबाहिर रहेर नेपाल र नेपालीका लागि गरेको कामबारे उनले बताए ।
मानव तस्करले फसाएका कैयन नेपालीको उद्धर पनि गरेका छन्, प्रदीपले । ‘मानव तस्करहरूले नेपालीलाई कहिले हङकङ त, कहिले मकाउ लैजाने भनी यहाँ ल्याएर छाड्छन्, तिनीहरूको उद्धार पनि हामीले गर्दै आएका छौं,’ एनआरएनएमा रहेर गरेका काम बारे सुनाए उनले ।
नेपालमा कतै बाढी–पहिरो आएको, नेपालीले दुःख पाएको सुन्दा सहयोग गर्न अघि सरिहाल्छन् उनी । यसका अलावा फुजियानमा कन्सुलेट कार्यालय स्थापनामा पनि उनको भूमिका विशेष रह्यो ।
नेपालले मनाउन लागेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन आफ्नोतर्फबाट भूमिका खेल्ने अबको उनको प्राथमिकता हो ।
‘नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउन कन्सुलेट कार्यालयसँगको सहकार्यमा हामीले विशेष कार्यक्रम पनि गर्दैछौं । पर्यटन वर्षमा धेरैभन्दा धेरै चिनियाँ पर्यटकले नेपाल भ्रमण गरून् भन्ने हाम्रो उद्देश्य हो,’ लोकान्तरसँगको कुराकानीमा प्रदीपले भने ।
'नेपाललाई असल छिमेकी मान्छन्, चिनियाँ'
नेपाललाई चिनियाँ नागरिकहरूले असल छिमेकी मान्ने गरेको उनी बताउँछन् ।
‘पहिला त छिमेकमै भएपनि नेपाललाई धेरैले चिन्दैनथे, तर अहिले हाम्रो असल छिमेकी हो भन्छन्,’ नेपालप्रति चिनियाँको धारणा उनले सुनाए ।
कतिपयले त नेपालीलाई संसारकै खुशी नागरिक समेत भन्ने गरेको सुनेका छन्, प्रदीपले ।
‘नेपाल पुग्दाको आत्मीय सत्कार, अनुहारमा हाँसो र नरिसाउने स्वभाव देखेर आएकाहरूले नेपाली त संसारकै खुशी नागरिक रहेछन् भन्छन् । यहाँको जस्तो कामको प्रेसर पनि त नेपालमा छैन, शायद त्यसैले उनीहरूलाई यस्तो लागेको हुनसक्छ,’ नेपाली नागरिकप्रति चिनियाँको धारणाबारे उनले प्रस्ट्याए ।
नेपाल पनि चीनजस्तै विकसित भएको हेर्ने सपना
‘यहाँ रातारात विकास गरेर देखाउँछन्, हाम्रै आँखाअगाडि हुन्छ,’ चीन र नेपालको तुलना गर्दै प्रदीपले भने, ‘यता गरेर देखाउँछन्, हाम्रोमा बोलेर देखाउँछन्, यही हो फरक ।’
नेपाल सम्भावना नै सम्भावना भएको मुलुक भएपनि नेतृत्वको दृढ इच्छाशक्तिको अभावले पछि परेको उनको बुझाइ छ ।
‘हाम्रो नेपालमा नभएको कुरा केही छैन, हिमाल छ, पहाड छ, तराई छ, वन–जंगल, नदीनाला छन्, पर्यटनको अपार सम्भावना छ, राम्रो हावापानी छ, सम्भावना नै सम्भावना,’ उनले थपे, ‘नभएको त इच्छाशक्ति हो, असल नेतृत्व हो ।’
विकास र समृद्धिका लागि स्ट्याण्ड लिने बलियो नेतृत्वको खाँचो रहेको उनको बुझाइ छ ।
नेतृत्वले समृद्धिका लागि स्ट्याण्ड लिने र अरूले पनि खुट्टा तान्ने प्रवृत्ति छाड्ने हो भने विकास र समृद्धि टाढा नरहेको प्रदीप बताउँछन् ।
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...